भर्खरै :

गरिबी निवारणको लागि सी चिनफिङको ‘अर्ध सहरी आर्थिक ढाँचा’

गरिबी निवारण कार्यक्रमबारे सूचना सङ्कलन र प्रवद्र्धन गर्ने शिलशिलामा (हालका चीनका राष्ट्रपति) सी चिनफिङले उत्तरी चीनको हपेई प्रान्तको शिचिआचुआन नगरअन्तर्गत कुनै बेला निकै गरिब चेङतिङका सबै २२१ गाउँका साथै २५ वटा कम्युनका दुर्गम पहाडहरू छिचोल्दै आफ्ना पाइलाका डोबहरू छोड्नुभएको छ । ती क्षेत्रमा उहाँले तीन वर्षभन्दा लामो समय काम गर्नुभयो र स्थानीय जनतालाई गरिबीबाट मुक्त हुन सहायता गर्नुभयो ।
सुधार र खुलापनको नीति सन् १९४९ यताकै सबभन्दा बृहत् आर्थिक परिवर्तनको आधार थियो । सुधार र खुलापनको नीति कार्यान्वयन भएको सन् १९८० को दशकसम्ममा ठूलो सङ्ख्यामा चिनियाँ जनता गरिबीमा बाँचेका थिए । सुधार र खुलापन नीति लागू गरेपछि चीनमा तीव्रगतिमा आर्थिक विकास भयो । सन् १९८२ मा चेततिङको विकास गर्ने काममा सहयोग गर्नुभयो । खुलापनको नीतिले ल्याएका अवसरको उपयोग गरी सो क्षेत्रको विकासमा उहाँले नेतृत्व गर्नुभयो ।
ती गाउँहरूका खास अवस्था बुझ्न उहाँ बरोबर ती गाउँहरूमा पुग्नुभयो । त्यत्तिबेलाका अधिकारीहरूले बताएअनुसार सी साइकल चढेर खेत–खेतमा पुगेर गाउँलेहरूसँग उनीहरूका आम्दानी र कृषि उपजको अवस्थाबारे सोध्दै गरेको भेटिनुहुन्थ्यो ।

चेनतिङका जनतासँग अन्तरक्रियामा सी चिनफिङ


चेङतिङ काउन्टीलाई एउटा नदीले दुई भागमा विभाजन गरेको थियो । नदी तर्न कुनै पुल थिएन । नदीको अर्को किनारा पुग्न सी आफै बलौटे बगर पार गर्नुपथ्र्यो । सी काँधमा साइकल बोकेर हिलोमा हिँड्दै गरेको स्थानीय गाउँलेहरू अझै सम्झन्छन् ।
“पदमा रहँदा पदाधिकारीहरूले जनताको हितमा काम गर्नुपर्छ । कुनै पनि परिवर्तन नल्याई हामी कुनै पनि पदमा बसिरहन सुहाउँदैन । तर, हामीले परिवर्तनको लागि हतार मान्नु पनि हुँदैन”, सन् २०१५ मा चिनियाँ कम्युनिस्ट पार्टीको पार्टी विद्यालयले आयोजना गरेको विचार गोष्ठीमा सीले काउन्टी तहका सचिवहरूलाई भन्नुभएको थियो ।
कृषिमा आधारित काउन्टी भएकोले चेनतिङ मुख्यतः कृषिमा आधारित उद्योगमा निर्भर छ । त्यहाँको ७० प्रतिशत जनशक्ति कृषिमा काम गर्छन् । सन् १९८४ मा सीले ‘अर्ध–सहरी आर्थिक ढाँचा’ को विचार अघि सार्नुभयो । हपेई प्रान्तको सबभन्दा ठूलो सहर शिचियाचुआननजिक पर्ने चेनतिङमा यस्तो आर्थिक ढाँचा लागू गर्नुको अर्थ चेनतिङले शिचियाचुआङको लागि स्थानीय बजारको लागि आवश्यक वस्तु उत्पादन, प्रशोधन र उपलब्ध गराई गाउँलेको आर्थिक अवस्थामा सुधार गर्नु थियो ।
स्थानीय अर्थतन्त्रको विकास थाल्नुअघि सबभन्दा पहिला ठूलो आँधीबेहरी रोकथामको लागि वृक्षरोपणको आर्थिक कार्यक्रम अघि ल्याइयो । अनि सीले स्थानीय अधिकारीहरूलाई किसानहरूबीच फलफुल रोप्ने तरिका सिकाउन परिचालन गर्नुभयो । गाउँलेहरूलाई स्थलगत सल्लाहका साथै प्राविधिक सहयोग पनि उपलब्ध गराइयो । त्यही बेला जनताको आम्दानी बढाउन हरेक गाउँलाई फलफुलको बगैँचा बनाउन र हरेक परिवारलाई अङ्गुरको बगैँचा बनाउन आग्रह गरियो ।
सन् १९८० को दशकमा किसानहरू बजार अर्थतन्त्रको अवधारणाबारे उति परिचित त थिएनन् । तर, सबैजना आर्थिक उपार्जनको बाटोमा अघि बढ्दै थिए । सी चिनफिङले जब आर्थिक विकासको अवधारणा अघि सार्नुभयो, त्यसले स्थानीय जनतालाई ज्यादै उत्साहित बनायो ।
सिक्वान गाउँका एक जना किसान वाङ ताओयोङले सन् १९८३ मा स्थानीय जनतालाई जमिन वितरण गरेपछि आफ्नो पिताले तरकारी उत्पादन थालेको तर सरकारबाट उनले कुनै आर्थिक सहायता नपाएको बताए । एक वर्षपछि जब अर्ध सहरी आर्थिक ढाँचा औपचारिकरूपमा लागू भयो, तब उनका पितालाई आवश्यक प्लास्टिक र अन्य सामग्री उपलब्ध गराइयो । त्यही प्लास्टिकबाट उनले हरित गृह बनाए । काउन्टी सरकारका अधिकारीहरूले खेतमै पुगेर प्राविधिक सल्लाह दिए ।

हपेई प्रान्तको शिचियाचुआनको चेनतिङ काउन्टीका जनतासँग सी चिनफिङ


“जुन दिन मैले मेरो बुबाको योजना सुनेँ, मैले प्रतिमहिना ६० युआनमात्र तलब खाँदै आएको जागिर छोडेँ । म पूर्णकालीन तरकारी उत्पादक किसान बनेँ । हामीले हरेक दिन ७० देखि ८० युआन कमाउन थाल्यौँ । एक वर्षपछि हामीले १० हजार युआन कमाउन सफल भयौँ र देशकै पहिलो समृद्धि घर पुरस्कार पायौँ”, वाङले भने ।
सुरुमा त केही परिवारले मात्र तरकारी खेती गरेका थिए । तर, काउन्टी सरकारको सहायतामा सन् १९८४ को अन्त्यसम्ममा ६० देखि ७० प्रतिशत किसानहरू तरकारी खेतीमा लागे । दुई वर्षपछि त तरकारी खेती गर्ने किसानहरूको सङ्ख्या ९० प्रतिशत पुगेको थियो ।
सन् १९८४ को औपचारिक तथ्याङ्कअनुसार सन् १९८० को तुलनामा कुल औद्योगिक तथा कृषि उत्पादन मूल्य, प्रतिव्यक्ति आयलगायत नौ वटा मापनमा दोब्बरले बढेको थियो । त्यस्तै कुल अनाज उत्पादन, कुल खुद्रा बिक्री परिणामको आधारमा चेनतिङ काउन्टीले ऐतिहासिक रेकर्ड सबै उछिन्यो ।
त्यत्तिबेलाको आर्थिक ढाँचाले हासिल गरेका उपलब्धिको दूरगामी प्रभाव पा¥यो ः चेनतिङको अर्थतन्त्र आज हपेई प्रान्तका उत्कृष्ट दसमध्ये परेको छ । त्यहाँको कुल गार्हस्थ उत्पादन र प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सन् १९७८ को तुलनामा अहिले ३ सत्न्दा बढी प्रतिशतले बढेको छ ।
“एउटा पुरानो भनाइ छ, जब काउन्टीहरू आफै पूर्ण हुन्छन्, देशमा शान्ति छाउँछ । पार्टीको साङ्गठनिक संरचना र देशको शासन संरचनामा काउन्टी नै प्रमुख सेतु हो । काउन्टी आर्थिक विकास, जनताको जीवन सुधार, राष्ट्रिय स्थायित्व र दिगो शान्तिको आधार हो”, सन् २०१५ को उल्लेखित गोष्ठीमा सीले भन्नुभएको थियो ।
स्रोतः सीजीटीएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *