भर्खरै :

मेलम्चीमा पार्टी प्रकाशन प्रदर्शनी

सिन्धुपाल्चोक, १६ फागुन । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा आइतबार सिन्धुपाल्चोकको मेलम्ची बजारमा पार्टी प्रकाशन प्रदर्शनी भयो ।
पुस्तक प्रदर्शनपछि भएको कोणसभामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेमकिपाले आफ्नो प्रकाशनमार्फत जनतालाई सही सूचना प्रदान गरिरहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेकपाका नेता प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने, नेका र जसपा मिलेर सरकार बनाउने र भारतलाई कम्फरटेबल बनाउने कुराले प्रचण्ड भारतीय दलाल भएको स्पष्ट छ । आफ्नै टाउकोको मूल्य तोक्ने, माओवादी कार्यकर्ताको नाउँमा जनताको हत्या गर्ने सरकारको नेतृत्व गरेका पूर्व प्रम देउवालाई प्रमको प्रस्ताव राख्नु प्रचण्डको आत्मसमर्पण हो ।”
उहाँले भारतको चाहनाअनुसार देशमा अस्थिर सरकार निर्माण गर्न सहयोग पु¥याएको र सांसदहरूलाई खसी–बोकाझैँ खरिद बिक्री गर्ने वातावरण सिर्जना गरेको बताउनुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङ्गले नेकपाको झगडा सैद्धान्तिक होइन, झगडा भागबन्डाको लागि हो, पद र पैसाको लागि हो, भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *