नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेइचिङ, २० फेब्रुअरी । संसारकै सबभन्दा ठूलो माक्र्सवादी पार्टी चिनियाँ कम्युनिस्ट पार्टीले शनिबारबाट आफ्ना सबै सदस्यहरूबीच पार्टीको इतिहास अध्ययन अभियान थालनी गरेको छ ।
सो अभियानको थालनी गर्न आयोजित कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले पार्टीको इतिहास अध्ययन, सिद्धान्त बुझ्न, व्यवहारमा लागु गर्न र अघि बढ्न आह्वान गर्नुभयो ।
चीनका राष्ट्रपति एवम् चिनियाँ केन्द्रीय सैनिक आयोगका अध्यक्ष सीले आधुनिक समाजवादी चीन निर्माणमा पूर्ण उत्साहका साथ नयाँ यात्रा अघि बढाउन र पार्टी स्थापनाको शतवार्षिकीको अवसरमा प्राप्त अभूतपूर्व उपलब्धिलाई स्वागत गर्न पनि आग्रह गर्नुभयो ।
सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टी शताब्दीभित्र संसारकै सबभन्दा ठूलो माक्र्सवादी शासक पार्टी बनेको छ । हाल सो पार्टीमा ९ करोड १० लाख सदस्यहरू छन् । बितेका ७० वर्षभन्दा लामो अवधिमा यो पार्टी १ अर्ब ४० करोड जनसङ्ख्या भएको देशको सरकारमा रहँदै आएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी हरेक परीक्षामा सती सालको रूखजस्तै उभिंदै आएको छ । उसले सन् १८४० दशकको अफिम युद्धदेखि लगातार ओरालो लागेको चीनको नियति बदलेर ठीक उल्टो दिशामा समृद्धिको दिशातिर अघि बढायो ।
महासचिव सीले पार्टीले तय गरेका दुई शताब्दी लक्ष्य हासिल गर्नुपर्ने अहिलको गम्भीर अवस्थामा पार्टी इतिहासको अध्ययन अभियान अपरिहार्य भएको बताउनुभयो ।
उहाँले सबै तहका पार्टी समितिलाई ध्यानपूर्वक पार्टी केन्द्रीय समितिले अभियानबारे गरेका निर्णय गम्भीरतापूर्वक कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो ।
पूर्वी चीनको चाङ्सी प्रान्तको पुरानो क्रान्तिकारी आधार क्षेत्रका १०४ वर्षका चु छिङपिङले सो अभियानप्रति समर्थन व्यक्त गर्नुभयो ।
“पार्टी इतिहासको समीक्षाले मात्र शान्तिकालका जनताले हामी किन लालसेनामा भर्ती भयौँ र पार्टीमा कसरी दिलोज्यानमा लाग्यौँ भन्ने कुरा बुझ्न सक्नेछन्”, सन् १९३१ मा लालसेनामा भर्ती भएका उहाँले भन्नुभयो ।
विशिष्ट विगत
“हाम्रो पार्टीको इतिहास भनेको चिनियाँ परिस्थितिमा माक्र्सवादको कार्यान्वयनको इतिहास हो”, सीले सिङ्गो पार्टी संरचनामा आफ्नो ‘विशिष्ट विगत’ बारे प्रशिक्षित र मार्गनिर्देश गर्न आह्वान गर्दै त्यसो गर्दामात्र चीन र विश्वमा माक्र्सवादले ल्याएको परिवर्तनबारे बुझ्न सकिने बताउनुभयो ।
उहाँले सैद्धान्तिक प्रयोगमा पछिल्लो समयमा चिनियाँ कम्युनिस्ट पार्टीले हासिल गरेका उपलब्धिबाट सुसज्जित बन्न र आफ्नो व्यवहारमा ती सिद्धान्तको प्रयोग गर्दै काममा निख्खार ल्याउन पनि आह्वान गर्नुभयो ।
“आफ्नो एक सय वर्षको इतिहासमा चिनियाँ कम्युनिस्ट पार्टी जनताको मनसँग एकमन भएको, जनताले फेरेकै श्वास फेरेको र जनताका हरेक दुःख–कष्ट साटेको छ”, सीले भन्नुभयो ।
“जनताको विश्वास र समर्थनमा चिनियाँ कम्युनिस्ट पार्टी कुनै पनि अवरोधका सामु अपराजयी बन्यो”, सीले चिनियाँ राष्ट्रको महान् पुनःजागरणअघि बढाउने अदम्य शक्ति बनाउन १ अर्ब ४० करोड चिनियाँ जनताको एकतालाई अझ बलियो बनाउनु दायित्व भएको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीले आजका चुनौतीहरूको सामना गर्न विगतबाट सिक्नुपर्ने धारणा सीको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरूलाई इतिहासका अनुभवबाट सिक्न आग्रह गर्दै पार्टीले नेतृत्व र शासनमा सुधार गर्नुपर्ने र भ्रष्टाचारको विरोध, स्खलन र जोखिमबाट डराउने सोचसँग लड्न अझ सक्षम बनाउनुपर्ने बताउनुभयो ।
ऐतिहासिक शून्यवादको विरोध गरौँ
सीले चिनियाँ कम्युनिस्ट पार्टीका सबै सदस्यहरूलाई क्रान्तिकारी कालको परम्परा अघि बढाउन, क्रान्तिकारीहरूको वीर भावना कायम गर्न र नयाँ यात्रामा अघि बढाउन आग्रह गर्नुभयो ।
“स्पष्ट राजनीतिक अडानका साथै पार्टी एकता र ऐक्यबद्धता रक्षा गर्नु चिनियाँ कम्युनिस्ट पार्टीको प्राणवायु हो । सय वर्षको इतिहास बोकेको ठूलो राजनीतिक पार्टी बनाउने र ऐतिहासिक उपलब्धि हासिल गर्ने आधार हुन्”, सीले भन्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीका सबै सदस्यले विचार, राजनीतिक अडान र व्यवहारमा पार्टी केन्द्रीय समितिलाई नजिकबाट पछ्याउनुपर्ने र सिङ्गो पार्टीको शक्तिलाई एकै ठाउँमा ल्याउनुपर्ने सीको भनाइ छ ।
सीले सबै पार्टीका सदस्यहरूलाई इतिहास अध्ययन अभियानलाई उच्च प्राथमिकता दिन आग्रह गर्दै पार्टी इतिहासको सही समझदारी विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सबै पार्टी सदस्यलाई एकस्वरले ऐतिहासिक शून्यवादको विरोध गर्न आह्वान गर्नुभयो ।
सीले भन्नुभयो, “जनताको सेवा गर्न र कठिनाइहरू समाधान गर्न प्रयास गरौं ।” उहाँले पार्टी इतिहासको अध्ययनलाई अनुभवबाट सार खिच्ने र व्यवहारिक समस्या समाधान गर्न पनि पार्टी सदस्यहरूलाई आग्रह गर्नुभयो ।
कार्यशैली र माध्यमबारे अध्ययन गर्नुपर्नेमा जोड दिँदै सीले क्रान्तिकारी परम्पराको पुस्तान्तरण गर्न किशोर किशोरीहरूबीच पनि प्रशिक्षण र अध्ययन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply