सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’ (Next To Stalin Notes of A Bodyguard) को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
लडाइँंमा विजयअघि पनि स्तालिन कृषि सहकारी र सरकारी खेतीलाई नयाँ उचाइमा विकास गर्ने विषयमा निकै उत्सुक हुनुहुन्थ्यो । एउटा उदाहरण प्रस्तुत गर्नु समिचीन हुनेछ ।
एक दिउँसो खाजामा हामीले भेंडाको पाठाको मासु र भात खाँदै थियौँ । त्यही क्रममा स्तालिनले सोध्नुभयो, “यो पाठोको मासु कहाँबाट आयो ?”
जवाफमा कमान्डर सोलोभोभले भने, “यो अब्खजियाबाट विमानमा आएको हो कमरेड ।”
“अनि के विमानले इन्धनको सट्टा पानी प्रयोग गर्ने हो र ?”, स्तालिनले थप प्रश्न गर्नुभयो ।
सोलोभोभले माफी मागे । तर, स्तालिनले उनलाई रोक्नुभयो ।
“माफी माग्नुपर्दैन । कुरा टाल्ने प्रयास नगर्नुस् । हामीले यी वस्तु आयात गर्नु पर्थेन । हामी आफैले यसो गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
त्यो घटनापछि ‘डाचा’ को लागि आवश्यक सामग्रीमध्ये सम्भव वस्तु सबै त्यहीभित्र उत्पादन गर्ने र उत्पादन गर्न सम्भव नभएको कुरा मात्र बाहिरबाट ल्याउने विचार कार्यान्वयनमा ल्याइयो ।
कहिलेकाहीँ काम सकाएर ख्रुश्चेभ स्तालिनलाई भेट्न त्यहाँ आउँथे । खासमा उनलाई गोलभेँडा र फलफुलबारे निकै कममात्र जानकारी थियो । तथापि, उनी आफूलाई कृषि क्षेत्रबारे निकै धेरै जानकारी भएको देखाउने प्रयास गर्थे । एकपल्ट उनले स्तालिनको लागि केही कालिज उपहारस्वरुप लिएर आए । ती कालिजहरू डाचाकै प्राङ्गणमा छोडिए । अचानक ख्रुश्चेभले केही सम्झेझैँ गरी ती कालिजहरू हातले टिपे । स्तालिनले त्यसपछि प्रक्रियामा भन्नुभयो, “ख्रुश्चेभका यी उपहारको विषयमा मलाई किन पहिले नै भनिएन ? मलाई थाहा भएको भए म पक्कै यी उपहार स्वीकार्दिनथेँ । अब उनलाई कालिजहरूको लागि खानाको बन्दोबस्त गर्न भन्नू । उनलाई खानमा ठूलो सौख छ ।”
प्रायशः बैठकहरू भइरहने डाचाका उत्पादन त्यहीभित्रको लागि पुगोस् भन्नेमा स्तालिन सजग हुनुहुन्थ्यो । उहाँ सकेसम्म केही पनि कुरा बाहिरबाट आयात नहोस् भन्ने चाहनुहुन्थ्यो । उहाँ ज्यादै व्यवहारिक हुनुहुन्थ्यो । डाचा परिसरको जमिनको उत्पादनको बचत नै लाखौँ रुपैयाँ बराबरको हुन्थ्यो । सबैजना मितव्ययी थिए । सबै जना शब्दमा उपदेश दिने गरेका कुरा त्यहाँ व्यवहारमा नै देखाउने प्रयास गर्थे ।
सन् १९४६ को जून ३ मा कालिनिनको निधन भयो । चर्चका औपचारिक कार्यक्रमबिना रुसी परम्पराअनुसार मलामीको तयारीमा स्तालिन व्यस्त हुनुहुन्थ्यो । स्तालिन कालिनिनलाई निकै मन पराउनुहुन्थ्यो । उनी सरकारी जिम्मेवारी बोकेका एक जना पुराना बोल्शेविक थिए ।
सन् १९४६ मा स्तालिन सोभियत सङ्घको दक्षिण भागमा भएका क्षति र पुनःनिर्माणको अध्ययन अवलोकन गर्न कारमा त्यत्तातिर निस्कनुभयो । उहाँ कारमा मात्र होइन, हिँडेर पनि ओरिलको कुर्क क्षेत्रको भ्रमण गर्नुभयो । उहाँका अङ्गरक्षकहरूलाई सुरक्षा व्यवस्था मिलाउन धौ धौ भएको थियो । लडाइँंले ध्वस्त भएको एउटा सहरमा काँधमा पानी बोकेर आउँदै गरेकी एक जना महिलाले स्तालिनलाई देखेर पानीको घैँटो भुईँमा फालेर तत्कालै स्तालिन भएतिर आइन् । अनि स्तालिनलाई अँगालोमा बेरिन् र रुँदै भन्न थालिन्, “प्रिय कमरेड स्तालिन, तपाईं यस्तो भग्नावशेषमा कसरी हिँड्न सक्नुहुन्छ र ?”
“किन र ¤ हामीले यहाँ सडकमा हिँड्न मिल्दैन र ?”, स्तालिनले सोध्नुभयो ।
तर, तिनी महिला आफ्नै सुरमा कराइरहिन्,“कमरेड स्तालिन ¤ तपाईं नहुनुभएको भए हामी शत्रुबाट पराजित हुने थियौँ र हामी विजयी हुने थिएर्नौ ¤ यसको निम्ति हामी सम्पूर्ण हृदयदेखि नै तपाईंप्रति आभारी छौँ ।”
स्तालिन जहाँ जानुभए पनि त्यस्तै कुराकानी र भेटघाटहरू भए । सोचीमा मानिसहरूले बन्दरगाह बनाउन थालिसकेका थिए । माथि सडकबाट स्तालिनले काम गरिरहेका मानिसहरूलाई देख्नुभयो । उहाँ आफैले उनीहरूका काम हेर्न र दक्षिणी सरकारका कमान्डर अफानासेभसँग कुराकानी गर्न दौडेर तल झर्नुभयो । कमान्डर अफानासेभलाई त्यहाँको विषयमा पूरा जानकारी थियो । त्यसकारण, उनले स्तालिनलाई विस्तृतरूपमा जानकारी दिए । उहाँ त्यहाँबाट रिस्टा जानुभयो । त्यहाँ उहाँले पहाड–पर्वतको मनोरम दृश्य देख्नुभयो । अनि राम्रो हावापानीको मज्जा लिनुभयो । वास्तुकार अभरामेन्कोतिर हेरेर उहाँले तल ताल वरपर बाटो बनाउनुपर्ने बताउनुभयो । वास्तुकारले भन्नुभयो, “कमरेड स्तालिन, त्यो बाटो बनाउन निकै महँगो पर्छ । त्यसको निम्ति पहाड र भीरहरू फोड्नुपर्ने हुन्छ ।”
“जनताको लागि सबै काम गर्न तयार हुनुपर्छ । यो ठाउँ भविष्यको लागि आराम गर्ने ठाउँ बन्नेछ । कार र बसमा आउन सकिने भए जनता यहाँ आउनेछन् र आराम गर्नेछन्”, स्तालिनले भन्नुभयो ।
भविष्यको यो आरोग्य आश्रममा पुग्ने अवसरबाट सोभियत जनतालाई वञ्चित गर्न वास्तुकार अभरामेन्को मिल्छ र ?
तिनताक त्यहाँ कुनै ग्रीष्मकालीन सरकारी आवास थिएन । सरकारी अधिकारीहरू जारले बनाएको एउटा पुरानो भवनमा बसे । उनीहरूले भुर्इँमा सुकुल ओछ्याए र जसोतसो केही कुरालाई सिरानी बनाए । स्तालिन पनि उनीहरूसँगै त्यहीं सुत्नुभयो । उहाँको टाउको स्नुकरको टेबुलमुनि थियो र खुट्टा बुटबाट बाहिर निस्केको थियो । थकित सुरक्षाकर्मीहरू पनि तुरुन्तै भुसुक्कै निदाए । कोही पनि पहरा बसेका थिएनन् ।
बिहान उठेर स्तालिनले गुनासो गर्नुभयो,“साथीहरू । राति को हो एक जना निकै नराम्ररी घुर्नुभएको थियो । म त सुत्नै सकिनँ । सुत्नको लागि अर्को एउटा ठाउँको बन्दोबस्त गर्नुपर्ला है ।”
स्तालिन माछा मन पराउनुहुन्थ्यो । त्यो क्षेत्रमा धेरै खोलानाला थिए । त्यही भएर फुसर्दको समयमा हामी माछा मार्न गयौं र पकाएर खायौँ । त्यहाँ न कोही सोभियत सङ्घका राष्ट्रप्रमुख थिए न कोही सुरक्षाकर्मी । हामी सबै एकै परिवारजस्तै थियौँ । उहाँले आफ्नो सुस्वास्थ्यको कामना गर्दै वाइनको गिलास उठाएको कहिल्यै चाहनुभएन । त्यहा भने उहाँले हामीमध्ये सबभन्दा बढी माछा मार्न सफल एलिजारोभको सम्मानमा वाइनको गिलास उठाउनुपर्ने बताउनुभयो ।
अहिले स्तालिनलाई यस्तो–उस्तो भनी खुब हल्ला गर्नेहरूलाई वास्तवमा उहाँ कस्तो हुनुहुन्थ्यो भन्ने थाहा थिएन । उनीहरूले उहाँलाई व्यक्तिगतरूपमा चिनेका नै थिएनन् । तस्वीर वा श्रव्यदृश्यहरूमा मात्र स्तालिनलाई देखेको हुनुपर्छ । अथवा स्तालिनलाई कहिल्यै नदेखेका वा नभेटेका लेखकहरूले लेखेका पुस्तकहरूमा मात्र पढेको हुनुपर्छ । ती लेखकहरूले स्तालिनबारे आफूलाई जे मन लाग्यो, त्यही लेखे । उनीहरूले स्तालिनबारे यसरी वर्णन गरेका छन्, म त त्यो चित्रण गरिएको मान्छे चिन्न पनि सक्दिनँ । स्तालिन फरासिलो, रसिक र निकै सद्गुणी हुनुहुन्थ्यो । आफ्ना अङ्गरक्षकहरूसँग स्तालिनको जति निकट र आत्मीय सम्बन्ध थियो, सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समितिका अरू कोही पनि सदस्यहरूको आफ्ना सुरक्षामा खटिएका मानिसहरूसँग निकटको सम्बन्ध थिएन । घरबाहिर यात्राको क्रममा स्तालिन कि त खाना पकाउनुहुन्थ्यो अथवा भाडा माझ्नुुहुन्थ्यो । उहाँ आफुले गर्नसक्ने काम कहिल्यै पनि अरूलाई गर्न अह«ाउनुहुन्नथ्यो । हामी सबैका आ–आफ्नै तोकिएका जिम्मेवारी थिए । हामी सबैका काम सधैँ चुस्तरूपमा चलिरहेको हुन्थ्यो । हामी पाँच वा दस जति जना भए पनि एक आपसको सहयोगका लागि केही न केही गरिरहेका हुन्थ्यौँ ।
हामी क्रिमिया जाने क्रममा बोर्झोमी पुग्दा स्तालिनलाई भूमिगतकालीन मित्रहरू भेट्न आए । उनीहरूसँग स्तालिनले प्रारम्भिक भूमिगत जीवन बिताउनुभएको थियो । भेटघाटमा स्तालिनले आफ्ना केही मित्रहरूको आर्थिक अवस्था निकै दयनीय भएको थाहा पाउनुभयो । स्तालिन कहिल्यै पनि पैसा बोकेर हिँड्नुहुन्नथ्यो । तत्कालै उहाँले आफ्नो टोली फैलाउनुभयो र हामी सबैले केही पैसा राखेर ३ सय रुबल पु¥यायौँ । त्यो रकम स्तालिनले आफ्ना मित्रहरूलाई खाममा राखेर दिनुभयो ।
स्तालिन सहयोगी स्वभावको हुनुहुन्थ्यो र आफ्नो पद जतिसुकै उँचो भए पनि मानिसहरूलाई कहिल्यै उपेक्षा गर्नुुहुन्नथ्यो भन्ने कुरा देखाउने अर्को एउटा उदाहरण पनि हेरौँ । स्तालिन मस्कोमा घुमिरहनुभएको थियो । स्वच्छ हावामा स्वच्छ अनुभव गर्न उहाँले कार रोक्नुभयो र बाहिर निस्कनुभयो । आफ्ना केटाकेटीसँग बिदा मनाउन आइरहेका मानिसहरूले उहाँलाई घेरिहाले । स्तालिनले गएर केही चकलेट ल्याउन भ्लासिकलाई अह«ाउनुभयो । उहा त्यहाँ जम्मा भएका केटाकेटीलाई चकलेट बाँड्न चाहनुहुन्थ्यो । भ्लासिक नजिकै गाडा पसल चलाइरहेका एक जना जर्जियालीको गाडानजिक गएर केही चकलेट किनेर ल्याए । अनि केटाकेटीलाई ती चकलेट बाँडे । केटाकेटीका आमाबुबाहरू भने स्तालिनसँग अनेक विषयमा कुराकानी गरिरहेका थिए ।
राति आराम गर्दै गर्दा स्तालिनले भ्लासिकलाई सोध्नुभयो, “तपाईंले त्यो गाडावालालाई चकलेटको पैसा दिनुभयो त ?”
“अहँ मैले त बिर्सें । हतार हतारमा मैले त बिर्सेछु”, भ्लासिकले भने ।
“अहिले नै गएर चकलेटको पैसा दिएर आउनुहोस् । जानुहोस्”, स्तालिनले भ्लासिकलाई भन्नुभयो ।
गाडावाला जर्जियाली कमरेड स्तालिनलाई आफूले चकलेट बेचेको भन्दै निकै गौरव अनुभव गरे !
आफ्नो जहानको निधनपछि स्तालिनले महिलाहरूप्रति कुनै आकर्षण देखाउनुभएन । उहाँ बारम्बार विवाह गर्ने कुराको कडा विरोधी थिए । उहाँ १७ वर्षकी केटी विवाह गरेका मार्सल कुलिकलाई देखेर प्रायशः हाँस्नुहुन्थ्यो र व्यङ्ग्य गर्नुहुन्थ्यो ।
“लौ हेर्नुस् त्यो बुढो दुलाहालाई । उनले कहिल्यै भुइँमा खुट्टा राख्न नपरोस्, हाम्रो यही त कामना !”, स्तालिन व्यङ्ग्य गर्नुहुन्थ्यो ।
स्तालिनलाई खुट्टा दुखिरहने समस्या थियो । त्यही समस्याबाट केही मुक्ति पाउन उहाँले तीन पटक जति नुन पानीमा नुहाउन जानुभयो । तर, मानिसहरूले त्यहीं पनि उहाँलाई शान्ति दिँदैनथे । उहाँलाई घेर्न जहिल्यै एक हुल मानिस जहीँ पनि हुन्थ्यो । नुहाउन ठिक्क परेको बेला पनि मानिसहरू उहाँलाई घेर्न आइपुगेका हुन्थे ।
मस्कोमा फर्केर स्तालिन वाफको स्नान गर्न जानुभयो । त्यो ठाउँ विशेषतः उहाँकै लागि बनाइएको थियो । स्तालिनको खुट्टा दुख्ने समस्याको निवारणको एउटै उपाय त्यही हुनसक्थ्यो । त्यही भएर त्यस्तो ठाउँ बनाइएको थियो । स्तालिन त्यहाँ पुग्नुहुँदा त्यहाँ ताला लगाइएको थियो । उहाँ केही बेर कुर्नुभयो । त्यहाँ नजानुपर्ने एक जना अङ्गरक्षक स्तालिन त्यहाँ नभएको भन्ठानेर स्नानघरभित्र पसेछन् । जब उनले त्यहाँ स्तालिनको स्वर सुने, उनी आत्तिएर त्यहाँबाट बाहिर हामफाले । उनले निकै लज्जित महसुस गरे । अङ्करक्षकको नाम दुबिनिन थियो । स्तालिनले उनलाई अप्ठ्यारो नमान्न भन्नुभयो ।
“केही बेर कुर्नुस् है कमरेड दुबिनिन । म नुहाइसक्छु अनि तपाईं नुहाउनुहोला ।”
स्तालिन त्यस्तो खालको नेता हुनुहुन्थ्यो । उहाँ सबैसँग सजिलो व्यवहार गर्नुहुन्थ्यो ।
तर, स्तालिनको छोरो भासिली फरक मान्छे भएर हुर्के । उनी निकै घमण्डी स्वभावका थिए । खुब धाकधक्कु लगाउँथे । लेनदेनमा खुब पोख्त । स्तालिनबाहेक उनी कसैसँग डराउँदैनथे । भासिलीले एकपल्ट पानीमा चल्ने मोटर बोट बिगारेर त्यत्तिकै छोडेर आएछन् । त्यो कुरा आफ्नो बुबालाई गएर भने आफूजतिको नराम्रो कोही नहुने भन्दै भासिलीले यातायात कार्यालयका प्रमुख लुकिनलाई धम्काएछन् ! तर, त्यो खबर स्तालिनको कानसम्म पुग्यो । अनि भासिलीलाई सजिलो समयको सामना गर्नुप¥यो ।
स्तालिनले आफ्नी छोरी श्वेतलानाकी पहिलो श्रीमान्लाई पनि खुब झपार्नुभएको थियो । श्वेतलानाको श्रीमान्ले एउटा कपडा सिउने कारखानामा गएर आफ्नो लागि सुट सिलाउन दिएछन् । आफ्नो लागि मात्र नभई आफ्ना साथीहरूको हुलकै लागि सुट सिलाउन लगाएछन् । उनका ती साथीहरू नैतिकरूपमा कमजोर र व्यवहारगतरूपमा समस्या पार्ने खालका थिए । स्तालिनले यो कुरा थाहा पाउने बित्तिकै श्वेतलानालाई बोलाउनुभयो र भन्नुभयो,“तिमी अझै विद्यार्थी नै छौ । ऊ पनि विद्यार्थी नै छ । तिमीहरूले विवाह गरिसक्यौ । के तिमीहरू दुवैले तिम्रो बुबा र राज्यबाट यसरी फाइदा उठाउन मिल्छ ? अहँ, त्यसो हुनसक्दैन ।”
त्यसपछि त्यो सिङ्गो टोलीमाथि कारबाही भयो र उनीहरूलाई कुनै पनि सुविधा लिनबाट वञ्चित गरियो ।
लेनिनका प्रतिक्रान्तिकारी हत्यारा कप्लान जेलमा थिइन् । तर, उनको सोलोभाखनजिकै आफ्नो बगैँचा र जमिन भएको खुल्न आयो । कप्लानको कारागारमै निधन भयो । स्तालिनलाई यसबारे जानकारी दिइयो । उहाँले भन्नुभयो,“सबै कुराको आफ्नो समय हुन्छ ।”
एक दिन मस्कोमा टहल्दै गर्दा स्तालिनले मायाकोभ्स्कीको प्रतिमा बनाइने ठाउँ आधारमात्र बनेको तर प्रतिमा नराखिएको अवस्थामा रित्तो देख्नुभयो । स्तालिनले तुकोभतिर हेरेर सोध्नुभयो, “किन अझै पनि मायाकोभ्स्कीको प्रतिमा नराखिएको ? मायाकोभ्स्कीले आफ्नो जीवनभर लेनिन र क्रान्तिको सेवा गर्नुभयो । यो काम त तुरुन्तै हुुनुपर्ने थियो ।”
त्यही दिन तुकोभले मस्को सहरको सोभियत (स्थानीय सरकार) लाई त्यो विषयमा निर्देशन दिए । अनि केही समयपछि नै त्यहाँ मायाकोभ्स्कीको प्रतिमा ठडियो । आज त्यसले मस्को सहरको सुन्दरता बढाएको छ ।
हामी मस्को फर्किंदै थियौँ । झमझम पानी परिरहेको थियो । स्तालिनले बाटोमा सहकारीका केही किसानहरू उभिरहेको देख्नुभयो । उनीहरू बस कुरिरहेका थिए । स्तालिनले आफू चढेको गाडी रोक्न लगाउनुभयो र सबै किसानहरूलाई गाडीमा राख्न भन्नुभयो । किसानहरू पानीले थप नरुझुन् भन्ने मनसायले उहाँले त्यो निर्देशन दिनुभएको थियो । सोकोलोभले किसानहरूलाई गाडीमा आउन आग्रह गर्दा किसानहरू आउन मानेनन् । स्तालिन आफै गाडीबाट ओर्लेर किसानहरूलाई सम्झाइबुझाइ गाडीमा बस्न मनाउनुभयो । गाडीमा किसानहरूले स्तालिनलाई आफ्ना समस्याबारे सुनाउनुभयो । युद्ध र युद्धमा मारिएका आफ्ना आफन्तबारे कुरा सुनाउँदै थिए । स्तालिनले पनि अफसोच मान्दै भन्नुभयो, “मैले पनि मेरो छोरोलाई युद्धमा गुमाएँ ।”
स्तालिनको गाडीमा बसेको अविस्मरणीय घटनाबारे सुनेर एक सत्न्दा बढी मानिसहरू गाउँको चोकमा भेला भए । उनीहरू पनि स्तालिनको गाडीमा बस्न आतुर थिए । तर, हाम्रो गाडीमा इन्धन सकिंदैथियो । हामी बल्लतल्ल मस्कोमा पुग्यौँ ।
वसन्त यामको एक साँझ डाचामा खु्रश्चेभ र बेरिया स्किटल्स खेल (काठका स–साना खम्बाहरू ढाल्ने खेल) खेल्दै थिए ।
“सा…त्यसलाई हान् न पहिला !”, सार्वजनिक पदाधिकारी बेरियालाई ख्र्रुश्चेभले भनेका थिए ।
यस्ता अपवचन सुनेर स्तालिन रिसाउनुभयो । उहाँले रिसाउँदै भन्नुभयो,“के केटाकेटीजस्तै कुरा गरिरहनुभएको ?”
त्यसपछि बेरिया वा ख्रुश्चेभले त्यसरी कहिल्यै कुराकानी गर्नुभएन ।
क्रेमलिनमा आफ्नो कार्यकक्षमा काममा फर्किनुअघि स्तालिन रात्रीकालीन हिँडाइमा निस्कनुभएको थियो । त्यही क्रममा सुरक्षाकर्मी मेल्निकोभलाई सोध्नुभयो, “तपार्इं यहाँ दिनको कति घण्टा उभिनुहुन्छ ?”
“प्रत्येक छ घण्टामा म तीन घण्टाबिना हलचल उभिने गर्छु ।”
“तपाईंले पछिल्लो समय कहिले नयाँ पोशाक पाउनुभएको थियो ?”
“एक वर्षमा एक जोर पाउने गर्छु ।”
“तपाईंको तलब कति हो ?”
“६ सय रुबल, कमरेड स्तालिन ।”
“धेरै त रहनेछ ।”
त्यसपछि हरेक सुरक्षाकर्मीले वर्षको दुई जोर पोशाक पाउन थाले । अनि उनीहरूको तलब पनि बढाइयो । स्तालिनलाई जहिल्यै अरूकै चासो हुन्थ्यो । उहाँ सधैँ सामानको मूल्य घटाउनुपर्ने माग गर्नु हुन्थ्यो । उहाँ सर्धै यस्तै समस्याबारे चिन्तन गर्नुहुन्थ्यो ।
गाडीमा जाँदै गर्दा स्तालिनले सोध्नुभयो, “यो आर्थिक अवस्थाबाट हामी कहिले माथि उठ्ने होला ?”
“कमरेड स्तालिन, हामीले पदक दिँदा पैसा दिने चलन बन्द गर्नुपर्छ”,भ्लासिकले भने ।
“तपार्इंहरू कुरामात्र गर्नुहुन्छ । तर, सर्वोच्च सोभियतको अध्यक्षमण्डलमा मलेन्कोभलाई लेखेर दिने आँट गर्नुहुन्न ।”
“म पक्कै लेख्छु कमरेड स्तालिन”, भ्लासिकले जोड दिएर भने ।
भ्लासिकले आफ्नो वचन पूरा गरे । स्तालिनले आर्थिक जोहो गर्न आफ्नो सुरक्षामा खटाइएका अङ्गरक्षकहरूमध्ये ७० प्रतिशतलाई अन्यत्र काममा परिचालन गर्ने बन्दोबस्त गरे । अनि, आफ्नो व्यक्तिगत स्वार्थमात्र हेर्ने पोलिटब्युरोभित्रका अवसरवादीहरूलाई असहज बनाउन उहाँले सरकारका सबै पदाधिकारीको तलबमा कटौती गर्ने निधो गर्नुभयो । पोलिटब्युरोका सदस्यहरू यो निर्णयप्रति खुुसी थिएनन् तर कसैले केही बोल्ने हिम्मत गरेनन् । अनि त्यसपछि उनीहरूले स्तालिनविरुद्ध झन् झन् योजनाहरू बुन्न थाले । उनीहरूले सरकारी संयन्त्रणहरू आफ्नो नियन्त्रणमा लिन थाले । वास्तवमा ती मानिसहरू को को थिए ? बेरिया, मलेन्कोभ, ख्रुश्चेभ, कागानोवीच, बुल्गानिन । जब व्यवहारमा उनीहरूले स्तालिन र उहाँको सरकारमा भूमिकालाई छेउ लगाउन सफल हुन्छन् तब उनीहरूले जोशका साथ योजना बनाउन थाल्छन् । स्तालिनसँग बीसौँ वर्ष काम गरेका उहाँका अङ्गरक्षकहरू जस्तै पोस्क्रिबिशेभ र भ्लासिकलाई उनीहरूले क्रेमलिनबाट बाहिर गलहत्याए ।
यसो हेर्दा स्तालिन ती ‘षड्यन्त्रकारीहरू’ विरुद्ध लड्न र सङ्घर्ष गर्न नसकेको जस्तो देखिन्थ्यो । उहाँ कमजोर बन्नुभएको थियो । उमेरले ७४ पुगिसक्नुभएको थियो । शरीरले तापक्रम हासिल गर्नेभन्दा चाँडै गुमाउने हाइपोथर्मिया रोगले उहाँलाई सताउन थालेको थियो । एकपल्ट उहाँ हिँड्दै गरेको बेला रिङ्गटा लागेर धन्न लडेनन् । तुकोभले स्तालिनलाई लड्नबाट थाम्नुभयो । क्रेमलिनको कार्यालयमा तलमाथि गर्न उहाँलाई निकै सङ्कष्ट भएको थियो । अनि आफ्ना मित्र ओर्लोभलाई सुनाउँदै भन्नुभएको थियो, “साँच्चै मलाई बुढ्यौलीले छोएछ !”
नेपाली अनुवाद : बर्बरिक
Leave a Reply