कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
नेपाल गरिब देश हो । गरिबहरूको यो देशमा कम्युनिस्टहरूको छाप पर्नु स्वाभाविक हो । कम्युनिस्टहरूले नै शोषितपीडित, उत्पीडित तथा गरिबहरूको स्वतन्त्रता र मुक्ति खोज्छन् । कम्युनिस्टहरूको उद्देश्य नै बहुमत जनताको सेवा गर्नु हो । बहुमत जनताको सेवा गर्न नै देशमा कम्युनिस्ट पार्टी स्थापना गरेको हुन्छ । सच्चा कम्युनिस्टहरू सानातिना कुरामा भुल्दैनन्, अवसरवादी हुँदैनन् । जुनसुकै व्यवस्थाको सरकारमा जानु या सरकारको नेतृत्व गर्नु कम्युनिस्टको धर्म होइन ।
एक थरी कम्युनिस्टहरू देशमा आमूल परिवर्तनको निम्ति लागिरहेका छन् । आमूल परिवर्तन गर्न उनीहरू जनताको घरआँगन पुगेर जनतालाई सैद्धान्तिक, वैचारिक, सांस्कृतिक र राजनीतिकरूपले सचेत र सङ्गठित गर्छन् । उनीहरू लोभलालचमा फस्दैनन् । लोभलालच देखाएर जनता हातमा लिँदैनन् । झूटको खेती गर्ने, भ्रामक कुरा फलाक्ने र मीठा मीठा सपना बाँड्ने काममा उनीहरू फस्दैनन् । उनीहरू बहुमत जनताको पक्षमा आन्दोलन गर्छन्, किसान, मजदुर तथा शोषित पीडित जनताको आन्दोलनमा ऐक्यबद्धता जनाउँछन् र समर्थन गर्छन् ।
अर्का थरी कम्युनिस्टहरू सत्तामा जानको निम्ति जे पनि गर्न पछि पर्दैनन् । उनीहरू जसरी भए पनि निर्वाचनमा जित्ने दाउ बुन्छन् र चुनावमा जित्न साम, दाम, दण्ड र भेद नीति अपनाउँछन् । उनीहरू सिद्धान्त र विचारको ख्याल गर्दैनन् । सत्तामा जान पाए सिद्धान्त र विचार नै बन्धक हाल्छन् । एउटा सिद्धान्त र विचार बोकेर व्यवहारमा अर्कै राजनीति गर्छन् । जसरी भए पनि निर्वाचनमा जित्ने र सरकारको नेतृत्व गर्ने दलका नेताहरूको स्पष्ट दृष्टिकोण हुँदैन । उनीहरूले पार्टीमा मात्र होइन देशमा पनि सही दिशा निर्देश गर्न सक्दैनन् ।
देशमा नेकपा नाउँको नेतृत्वमा सरकार छ । नेकपाको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद रहेको छ । माक्र्सवाद–लेनिनवादलाई मार्ग निर्देशक मानेको आधारमा सिद्धान्ततः नेकपा कम्युनिस्ट पार्टी हो । तर, व्यवहारमा नेकपामा माक्र्सवाद र लेनिनवादको कुनै दृष्टिगोचर छैन या गन्ध छैन । कम्युनिस्टको सिद्धान्त र विचार अनुसार न पार्टीले गतिविधि बढाएको छ न त सरकार नै सञ्चालन गरेको छ । पार्टीको महाधिवेशन, सम्मेलन, ठूल–ठूला सभा, भेला, गोष्ठीहरूमा पनि पार्टीका नेताहरूले कम्युनिस्ट सिद्धान्त र विचारको कुरा गर्दैनन्, कम्युनिस्टको सिद्धान्त र विचार घरआँगनमा पु¥याएर सचेत र सङ्गठित पार्दैनन् ।
कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउन कुनै अवसर या मौका आवश्यक छैन । सिद्धान्त र विचार पु¥याएर जनतालाई सुसूचित पार्न या सिद्धान्तनिष्ठ बनाउनु प्रत्येक कम्युनिस्टको जिम्मेवारी हो । त्यो जिम्मेवारी हरेक कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले पालना गर्नुपर्छ । सिद्धान्त र विचार बन्धक राखेर सरकारमा जाने या सरकारको नेतृत्व गरेर राजस्वमा दाइँ गर्ने कुरा कम्युनिस्ट आचरण अनुकूल देखिँदैन ।
कम्युनिस्टको सिद्धान्त र विचार भनेको ‘शो’ पिस होइन । कम्युनिस्टको सिद्धान्त र विचार देखाएर पुँजीवादी राजनीति गर्ने काम ठीक होइन । कुनै दलले बहुमत पाउँदैमा परिवर्तन हुने होइन । बहुमत पाउँदा सरकारको नेतृत्व गर्न पाउनु एउटा पक्ष हो भने आमूल परिवर्तनको निम्ति बाटो तयार गर्नु अर्को पक्ष हो । कम्युनिस्ट भनिने दलको नेतृत्वमा पटक–पटक कम्युनिस्ट पार्टीको सरकार बन्यो । ठूला, शक्तिशाली,गौरवशाली र कम्युनिस्ट भनिने पार्टीले पटक–पटक सरकारको नेतृत्व गरे पनि कम्युनिस्ट सिद्धान्त र विचारअनुसार सरकार सञ्चालन गर्न सकेन ।
कम्युनिस्ट भनिने पार्टीले सिद्धान्तअनुसार सरकार सञ्चालन नगरेको मात्र होइन उल्टो कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारविपरीत काम गरेर कम्युनिस्ट पार्टीकै बदनाम हुने काम ग¥यो । नेकपाले गरेको गल्तीको कारण अन्य कम्युनिस्ट पार्टीलाई समेत अप्ठेरो बनायो । कम्युनिस्टहरू पनि सत्ताकै निम्ति राजनीति गर्नेरहेछन् भन्ने सन्देश दिने काम नेकपाले ग¥यो । बहुमत प्राप्त गरेर सरकारमा जानकै निम्ति पैसाको खोलो बगाउँदोरहेछ भन्ने सन्देश दिन नेकपा पछि परेन । नेकपाको यो दुर्दशाले गर्दा अन्य प्रतिगामी शक्तिहरूलाई नेकपाको विरोध गर्ने बाटो बनायो । यो गम्भीर विषय हो ।
विभाजित नेकपाको एक पक्ष नेका र जसपासँग मिलीजुली सरकार बनाउन दौडधूप गरिरहेको छ । समाजवादउन्मुख अवधारणानुसार काम गर्न नसकेको नेकपाको सरकारले नेकासँग मिलेर कसरी त्यो उद्देश्य पूरा गर्न सक्छ ? नेकपाको दुवै पक्ष सत्ताकेन्द्रित राजनीतिमा लागेको स्पष्ट छ । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि गमक्क फुलेको, लड्डु खाएर खुसियाली मनाएको दाहाल–नेपालको नेकपा अन्योलमा परेको छ । आफ्नो उद्देश्य पूरा नहुने देखेर उनीहरू अप्ठेरो स्थितिमा पुगेका छन् ।
ओली पक्षधरभन्दा बढी प्रगतिशील, बढी क्रान्तिकारी र बढी कम्युनिस्टको दाबी गर्न पछि नपर्ने दाहाल–नेपालको नेकपा धर्म सङ्कटमा परेको छ । प्रम ओलीले राजीनामा नगर्ने अडान राखेपछि दाहाल पक्षधर नेकपाको दिमाग जाम भएको छ । हिजोको जोश र जाँगर एकाएक सेलाएको छ । त्यसको मूल कारण सत्तामा जान पाउने आशा मर्नु हो । वास्तवमा नेकपाभित्रको आन्तरिक लडाइँ सत्ता नै हो ।
नेकपाको मार्ग निर्देशक सिद्धान्त किन माक्र्सवाद–लेनिनवाद राख्यो र मार्ग निर्देशक माक्र्सवाद–लेनिनवाद भए पनि किन तद्नुसार नेकपाले राजनीति गरेन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । गरिब जनताको मत लिन नेकपाले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद राखेकोमा शङ्का छैन । नेकपा यथार्थमा कम्युनिस्ट पार्टी नभएको हुँदा माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुसार काम नगर्नु स्वाभाविक हो । नेकपाले वर्गसङ्घर्षको बाटो छोडिसकेको छ । सार्वजनिकीकरण भन्दा निजीकरणलाई जोड दिइएको छ । सिद्धान्त र विचार बन्धक राखेर सत्तामुखी र पैसामुखी राजनीतिमा लागेको छ । अन्तर्राष्ट्रिय नजरमा कम्युनिस्ट पार्टी देखिए पनि, नेपालमा कम्युनिस्ट सरकार भने तापनि नेकपा देखावटी कम्युनिस्ट पार्टी भएको छ । यथार्थमा नेकपा कम्युनिस्ट पार्टी बदनाम गर्ने, कम्युनिस्टको खोल ओढेर पुँजीवादी वर्गको पक्षमा राजनीति गर्ने नक्कली कम्युनिस्ट बनेको छ ।
साँच्चै नेपालमा कम्युनिस्ट पार्टीको सरकार भएको भए हरेक कम्युनिस्टहरू खुसी हुनुपर्ने हो । हरेक कम्युनिस्टले कम्युनिस्ट सरकारको प्रशंसा गर्नुपर्ने हो । देशभरका शोषित पीडित, उत्पीडित वर्गको पक्षमा काम गर्नुपर्ने हो । तर, त्यो बन्दोबस्त भइरहेको छैन । नेकपा कम्युनिस्टको आचरणअनुसार अघि बढिरहेको छैन । नेकपाले पनि कम्युनिस्ट पार्टीको भूमिका निर्वाह गरेको भए, समाज परिवर्तनमा थप टेवा पुग्छ । हरेक कम्युनिस्ट पार्टीले आ–आफ्नो दायित्व पूरा गर्न अघि बढ्नुपर्छ ।
Leave a Reply