भर्खरै :

भागबन्डाको लागि सिद्धान्तहीन एकता अस्वीकार्य

रुपन्देही, १५ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले प्रतिनिधिसभा पुनःस्थापना गर्न भारतसँग सहयोग मागिएको समाचार सत्य भए त्यस्तो काम देशघाती हुने बताउनुभएको छ ।
शनिबार बिहान रूपन्देहीको तिलोत्तमास्थित रेडियो लुम्बिनीको ‘आजको सन्दर्भ’को लागि टीकाराम घिमिरेसँग टेलिफोन संवाद गंर्दै सचिव सुवालले शासक दलका नेताहरू प्रचण्ड–नेपाललगायतको नेपालको आन्तरिक मामिलाबारे भारतीय पूर्वप्रशासकहरूसँग याचनाका समाचार घातक भएको उल्लेख गर्नुभयो ।
विदेशी हस्तक्षेपको पक्षपोषण गरेका शासक दलहरूलाई जनताले समर्थन गर्न नहुने उल्लेख गंर्दै सचिव सुवालले ती पार्टीहरूबाट निर्वाचनमा हुने धाँधली, पक्षपात र बुथ कब्जातर्पm राज्यका सबै अङ्गहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिनिधिसभा पुनःस्थापना गर्ने अदालतको फैसलाबारे टिप्पणी गंर्दै उहाँले प्रजातन्त्रमा चुनावमार्फत जनतासँग सोध्ने विषय कसैले पनि अस्वीकार गर्न नहुने बताउनुभयो ।
संसद् पुनःस्थापनासँगै सांसद खरिद–बिक्री हुने सम्भावना बढेको उल्लेख गंर्दै सचिव सुवालले हिजो सडकमा पानी बाराबार गरेकाहरू पुनः भागबन्डाको लागि सिद्धान्तहीन एकता हुने सम्भावना भएको र त्यस्तो हुनु राजनीतिक इमानदारिताविपरीत हुने बताउनुभयो । माओवादी र एमालेबाट बनेको नेकपा नामको मात्र कम्युनिस्ट भएको, पञ्चायत, काङ्ग्रेसको सरकारमा जस्तै पक्षपात, अन्याय र भ्रष्टाचार भएको चर्चा गर्दै सचिव सुवालले कम्युनिस्ट पार्टीको सरकारमा उत्पादनका मुख्य मुख्य सेवा र साधनहरू सामाजिकीकरण एवम् सर्वहारा वर्गको अधिनायकत्व हुने बताउनुभयो । उहाँले भारतीय एकाधिकार पुँजी र विस्तारवादमा चुनाव जित्ने, सरकारमा पुग्ने र सरकार चलाउनेहरूलाई जनताको समर्थन नहुने बताउनुभयो ।
एमसीसी पारित गर्ने र लिपुलेक–लिम्पियाधुराको दाबी छोड्ने सर्तमा संसद् पुनःस्थापना भएको समाचार पनि देशघाती नै भएको उल्लेख गर्दै सचिव सुवालले चुनाव भए जनतालाई राजनीतिकरूपमा शिक्षित गर्ने अवसर प्राप्त हुने बताउनुभयो । शासक दलहरूलाई ठूल ठूला व्यापारी र उद्योगीहरूबाट चन्दाको निहुँमा कर छली भइरहेको बताउँदै सचिव सुवालले यसकारण पनि देश र जनताले दुःख पाएको प्रस्ट पार्नुभयो ।
नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको भन्ने हल्लामात्र भएको बताउँदै सचिव सुवालले नेपालमा हस्तक्षेप गर्ने र प्रभाव पार्ने दुवै भारत नै हो, चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको बताउनुभयो । प्रचण्डले आफ्नै दलको नेपाल बन्दमा एमसीसीविरूद्ध लगाइएको नारालाई रोकेको चर्चा गर्दै सचिव सुवालले शासक दलहरू सबै एउटै ड्याङका मुला हुन् भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *