भर्खरै :

काठमाडौँ–दैलेख सम्पर्क समितिको भेला

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडौँ–दैलेख सम्पर्क समितिको आयोजनामा शनिबार अभिभावक भेटघाट तथा पुनःगठन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विश्वकर्माले विद्यार्थीहरूले आर्जन गरेको ज्ञान र सीप देश र जनताको सेवामा उपयोग गर्नुपर्ने बताउनुभयो ।
विद्यार्थीहरू राजनीतिकरूपमा सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेपालका शासकहरू बहुमत जनताको हितमा कहिल्यै अघि नबढेको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले सङ्घको विधानबारे जानकारी दिँदै विद्यार्थीहरू जहाँ रहे पनि जनताको सेवक बन्नुपर्ने विचार व्यक्त गर्नुभयो । काठमाडौँ–दैलेख सम्पर्क समितिका अध्यक्ष जानकी सिजापतिको सभापतित्वमा बसेको सो कार्यक्रममा विमल विश्वकर्माले पनि बोल्नुभएको थियो । भेलाले विमल विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय काठमाडौँ–दैलेख सम्पर्क समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *