भर्खरै :

लियाङचह : गरिबी उन्मूलनको उदाहरण

सी किशोरकालीन दिन बिताएका लियाङचहका मौलिक शैलीको घर
सन् १९६९ मा पेइचिङका एक जना किशोर अरू १ करोड ७० लाख चिनियाँ विद्यार्थीहरूसँगै अध्यक्ष माओ त्सेतुङले घोषणा गर्नुभएको ‘गाउँमा जाने अभियान’ मा सहभागी बने । सो अभियानअन्तर्गत सहरी क्षेत्रमा बस्दै आएका युवाहरूलाई ग्रामीण क्षेत्रमा त्यहाँको जीवन बुझ्न पठाइएको थियो ।
सो अभियानअन्तर्गत ती किशोर उत्तरपश्चिम चीनको लोइस पठारमा रहेको एउटा दुर्गम गाउँमा पुगे । त्यहाँ उनी सात वर्ष बसे । नरम र फुस्रो पहाड खोस्रेर बनाइएका साधारण ओडार (त्यहाँका मौलिक शैलीका घर) मा उनले आफ्ना ती दिनहरू बिताएका थिए ।
थाहा छ, त्यो किशोरको नाम के हो ? त्यो किशोरको नाम हो–सी चिनफिङ ।
‘बरोबर मासु खाऊ’
तिनताक लियाङचहको जीवन निकै कष्टकर थियो ।
सी गाउँलेहरूसँगै ती ओडारजस्ता घरमा बस्नुभयो । उहाँ सुत्ने खात इँटा र माटोले बनेको थियो ।
“मानिसहरू गरिबीमा बाँच्थे । उनीहरू महिनौँ महिनासम्म मासु खान पाउँथेनन् । ती गाउँलेहरूले कहिलेकाहीँ होइन, बरु उनीहरूका थालमा बरोबर मासुका चोक्टा होस् भन्ने मेरो चाहना थियो”, हाल चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, चीनका राष्ट्रपति र चीनको केन्द्रीय सैनिक आयोगका अध्यक्ष सीले भन्नुभयो ।
सन् १९७४ को जनवरीमा सी चिनफिङ लियाङचहका पार्टी सचिव हुनुहुन्थ्यो । त्यत्तिबेला उहाँले त्यहाँ धेरै विकास परियोजनामा गाउँले जनताको नेतृत्व गर्नुभयो ।
“सी यहाँ काम गर्नुहुँदा ‘शिक्षित युवा बाँध’, ‘शिक्षित युवा इनार’ जस्ता विकास परियोजना लागू भएका थिए । तिनै परियोजनाका कारण आज पनि हाम्रो धारामा पानी आइरहेको छ । पछि फलाम खानी, आपूर्ति र बिक्री पसल, अन्न पिस्ने मिल र लुगा सिउने ज्यासल आदि खोलिए । लियाङचहमा पार्टी सचिव छँदा सीले गर्नुभएका धेरै असल काममध्ये यी त केही उदाहरणमात्र हुन्”, लियाङचह गाउँको चिनियाँ कम्युनिस्ट पार्टी एकाइका पूर्वसचिव सी चुङयाङले भन्नुभयो ।
सीले गाउँलेहरूको खानामा सुधार गर्नुलाई उच्च प्राथमिकतामा राख्नुभएको थियो । उहाँले त्यहाँ एउटा बाँध निर्माण गरेर स्थानीय माटोको गुणस्तर वृद्धि गर्ने प्रस्ताव गर्नुभयो । त्यसो गर्दा त्यहाँको विशाल बाँझो फाँटलाई उत्पादनशील खेतमा रूपान्तरण गर्न सकिन्थ्यो र अन्न उपार्जनमा सुधार गर्न सकिन्थ्यो ।
नमुना
गाउँलेको थालमा मासु पु¥याउने सीको सपना फलदायी बन्यो ।
सीले भन्नुभयो, “लियाङचहमा बनाएको बाँधले सन् १९७५ देखि राम्रो नतिजा दिएको हामीले देख्यौँ । “प्रथमतः नदी किनारालाई खेतीपातीको लागि उपयुक्त खेतका रूपमा प्रयोग गर्नसक्ने भयौं । दोस्रो, माटोको गुणस्तर वृद्धि भयो । कृषि उपज प्रतिहेक्टर १५ सय केजीबाट बढेर ७ हजार ५ सय पुग्यो ।”
त्यही जगमा लियाङचहले भावी दशकहरूमा क्रमशः रूपान्तरण गर्दै गयो ।
कुनै बेला बाँझो र रुखो लियाङचहका पहाडमा ६० हेक्टरभन्दा बढी फलफुल बगैंचा लगाइएको छ । सौर्य किरणबाट उर्जा निकालिएको छ । त्यहाँका नदीलाई विभिन्न थरी उत्पादनशील कार्यमा प्रयोग गरिएको छ । हरित गृहमा तरकारी खेती गरिएको छ । अहिले त्यो गाउँले पर्यटनको विकासमा जोड दिइरहेको छ ।
सीले भन्नुभयो, “लियाङचहको वार्षिक प्रतिव्यक्ति आम्दानी सन् २०१४ मा झन्डै ९ हजार ६ सय युआन (१ हजार ४ सय ७८ अमेरिकी डलर) थियो भने सन् २०१९ मा त्यो बढेर २१ हजार ६ सय ३४ (३ हजार ३ सय ३५ अमेरिकी डलर) पुगेको छ ।
“लियाङचहमा ४४ जना मानिस बस्ने १४ वटा गरिब घर परिवार थिए । सन् २०१८ को गरिबी निर्मुलन अभियानले ती परिवारलाई पनि गरिबीबाट मुक्त गरियो”, त्यहाँको चिनियाँ कम्युनिस्ट पार्टीको एकाइ सचिव कोङ पाओसिओङले भन्नुभयो ।
सन् २०१५ मा संरा अमेरिकी सहर सियाटलमा दिनुभएको मन्तव्यमा सीले लियाङचहको प्रगतिलाई सन् १९७८ को सुधार र खुलापन नीतिपछि चीनले हासिल गरेको आर्थिक र सामाजिक विकासको नमुना भनी व्याख्या गर्नुभएको थियो ।
राष्ट्रपति सीले गरिबीविरुद्ध लडाइँ गरेर नयाँ आकार ग्रहण दिन सफल लियाङचह गाउँको त्यत्तिबेलाको कठोर र सरल जीवनशैली हेर्न आज हजारौं मानिस त्यहाँ आउने गरेका छन् ।
(सीजीटीएन)
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *