भर्खरै :

बीच बाटोमा मोटरसाइकल रोकेर गफ गर्नेलाई के भनूँ र खोइ !

मोटर र मोटरसाइकल लाइसेन्स दिँदा सम्बन्धित कार्यालयहरूले चालकहरूलाई आवश्यक साधारण नियम र नागरिक भावनाबारे जानकारी नदिएको हो कि भन्ने शङ्का लाग्दै छ– साधारण जनतालाई ¤
सोमबार बिहान ठीक १० बजेको समय हो । विद्यार्थी र साधारण जनता आ–आफ्नो काममा जाने बेला थियो । एक प्रकारले सडकमा आवतजावत गर्ने यात्रुहरूको घुइँचो थियो । कमलविनायकको एक आवास क्षेत्रको एक चौबाटोमा एक मोटरसाइकल चालकले उत्तर–पश्चिमको बाटै छेक्ने गरी झन्डै १५ मिनेट कुराकानी गर्दै थिए– दिदी–बहिनीसँग ।
त्यस मोटरसाइकल चालकको त्यस व्यवहारले बायाँपट्टि बाट जानुपर्ने सबै सवारी दायाँपट्टि बाटै जान बाध्य थिए । त्यसले गर्दा उत्तर, दक्षिण र पूर्वतिरको जाने यात्रु र वाहनहरूलाई सा¥है अप्ठेरो परेको थियो । तर, आश्चर्य, अन्य मोटरसाइकल चालकहरूले पनि हर्न दिएर चौबाटोको एउटा बाटो नै छेक्ने गरी कुराकानी गरी मोटरसाइकल चालक र महिलालाई बाटो छोड्न वा किनारा लगाउने कष्ट गरेनन् किन ?
बीच बाटोमै मोटरसाइकल चढेर गफ गर्ने व्यक्ति गाउँबाट भर्खर काठमाडौँ पसेका होलान् र अन्य वाहनका चालकहरूसमेत नागरिक भावनाबाट टाढा रहेका व्यक्तिहरू होलान् भनी अड्कल काट्न सजिलो देखियो । यसबारे हाम्रा ट्राफिक बन्दोबस्तको के भनाइ र त्यस्तो बेसोमती चालकलाई सचेत गर्ने उपाय वा शिक्षा के कसरी दिने होला ? म यो पत्रमार्फत हाम्रा चालक साथीहरू र बीच बाटोमा धेरै बेर बाटो नै छेकेर कुराकानी गर्नेलाई नागरिक भावनाविपरीत काम गर्नु हुन्न भन्ने सल्लाह पुगोस् भन्ने चाहन्छु ।
आशा गर्छु, मोटरसाइकल चालक युवाहरूले शिक्षित र नयाँ संस्कृतिको व्यवहार देखाउनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *