भर्खरै :

बीउ नउम्रेपछि किसान चिन्तित

पाल्पा, १ असार । गोलभेँडाको बिरुवा पातलो उम्रेपछि किसान चिन्तित बनेका छन् ।
गोलभेँडाखेती गर्दै आएका रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान बिरुवा पातलो उम्रेपछि समस्यामा परेका हुन् । एक प्याकेट गोलभेँडाको बीउ छर्दा चार÷पाँच सय बिरुवा उम्रिनु पर्नेमा अहिले दुई सयसम्म उम्रेको किसानले बताएका छन् ।
“बारी बाँझो छ, ब्याडमा गोलभेँडाको बिरुवा पातलो उमे्रपछि समस्या भएको छ,” मैनादीका कृषक प्रेम रणपालले गुनासो गर्नुभयो । अधिकांश किसानको ब्याडमा गोलभेँडा पातलो उमे्रको छ । रब्दीकोट गाउँपालिका–७ का करिब २०० घरपरिवार गोलभेँडाखेतीमा संलग्न छन् ।
जेठ असारमा रोपिएको बिरुवाबाट कात्तिकमा गोलभेँडा उत्पादन हुन्छ । बिरुवा नपाएपछि गोलभेँडाखेती गर्न समस्या परेको स्थानीय बाबुराम रणपालले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *