भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – ४

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’(ल्भहत त्य क्तबष्लि ल्यतभक या ब् द्ययमथनगबचम) को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
अर्मेनियाबाट मस्को फर्केपछि मलाई बोल्शोई थिएटरको जिम्मेवारी दिइयो । मेरो काम त्यहाँ सरकारका अधिकारीहरू आउँदा उनीहरूको सुरक्षा व्यवस्था मिलाउनु थियो । त्यहाँ बस्दा मैले थिएटरको संरक्षणमा भ्लादिमिर इलिच लेनिनले दिनुभएको चासोबारे रोचक जानकारी थाहा पाएँ । स्तालिन पनि थिएटरबारे निकै चासो राख्नुहुन्थ्यो । सङ्गीतकार, नर्तक, कलाकार, सङ्गीत प्रबन्धक र अगुवा प्रस्तोताहरूसँग स्तालिनको आत्मीय सम्बन्ध थियो । उहाँहरू आपसमा पहिलो नामले बोलाउनुहुन्थ्यो । स्तालिनलाई कला र नाटक क्षेत्रका प्रमुख घटनाबारे जानकारी भइरहन्थ्यो ।
आज यी सबै कुरा पत्याउनलाई पनि गा¥हो छ । तर, सत्य भनेको सत्य नै हुन्छ । क्रान्तिपश्चात् केही वामपन्थीहरूले सबै थिएटरहरू बन्द गर्न माग गरेका थिए । मजदुर र किसानलाई शास्त्रीय थिएटरबारे थाहा पनि नभएको र बुझ्दा पनि नबुझ्ने उनीहरूको भनाइ थियो । यी ‘वामपन्थीहरू’ ले बोल्शोई थिएटर बन्द गर्नुपर्ने निष्कर्ष निकालेका थिए । उनीहरू त्यो थिएटर सर्वहारा संस्कृतिको लागि बाधक भएको भन्थे ¤ जबकि थिएटरहरू सधैँ जनताले भरिभराउ हुन्थे । धेरै मानिसलाई कलाकारहरूले निकै चिसो थिएटरमा आफ्ना प्रस्तुति देखाउनपरेकोमा दुःख मान्थे । थिएटरहरूसँग न पैसा थियो न त त्यहाँ तातो बनाउने कोइलाको नै बन्दोबस्त थियो । सन् १९१८ को जाडोयाममा स्तालिनले यी समस्याबारे विशेष चासो राख्नुभयो । ‘माले थिएटर’ का निर्देशक गल्किनले थिएटर बन्द गर्ने वा तातो बनाउने प्रबन्ध मिलाउनेबीच मतदान गर्नुपर्ने माग गरेका थिए । गल्किनबाहेक अरू सबै थिएटरका निर्देशकहरूले थिएटरहरूमा आवश्यक बन्दोबस्त मिलाएर सञ्चालन गर्ने प्रस्तावको पक्षमा मतदान गरे ।
त्यस्तो परिस्थितिमा लेनिनले हाम्रो देशको राष्ट्रिय सम्पत्तिको रक्षा गर्नुभएको थियो । उहाँ बोल्शोई थिएटरमा सधैँ कलाकार र प्रस्तोताहरूसँग कुराकानी गरिरहेको भेटिनुहुन्थ्यो । लेनिन र पछि स्तालिनको चासो र उत्पे्ररणाको कारण हामीले उत्कृष्ट नर्तक, सङ्गीतकार र निर्देशकहरू बनाउन सफल भएका थियौँ ।
स्तालिन थिएटरको संरक्षण र प्रबद्र्धनको लागि निकै उत्सुक हुुनुहुन्थ्यो । आजभोलि शत्रुले स्तालिनलाई संस्कार र संस्कृति नजानेको मान्छे भनी प्रस्तुत गर्न खोज्छन् । शत्रुले मात्र स्तालिनको विषयमा यस्तो कुरा गर्नसक्छन् । सोभियत सङ्घका जनताका कलाकार भी बोर्साेभा र एम. मिखाएलोभले स्तालिनलाई बोल्शोई थिएटरका सबै गीति नाटक (अपेरा) का झन्डै सहायक परिकल्पनाकार भएको बताउने गरेका थिए । यहाँ केही उदाहरणबारे चर्चा गरौँ – मुख्य निर्देशक एस. समोसुद, परिकल्पनाकार बी.मोर्डभिनोभ, कवि एस गोरोडेकी, लेखक एम. बुल्गाकोभ, कलाकार एन. विलियम्स र बालेट मास्टर आर. जाखरोभले ‘तन सुसानिन’ गीति नाटकको लागि रिर्हसल गरिरहेका थिए । त्यो नाटकमार्फत् दबुमा एम. ग्लिन्काको प्रतिभामात्र उजागर गर्नु थिएन, बरु रुसी जनताको देशभक्ति र कुनै पनि विदेशी हस्तक्षेपविपरुद्ध रुसको सङ्घर्षबारे पनि प्रदर्शन गर्नुथियो । थिएटर समितिले ‘स्लाभ्सियाको गौरव’ सम्बन्धी गीत त्यसबाट हटाउने निधो ग¥यो । समोसुदले त्यो गीत नराख्दा गीति नाटक पूर्ण हुन नसक्ने बताए । यो छलफल क्रेमलिनसम्म पुग्यो । एक दिन अचानक स्तालिन रिर्हसल हेर्न पुग्नुभयो । सबै चकित परे । त्यहाँ उहाँले भन्नुभयो, “स्लाभ्सिया’ गीत नराखी यो गीति नाटक कसरी पूर्ण हुनसक्छ र ? के रुसमा जार, बोयर्स, व्यापारी वर्ग र चर्चको सामाजिक संरचना थिएन र ? पोल्यान्डविरुद्ध लड्न ती सबै सङ्गठित भएका थिए । यो ऐतिहासिक सत्यलाई हामीले कसरी बङ्ग्याउन सक्छौँ र ? अहँ, त्यसो गर्नुहुन्न ।”
गीति नाटकका नायकहरू मिनिन र पोझास्र्की नाटकको अन्त्यमा स्पास्की द्वारबाट बाहिरिन्छन् । स्तालिनले उनीहरू घोडा चढेर नायक जस्तै किन जान सक्दैनन् र भनी सोध्नुभयो । पोलिसहरूले कब्जामा गरेका पदकलाई पोलिस वंशविरुद्ध सङ्घर्षका ती नायकहरूका खुट्टामा मिल्काइनुपर्ने उहाँको धारणा थियो ।
स्तालिन ‘तन सुसानिन’ को गीति नाटक सुन्न मन पराउनुहुन्थ्यो । विशेषतः मिखाइलोभले गाएको उहाँ निकै सुन्न रुचाउँनुहुन्थ्यो । मिखाइलोभ चर्चमा तालिम पाएजस्तो गरी ठूलो आवाजमा गीत गाउन धक मान्थ्यो । स्तालिनले उनको छेउमा गएर भन्नुभयो, “म्याक्सिम डोर्मिडोनतोविच, किन धक मान्नुभएको ? मन खोलेर गाउनुहोस् । मैले पनि धार्मिक विद्यालयमै पढेको हो नि ¤ यदि म क्रान्तिकारी नबनेको भए म के बन्थेँ हुँला ? सम्भवतः पादरी बन्थेँ ¤”
थिएटरप्रति स्तालिनको चासो र समझदारीसम्बन्धी अर्को एउटा उदाहरण पनि सम्झन्छु । ‘कुमारी भूमि’ नामको अपेराको रिहर्सलको क्रममा स्तालिनले त्यसमा केही सुधार गर्न सल्लाह दिनुभयो । गीति नाटकका मुख्य कलाकार र गायक नगुलोभले गीत गाए, “म बिना कसरी क्रान्ति अघि बढ्न सक्छ र ?” त्यसो गाउँदा उनी पार्टीको सदस्यता पत्र टेबुलमा फाल्छन् । स्तालिनले त्यसको सट्टा “विश्व क्रान्ति नगुलोभ भएपनि र नभएपनि अघि बढ्छ” हुनुपर्ने सल्लाह दिनुभएको थियो । स्तालिनले समोसुद र जेरझिन्स्कीलाई बोलाउन मलाई अह«ाउनुभयो । स्तालिनले जेरझिन्स्कीलाई सोध्नुभयो, “तपाईं कस्तो खालको शास्त्रीय सङ्गीत मन पराउनुहुन्छ ?”
“आलोचनात्मक खालको” (किनभने त्यत्तिबेला क्रान्तिकारीहरूबीच शास्त्रीय सङ्गीतको आलोचना गर्नु एउटा चलन थियो ।)
“कमरेड जेरझिन्स्की, म तपाईंलाई सबै सङ्गीत जम्मा गर्न, सबै शास्त्रीय रचनाकारका धुन जम्मा गर्न, तिनमा दिनरात मिहिनेत गर्न, तिनका ढाँचा र मुलतत्वभित्र पस्न र तिनबाट सिक्न सल्लाह दिन चाहन्छु”, स्तालिनले भन्नुभयो ।
बोल्शोई थिएटरमा समोसुदलाई स्तालिनले भन्नुभयो, “बोल्शोई थिएटर शास्त्रीय कलाको पवित्र दबु हो । यो कुनै भुर्इँ पुछ्ने टालो वा मल होइन ¤”
त्यसै कारण केही स–साना गीति नाटकलाई पुस्किन चोकमा रहेको एउटा थिएटरमा प्रदर्शन गरिएको थियो । त्यस्ता स–साना गीति नाटकलाई लघु गीति नाटक भनियो ।
यी उदाहरणले स्तालिन केही मानिसले चित्रण गरेजस्तो एक जना जर्जियाली अहँकारवादी हुनुहुन्थेन । ‘युगेन ओनिजिन’ नामको गीति नाटकको शीर्ष भूमिका एक जना युवा, प्रतिभाशाली जर्जियाली गायक थिए । उनी निकै आकर्षक थिए । स्तालिनले त्यसको निर्देशकलाई बोलाएर त्यो नयाँ गायकबारे सोध्नुभयो ।
“जार रुसी थिए कि थिएनन् ? त्यसको अर्थ उनको भेषभुषा पनि रुसी नै हुनुपर्दैन ? पाश्र्वभागले पनि ऐतिहासिक सत्य अभिव्यक्ति गर्नुपर्छ । रुसी भाषा बोल्दा जर्जियाली उच्चारण गर्ने गायकलाई रुसी जारको भूमिकामा राख्न सुहाउँदैन । उनलाई तिब्लिसी भाषामा गीत गाउन दिनुपर्ला । त्यसको उनले धेरै प्रगति गर्न सक्छन् ।”
सोभियत संस्कृतिको पवित्र घर बोल्शोई थिएटरको लागि उपयुक्त हुने खालको प्रतिभा उहाँ चिन्न सक्नुहुन्थ्यो । लेनिनग्राडमा छँदा उहाँले युवा एकल गायक एम. रेइसिनलाई भेट्नुभयो र गीत सुन्नुभयो । रेइसिन निकै आतिएका थिए । उनको घर परिवार लेनिनग्राडमै थियो । आफू मस्को गएर के गर्ने भन्नेमा उनी चिन्तित थिए ।
“मस्कोमा त तपाईंको लागि एउटा घरको व्यवस्था गरौँला । पहिला लेनिनग्राडका जनताले तपाईंलाई यहाँबाट जान पो दिने हुन् कि होइनन् ¤”, स्तालिनले भन्नुभयो ।
जेभी स्तालिनको अर्को एउटा विशेषताको उल्लेख नगर्दा पाप लाग्नसक्छ । बोल्शोई थिएटरका निर्देशकले विभिन्न विदेशी दुतावासका प्रतिनिधिहरू दिनानुदिन कम मात्र थिएटरमा आउने गरेको अनुभव गरे । के गर्ने कसो गर्ने, उनले मेलोमेसो पाउन सकेका थिएनन् । कससँग आफ्नो कुरा राख्ने त ? आफ्नो मनको कुरा स्तालिनसमक्ष नै राख्ने उनले निधो गरे । बोल्शोई थिएटरको अवनति देखेर सबभन्दा उत्कृष्ट अपेरा गायकमा गनिएका गोलोभ्स्नोभले पनि त्यहाँको संलग्नता छोडेका थिए । उनलाई फेरि कसले थिएटरमा फर्काउन सक्थे ? स्तालिनले मात्र त्यो काम गर्न सक्नुहुन्थ्यो ।
स्तालिन केही कलाकारहरूलाई साथमा लिएर गोलोभ्स्नोभको घरमै पुग्नुभयो ।
“कमरेड स्तालिन । मेरो स्वास्थ्यको कारणले यी सबै समस्यामाथि पार पाउन सक्दिनँ । यो भन्दा मलाई दुःख लागेको छ”, उनले भने ।
“निकोलाई सेमेनोविच (गोलोभ्स्नोभ), म पनि समस्याहरूको कारण आजित बनेको हुन्छु । तथापि, म काम भने गर्न छोड्दिनँ । म तपाईंलाई पनि काम गर्न आग्रह गर्छु । तपाईं आफ्नो ठाउँमा फर्किनुहोस् र शास्त्रीय कलालाई शास्त्रीय जस्तो बनाउनुहोस्”, स्तालिनले भन्नुभयो ।
अनि यी महान् सङ्गीतकारले स्तालिनको आग्रह माने । अनि र बोल्शोई थिएटर फेरि मस्कोको सांस्कृतिक जीवनको केन्द्र बन्यो ।
स्तालिनले व्यापक जनताको हितमा गर्नुहुने अनुरोधबारे सबैजना अभ्यस्त थिए । तर, स्तालिनको असलपना, सहृदयता र समर्पणभावबारे धेरै मानिसलाई थाहा छैन ।
स्तालिन ६० वर्ष पुगेको अवसरमा बोल्शोई थिएटरमा ‘कार्यालयमा’ नामको एउटा गीतिनाटक प्रस्तुत गर्ने तयारी चल्दै थियो । नाटकको अन्त्यमा प्रमुख कलाकार नताशाले कुलाक स्टोरोझेजलाई गोली हान्ने दृश्य थियो । नताशाले बन्दुक पड्काउन खोज्दा पड्केन । यद्यपि स्टोरोझेभ गोली लागेको जस्तो गरी ढले । यो सबै दृश्य हेरेका स्तालिनले मध्यान्तरमा नाटक निर्देशकलाई बोलाउन पठाउनुभयो । नाटक निर्देशक निकै आतिएका थिए । स्तालिनको छेउमा आएर उनले नाटकमा भएको गल्तीको लागि क्षमायाचना गरे । तर, स्तालिनले भने निकै हलुकासँग निर्देशकको काँधमा हात राख्दै भन्नुभयो, “ठीकै छ । बन्दुक नपड्केको पनि ठीकै भयो । मानिसहरू बेकारमा डराउने थिए ।”
त्यो दिन नाटकको पूर्वतयारी मात्र प्रस्तुत गरिएको थियो । निर्देशक निमिरोविच–दान्चेन्कोले स्तालिनको ६० औँ जन्म दिनमा प्रस्तुत गर्न रिहर्सललाई अझ सघन बनाउने बताए ।
“कला क्षेत्रमा हतारमा काम गर्नु राम्रो प्रस्तुति र कलात्मक गुणको लागि घातक हुन्छ”, स्तालिनले भन्नुभयो ।
स्तालिनसँग कुनै पनि अप्ठ्यारो अवस्थालाई पार लगाउन सक्ने क्षमता थियो । उहाँ कुनै पनि समस्याको सामना आतिएर वा यसो गर र उसो गर भनेर गर्नुहुन्नथ्यो । बरु समस्या समाधान गर्न वा सहज बनाउने उहाँमा खुबी थियो । केही उदाहरण हेरौँः
पार्टीका पोलिटव्युरो सदस्यहरूको सम्मानमा क्रेमलिनमा एउटा रात्री भोजको आयोजना गरिएको थियो । स्तालिनलाई टोस्ट प्रस्ताव गर्ने क्रममा मोलोतोभ यति रक्सीले मात्तिसकेका थिए, उनले बिना प्रसङ्ग ए.प्रिगारोभलाई गीत गाउन आग्रह गरे ।
“भैचस्लाभ मिखाइलोविच (मोलोतोभ), तपाईंको पनि निकै सुन्दर स्वर छ । बरु तपाईं गीत गाउनुस् । प्रिगारोभलाई छोडिदिनुस्”, स्तालिनले भन्नुभयो ।
“लौ अब पेरोजी (मःमः जस्तो एकप्रकारको परिकार) खाऔँ ¤ मोलोतोभलाई बिदा गरौँ”, स्तालिनले भन्नुभयो । अनि मोलोतोभलाई त्यो कोठाबाट बाहिर लगियो ।
“हामी बोल्शेविकहरूले रक्सीले मात्तिने गरी पिउनु गलत हो । त्यसले गलत प्रभाव पार्नसक्छ”, स्तालिनले त्यत्तिबेला भन्नुभएको थियो ।
त्यसको केही बेरपछि कोठाको मौनता तोड्दै स्तालिनले भोरोशिलोभ र बुडिन्नीसँग मिलेर क्रान्तिकारी गीतहरू गाउन थाल्नुभयो । अनि त्यो साँझ सद्भावपूर्ण बन्यो ।
क्रेमलिनमा धेरै पटक पार्टी केन्द्रीय समितिका सदस्यहरू बसेर नयाँ चलचित्र हेर्ने कार्यक्रम बन्थ्यो । त्यही क्रममा बोल्शाकोभले नेतृत्व गरेको सिनेमा समितिले त्यहाँ एउटा अङ्ग्रेजी चलचित्र प्रदर्शन गरेको थियो । त्यो ‘सांस्कृतिक चलचित्र’ हेरिसकेपछि स्तालिनले भन्नुभयो, “के तपाईंहरूले यो चलचित्र हाम्रो सुन दिएर किन्नुभएको हो ?”
“होइन कमरेड । यो आदानप्रदानको क्रममा हामीलाई पठाइएको चलचित्र हो”, चलचित्र समितिको प्रमुखले मसिनो स्वरमा भने ।
“के तपाईंसँग ‘चपेभ’ छ ?”
“छ ¤”
“हामीलाई त्यो चलचित्र दिनुहोस् । हाम्रा युवा र भावी पुस्ताको लागि उपयुक्त चलचित्र त्यही हो ।”
दर्शकदिर्घामा बसेका केही मानिस र पोलिटव्युरोका सदस्यहरू सबैले चिच्याएर भने, “क्याबात स्तालिन । स्तालिन सलाम ¤”
चलचित्र सकिएपछि स्तालिनले आफ्नो प्रशंसामा भनिएका शब्दप्रति असन्तोष व्यक्त गरे ।
“त्यसो हुनुहुन्नथ्यो । मेरो नाममा यस्ता ‘चाप्लुस’ शब्दहरू मलाई कदापि मन पर्दैन ¤”
स्तालिन गीत सुन्न मन पराउनुहुन्थ्यो । उहाँलाई दोस्रो स्केलको आवाज मनपथ्र्यो । उहाँलाई लोकसङ्गीत र पुराना रुसी गीतहरू मनपथ्र्यो ।
स्तालिनको विरोधमा झूटा प्रचारहरू पक्कै भएका थिए । तर, उनको हत्याको प्रयास भएको थिएन । पार्टी केन्द्रीय समितिको विस्तारित बैठक चलिरहेको बेला अध्यक्षमण्डल बसेको ठाउँको छानाबाट केही टुक्रा सिमेन्टका ढिक्का खसेका थिए । खसेर अध्यक्षमण्डलको टेबुलमै बज्रेका थिए । सुरक्षा अधिकारीहरूले तत्काल बैठकमा अवरोध गरेनन् । तर, साँझ सो घटनाबारे सोधखोज भयो । कसैले ती सिमेन्टका टुक्रा त्यहाँ राखेको हुनुपर्छ । बैठकमा आवातजावत बढी भएपछि, ढोका खोल्ने र बन्द गर्ने क्रम चलेपछि ती टुक्राहरू खसेको हुनुपर्छ । त्यसले बैठकमा एक प्रकारको अलमल भएको थियो ।
बाँकी भोलिको अङ्कमा
नेपाली अनुवाद ः बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *