भर्खरै :

नेमकिपा छोड्न तिलागुफामा (नेकपा–प्रचण्ड–नेपाल) को गुण्डागर्डी

कालीकोट, ११ फागुन । तिलागुफा नगरपालिका वडा नं. १० को तल्लो रुदु गाउँमा फागुन १० गते झन्डै साँझ ५ बजे नेकपा (प्रचण्ड–नेपाल) का तीन जना कार्यकर्ताले नेमकिपाका दुई जना कार्यकर्तामाथि गुण्डागर्दी गरेका छन् ।
पूर्वएमाओवादीका कार्यकर्ता तीन दाजुभाइ अलिबहादुर रोकाया, मानबहादुर रोकाया र मानसिंह रोकायाले नेमकिपाका पुराना इमानदार एवम् निष्ठावान कार्यकर्ता कर्णबहादुर रोकाया र रजबहादुर रोकायाका परिवारहरूमाथि नै गुण्डागर्दी गरेका हुन् । उनीहरूले ढुङ्गामुढा गर्दा पीडित दुवै दाजुभाइ र बाल बच्चालाई गम्भीर चोटपटक लागेको छ । पीडित परिवारलाई नेमकिपा परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल समूह) मा आबद्ध नभएसम्म वा आफूहरूसमक्ष आत्मसमर्पण नगरेसम्म उनीहरूले सामाजिक बहिष्कार गर्ने धम्की दिएका थिए ।
उक्त घटनाबारे तिलागुफा नपा वडा नं. ९ स्थित चिलखाया प्रहरी चौकीले जानकारी पाएपछि मङ्गलबार बिहान ७ः३० असई ओमभक्त केसीको नेतृत्वमा गएको प्रहरीले उदार गरेको थियो । नेमकिपामै रहेर राजनीति गर्ने आफ्नो अडान दोहो¥याउँदै पीडित कर्णबहादुर रोकाया र रजबहादुर रोकायाले ‘बरु आफ्नो घरको श्रीसम्पत्ति, भैँसीपाडा र गाईगोरु फुकाएर घरका ढोकासमेत खुलै छोडी हामी गाउँबाट निस्किन्छौँ तर, तिमीहरूको अन्यायपूर्ण र अत्याचारी व्यवहार सहन सक्दैनौँ’ भन्दै जिल्ला सदरमुकाम मान्मतर्फ लागेको खबर छ ।जनताको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको भएकोले दुवै परिवारका श्रीमती, बालबच्चा र छोराछोरीसमेत ११ जना जिल्ला प्रहरी मान्म कालीकोटको शरणमा पुगेका छन् । स्मरणीय छ, अलिबहादुर रोकायाको नेतृत्वमा २०७५ साउनमा ठीक यस्तै दुव्र्यवहारबाट उक्त पीडित दुवै परिवारलाई बिचल्ली बनाइएको थियो । त्यसबेला राजनीतिक दल तथा प्रहरी चौकी चिलखायाले सम्झाइबुझाइ गर्दा यस्तो गल्ती कहिल्यै नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्न लगाइएको थियो । यस्तो घटनाले समाजमा अशान्तिमात्र नसिर्जिई मानव अधिकारको पनि हनन भएको भन्दै समस्या समाधान गरिएको थियो ।

2 responses to “नेमकिपा छोड्न तिलागुफामा (नेकपा–प्रचण्ड–नेपाल) को गुण्डागर्डी”

  1. Krishna says:

    Kukur ko puchchhar bangakobangai,

  2. Krishna says:

    Kukur ko puchchhar bangakobangai,

Leave a Reply

Your email address will not be published. Required fields are marked *