भर्खरै :

चीनको अनलाइन खेतीः नेपाली किसानले पनि केही सिक्न सक्छन्

पेइचिङ, २३ फेब्रुअरी (सीआरआई) । वसन्तयाम एक वर्षको योजना बनाउने समय हो । चीनको वसन्त चाडको बिदा भर्खरै सम्पन्न भएपछि चीनको विभिन्न क्षेत्रका किसानहरूले वसन्त खेती गर्न थालेका छन् । चीनको है लुङ च्याङ प्रान्तीय चाउ युआन जिल्ला ह फिङ बस्तीको ह फिङ गाउँका बासिन्दा छन यौलाई कुनै चिन्ता छैन । उनले मोबाइमार्फत स्थानीय कृषि सामग्री व्यापारीसँग सम्पर्क गरी बीउ र रासायनिक मल छानेका छन् । छोटो समयपछि ती कृषि सामग्री उनको घर पुग्नेछ । चाउ युआन जिल्लामा धेरै किसानहरू कृषि सामग्री खरीद गर्न बजार जानुपर्दैन र मोबाइलमार्फत नै वसन्त खेतीको तयारी गर्छन् ।
महामारीको रोकथाम तथा नियन्त्रण र कृषि उत्पादन यी दुबै क्षेत्रको काम गर्ने अवस्थामा ‘अनलाइन’ वसन्त खेती चीनको विभिन्न क्षेत्रको वसन्त खेती उत्पादनको नयाँ ढाँचा बनेको छ । ‘अनलाइन’ वसन्त खेती कृषि सामग्रीको आवश्यकता र आपूर्तिको प्रत्याभूति गर्न र जाँच गर्नका लागि हितकर छ । बीउ, रसायन औषधि, रासायनिक मल वसन्त खेतीको आवश्यक कृषि सामग्री हुन् । मोबाइल र इन्टरनेटले किसान र कृषि सामग्री उत्पादन तथा बिक्री गर्ने व्यक्तिहरूलाई जोडेका छन् । यसले गर्दा कृषि सामग्रीको आवश्यकता र आपूर्ति तुरून्तै थाहा पाउन र मूल्याङ्कन गर्नसकिन्छ र कृषि सामग्रीको प्रयोगको प्रभावकारीरूपमा प्रत्याभूति दिन सकिन्छ । यसका साथै ‘अनलाइन’ वसन्त खेती कृषि उत्पादनको क्षमतालाई माथि उकास्न हितकर छ । कृषि प्राविधिकहरूले मोबाइलमार्फत किसानको खेतीपाती लगायत विभिन्न समस्याहरूमा प्राविधिक गाइड र तालिम दिनसक्छन् । किसानलाई बाली हुर्काउने अवस्थाको निरीक्षण गर्न सहयोग गरी बालीको उत्पादन मात्रा र गुणस्तरलाई माथि उकास्न सक्छन् । महामारीको रोकथाम तथा नियन्त्रण अवस्थामा मात्र नभई भविष्यमा ‘अनलाइन’ वसन्त खेती ढाँचा कृषि उत्पादनलाई परिवर्तन तथा उन्नत गर्न आवश्यक बाटो बन्ने छ । भविष्यमा ‘अनलाइन’ वसन्त खेतीको विकाससँगै ठूलो निहित शक्ति हुनेछ ।
नेपाल एक कृषिप्रधान देश हो । महामारीको रोकथाम तथा नियन्त्रण गर्नुका साथै कृषि उत्पादन गर्ने अवस्थामा चीनको ‘अनलाइन’ वसन्त खेती ढाँचा नेपालद्वारा सिक्न सकिन्छ । नेपालका कृषि प्राविधिकहरू मोबाइलमार्फत सुदूर क्षेत्रमा रहेका किसानहरूका लागि धान, मकै, चियालगायतका बालीहरू रोप्ने क्रममा प्राविधिक गाइड बन्न सक्छन् । किसानलाई रोपाइँका क्रममा आइलागेका समस्याहरूको समाधान गर्न मद्दत दिन सक्छन्, बालीको गुणस्तर र उत्पादन मात्रालाई उकास्न तथा महामारीमा किसानको आम्दानी बढाउन सहयोग गर्नसक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *