भर्खरै :

वडा – वडामा सामाजिक सुरक्षा भत्ता वितरण

भक्तपुर १९ फागुन । भक्तपुर नगरपालिका वडा नं १ मा ७० वर्ष उमेर पूरा गरिएका ज्येष्ठ नागरिक, ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ एकल महिला, पूर्ण अशक्त नागरिकलाई सामाजिक सुरक्षा भत्ता तथा ६० वर्ष उमेर पूरा नगरेका विधवा र अति अशक्त भएका अपाङ्गहरूलाई मंसिरदेखि फागुनसम्म ४ महिनाको सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहायता वितरण गरियो ।
उक्त सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहायता वितरणअन्तर्गत ७० वर्ष उमेर पूरा गरिएका ज्येष्ठ नागरिक ३०४ जनामध्ये १७९ (१ महिनाको प्राप्त गर्ने १ जना र २ महिनाको प्राप्त गर्ने ३ जनासमेत) जनालाई रु. १२,०००।– का दरले रु.२१,२१,०००।–, ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ एकल महिला ८४ जनामध्ये ४८ जनालाई रु. ८,०००।–का दरले रु.३,८४,०००।–,पूर्ण अशक्त १२ जनामध्ये ६ जनालाई रु. १२०००। का दरले रु.७२०००।–सामाजिक सुरक्षा भत्ता तथा ६० वर्ष उमेर पूरा नगरिएका एकल महिला ११८ जनामध्ये ६८ (२ महिनाको प्राप्त गर्ने १ जना र अघिल्लो किस्ता प्राप्त गर्ने १ जनासमेत) जनालाई रु.८,०००।– का दरले रु. ५,४२,०००।–र अति अशक्त नागरिक २६ जनामध्ये १३ जनालाई रु. ६४००।–का दरले रु.८३,२००।– गरी जम्मा ३१४ जनालाई जम्मा रु.३२,०२,२००।–सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहयोग वितरण भयो । सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहयोग वितरणमा छुट भएका वडावासीलाई फागुन २१ गतेसम्म वडा कार्यालयमार्फत वितरण हुने वडा सचिव दामोदर लिवीले बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १० मा २०३ जना ज्येष्ठ नागरिकलाई रु. २४,२८,००० बराबरको भत्ता वितरण गरियो भने ६० वर्ष नाघेका एकल महिलातर्फ ४७ जनालाई ८ हजारको दरले ३७६,०००, ६० वर्षभन्दा कम एकल महिलातर्फ ४२ जनालाई ८ हजारको दरले ३,३६०००÷–, पूर्ण अशक्ततर्फ ५ जनालाई १२००० को दरले ६००००÷– र आंशिक अशक्त ७ जनालाई ६४०० को दरले ४४८००÷– वितरण गरियो ।
भक्तपुर नगरपालिका वडा नंंं. २ मा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरियो । ७० वर्ष पूरा भएका १९० जना ज्येष्ठ नागरिकलाई रु. १२०००÷– का दरले २२८००००÷–, ७३ जना एकल महिलालाई ८ हजारका दरले ५८४०००÷–, पूर्ण अशक्त ५ जनालाई १२००० का दरले ६००००÷– र ५ जना आंशिक अपाङ्गलाई ६४००÷– का दरले ३२००० गरी जम्मा २९,५६,००० सामाजिक सुरक्षा भत्ता वितरण गरियो ।
त्यस्तै भक्तपुर नगरपालिका वडा नं. ९ मा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरियो । दोस्रो चौमासिक भत्ताअन्तर्गत ज्येष्ठ नागरिक ३१२ जनालाई रु. ३६,९१०००÷–, विधुवा र एकल महिला ११७ जनालाई रु. ९,२००००÷– पूर्ण अशक्त २ जनालाई रु. २४०००÷– र आंशिक अशक्त १२ जनालाई रु.७६८०० गरी जम्मा रु. ४८,१९,०००÷– भत्ता वितरण गरियो । भत्ता लिन छुटेकाहरुलाई फागुन २० र २१ गते बिहान १० बजेदेखि ४ बजेसम्म वितरण गरिनेछ ।
त्यस्तै वडा नं. ६ मा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरियो । वडा कार्यालयका सचिव जितबहादुर खाइजुबाट प्राप्त जानकारीअनुसार ज्येष्ठ नागरिक २४१ जनालाई २८ लाख ९२ हजार, एकल महिला ९१ जनालाई ७ लाख २० हजार, पूर्ण अशक्त एक जनालाई १२ हजार, आंशिक अशक्त ६ जनालाई १,०८,८०० र विपन्न बालबालिका एक जनालाई १६०० भत्ता वितरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *