यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपाली काङ्ग्रेस नेकपा फुटाउने र सरकारको नेतृत्व गर्ने मुडमा छ । दाहाल–नेपाल पक्षधर नेकपा पनि सत्ता समीकरणको पक्षमा छ । यो समूह प्रतिनिधिसभा पुनस्र्थापना गर्न आन्दोलनरत दलसँग मिलेर सरकार बनाउन चाहन्छ । नेकाले दाहाल–नेपाल पक्षलाई तपाईँको कुन पार्टी हो भनी सोध्नुको अर्थ पार्टी फुटाएर आउ भन्ने सङ्केत मिलेको छ ।
विभाजित नेकपा कानुनतः एउटै छ । तर, नेकपाको नेतृत्व अलग अलग नेताले गरेका छन् । विभाजित नेकपा कानुनतः एउटै रहेकोले पनि नेका नेकपासँग मिलेर सरकारको नेतृत्व गर्ने या नगर्ने सन्दर्भमा अन्योल छ । निर्वाचन आयोगले आधिकारिक नेकपा कुन हो ? टुङ्ग्याएको छैन । विभाजित नेकपा आफ्नै दलको हो भन्ने दुवै पक्षको दाबी छ । निर्वाचन आयोगले नेकपाको आधिकारिक पार्टी कसको हो भन्नेबारे छिट्टै निर्णय गर्ने आश्वस्त पारेको छ । दाहाल–नेपाल पक्षधर नेकपाले पनि आयोगले छिट्टै निर्णय गर्नुपर्ने कुरा उठाएको छ ।
मन्त्रिपरिषद्ले फागुन २३ गते संसद बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति भण्डारीले सोही दिन संसद् बैठक आह्वान गरेकी छिन् । तर, संसद्को बैठक बस्नुअघि नै निर्वाचन आयोगले नेकपाको मुद्दा टुङ्ग्याउनुपर्ने दाहाल पक्षको दाबी छ । दाहाल–नेपाल पक्ष प्रम ओलीको राजीनामाको पर्खाइमा छ । तर, ओली राजीनामा दिने पक्षमा छैनन् । राजीनामा नदिएकोले देशको अहिलेको राजनीति सङ्कटमै रहेको दाबी दाहाल पक्षको हो । अहिलेको मुख्य प्रश्न ओलीको राजीनामा होइन । राजीनामा दिँदैमा वर्तमान राजनीति सहज ढङ्गले अघि बढ्छ भन्ने होइन । प्रमले राजीनामा दिए पनि या अविश्वास प्रस्ताव अघि सारे पनि सरकार गठनमा समस्या देखिनेमा शङ्का छैन ।
यतिबेला नेका फूट गर र राज गरको पर्खाइमा छ । नेकासँग दाहाल–नेपालको नेकपा मिलेर के समाजवादउन्मुख राज्य व्यवहारमा कार्यान्वयन हुन्छ ? सबै दलको विचार समावेश गरेर सरकारी नीति तथा कार्यक्रम बनाउँदा या बजेट तयार गर्दा स्पष्ट खाका तयार हुनेछैन । नेकासामु दाहाल–नेपाल पक्षले आत्मसमर्पण गर्ने हो कि दाहाल–नेपाल पक्षसामु नेका झुक्ने हो ? नेकासँग नेकपाको सबै कुरा मिलेको हुँदा नेकाको नेतृत्वमा बनेको या नेका सामेल हुने सरकारले समाजवादउन्मुख भएर काम गर्ने छैन ।
Leave a Reply