भर्खरै :

ख्वप जग्मगाउँदै जाओस् !

यस्तो महत्वपूर्ण कार्यक्रममा उपस्थित हुन पाउँदा म ज्यादै हर्षित छु । ख्वप कलेज, ख्वप मावि र शारदा क्याम्पस, यी तीन वटा शैक्षिक संस्थाहरूलाई हामीले दुई–तीन दशकदेखि चिन्दै र बुभ्mदै आइरहेका छौँ । आजको दिनसम्म आइपुग्दा अझ बढी चिन्ने अवसर पाउँदै छौँ । मलाई विश्वास छ, यी तीनै वटा शैक्षिक संस्थाहरू आगामी दिनमा अझ अगाडि बढ्नेछन् । व्यापक काम गरी खाने वर्गका छोराछोरीहरूलाई शिक्षित बनाउँदै, दीक्षित बनाउँदै यी तीन वटै शैक्षिक संस्थाहरू अगाडि लम्कनेछन् । समाजको सांस्कृतिक रूपान्तरणमा दत्तचित्त भई लागिरहनेछन् । यो वार्षिकोत्सव कार्यक्रमको भव्य सफलताको पनि कामना गर्दछु ।
कुनै पनि शैक्षिक संस्थालाई हामी स्वाभाविक या सामान्य दिनहरूमा भन्दा पनि सङ्कटको घडीमा अझ बढी चिन्ने गर्दछौँ । महामारीको समयमा अर्थात् कोरोना कहरको बखतमा हामीले यी तीनै वटा शैक्षिक संस्थाहरूलाई अझ बढी बलियो पायौँ । अझ बढी व्यवस्थित देख्यौँ । अझ बढी पूर्वतयारीका साथ अगाडि बढेको, अत्यन्त सुझबुझ, उच्च संवेदनशीलताका साथ अत्यन्त जिम्मेवार ढङ्गमा यी तीनैवटा शैक्षिक संस्थाहरू प्रस्तुत भएको पाउँदा हामी खुसी भयौँ । आजको दिनमा यी शिक्षालयको सिङ्गो परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु । सचेत नगरवासीहरू, अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमीहरूको हार्दिक आभार, बधाई तथा शुभकामना सदा यहाँहरूसँग रहने विश्वास व्यक्त गर्न चाहन्छु ।
देशमा अनगिन्ती शैक्षिक संस्थाहरू छन् । ती शैक्षिक संस्थाहरूलाई हामीले यदि वर्गीकरण गर्ने हो भने एउटा सजिलो उपाय छ । एकथरी शैक्षिक संस्थाहरू व्यापारिक धरातलमा उभिएका छन् । अर्को थरी शैक्षिक संस्थाहरू विचार, नैतिकता, बौद्धिकता, सेवाभावको बलियो जगमा उभिएका हुन्छन् । यस प्रकारका शिक्षालयहरू हातमा गन्न मिल्ने सङ्ख्यामा रहेको हामी पाउँछौँ । तीमध्ये ख्वप मा.वि, ख्वप कलेज, शारदा कलेजलगायतका शैक्षिक संस्थाहरू हुन् भन्दा हामीलाई गौरवको अनुभूति मिल्छ । यस अर्थमा पनि ख्वप सर्कलको सञ्चालक परिवार, ख्वपको सिङ्गो परिवार, अभिभावक तथा विद्यार्थीहरू सम्पूर्णमा यो वार्षिक उत्सवको सुखद् उपलक्ष्यमा पनि हार्दिक शुभकामना, बधाई र उत्तरोत्तर प्रगतिको कामना गर्दछु । ख्वप जग्मगाउँदै जाओस् ¤
अहिले भर्खरै हामीले अत्यन्त सुमधुर सङ्गीत तथा गीत सुन्यौँ । अत्यन्त मार्मिक सन्देश र देशभक्तिपूर्ण भावनाले ओतप्रोत गीत सुन्यौँ । देश हँसाउने र मातृभूमिलाई हँसाउने सपना साँच्ने र बाँड्ने युवाहरूको मनको भावना यहाँ प्रस्तुत भएको हामीले अनुभव ग¥यौँ । हामी यतिखेर यसरी देशलाई सिँगार्ने, आमालाई हँसाउने कुरा गरिरहेका छौँ भने र बुद्धका आँखाहरूलाई जोगाउने प्रयास गर्दै छौँ । त्यो अठोटका साथ लागिरहेका छौँ भने विदेशी गिद्धेदृष्टि, गिद्धे आँखाहरू हामै्र मातृभूमितिर परिरहेको देख्दा हामी अत्यन्त अप्ठ्यारो अनुभव गर्दै छौँ । हामी दुःख, पीडाको अनुभव गर्दै छौँ । आमालाई हँसाउने यहाँ एकथरी मानिसहरू छन् भने आमालाई सधैँ रुन बाध्य पार्ने कपूतहरू पनि त्यतिकै सल्बलाइरहेको देख्दा हामी आक्रोशित हुन पुग्छौँ । दुःखी मात्र होइन, हामी आक्रोशित हुन्छौँ र मनमा विद्रोहको भावना जाग्छ । देशमा सङ्कट आइपर्दा बेलाबखत यही ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पसका विद्यार्थीहरूले भारतीय नाकाबन्दी, लिम्पियाधुरा, लिपुलेक र कालापानीको सवालमा आवाज बुलन्द गरेको, अमेरिकी फौज नेपाली भूमिमा उतार्ने देशघाती एमसीसी सम्झौताको विरोधमा पनि यस कलेजका शिक्षक, विद्यार्थीहरूले आफ्नो तर्फबाट आवाज दिएको सुन्दा र देख्दा हामी अपार खुसीको अनुभव गर्दछौँ । त्यो परम्परा, त्यो संस्कृतिलाई निरन्तरता यस शैक्षिक संस्थाले आगामी दिनमा पनि दिनेछ भनी विश्वास व्यक्त गर्दछु र त्यसका निम्ति पनि यो अत्यन्त पावन अवसरमा शुभकामना दिन चाहन्छु ।
आजका पत्रपत्रिकाहरू यदि तपाईँहरूले पल्टाउनुभएको छ भने, धेरैले पक्कै पनि पढिसकेको हुनुपर्छ, केही दुःखद् खबरहरू छन् ¤ गोरखापत्रको मुखपृष्ठले भन्छ, अहिलेका युवाहरू ई–चुरोट (विद्युतीय चुरोट) को दुव्र्यसनीमा मग्न छन् । नयाँ पुस्ता ई–चुरोटको लतमा छन् भनेर सरकारको मुखपत्र गोरखापत्रको अग्रपृष्ठले बताउँछ । त्यो अत्यन्त दुःखद खबर हो । यो सोचनीय विषय हो । मेरो विनम्र अनुरोध छ, हाम्रा युवा पिँढीहरू, समाजका कुनै पनि युवा सदस्यहरू कुलतमा नफसून्, त्यतातर्फ नलागून्, त्यतातर्फ लागेर जीवन बर्बाद नपारून् ¤ बरु यसरी सङ्गीत, नाचगान, कला, संस्कृति, स्वस्थ मनोरञ्जन, खेलकूद, ज्ञान–विज्ञान, छलफल, बहस, अन्तरक्रियामा हामी अगाडि बढ्न सकेको खण्डमा अघि भनिएझैँ आमा हाँस्नेछिन्, मातृभूमि खुसी हुने छिन् र हाम्रा अभिभावकहरूले पनि हामीप्रति गौरवको अनुभव गर्नुहुनेछ । त्यसकारण हाम्रा विद्यार्थी भाइबहिनीहरूलाई अध्ययन, अनुशासन र सक्रियताका निम्ति हार्दिक अनुरोध गर्दछु । भर्खरैको एउटा ताजा खबर हो । यदि एक हप्ता, एक महिना र एक वर्षको एउटा अखबार पल्टाएको खण्डमा त्यस्ता अत्यन्त दुःखद खबरहरू असङ्ख्य पाउँछौँ । त्यस्ता कुराहरूबाट जोगाउन आजको शिक्षा, आजको संस्कार, आजको संस्कृतिले भूमिका खेल्नैपर्छ । आजको विद्यालय, आजको कक्षाकोठा, आजको खेलमैदान र आजको विद्यालयको प्राङ्गणमा यही कुरामा छलफल, अन्तरक्रिया, बहस हुनुपर्दछ । शिक्षालयका हरेक शिक्षक र प्राध्यापकहरूले यसलाई मनन गरेर अब हामीले नयाँ पुस्तालाई कसरी जोगाउने भन्ने सोचका साथ क्रियाशील हुन आवश्यक छ भन्ने स्मरण गराउन चाहन्छु । दैनिक जीवनको व्यवहारमा सकारात्मक परिवर्तन ल्याएर असल नागरिक तयार गर्नु नै शिक्षाको उद्देश्य हुनुपर्नेबारे गहन छलफल आवश्यक छ ।
आजको अर्को एउटा दैनिकले भन्छ, “एक किशोरद्वारा चार बलात्कृत ¤” तपाईँहरूलाई थाहा छ, भागीरथीको भाग्य कस्तो भयो ? कैलालीको घटना, निर्मला पन्तको बलात्कारपछि नृशंस हत्या, त्यो घटना कति पीडादायी छ ? यी घटनाले एक जना असल कार्यकता, एकजना असल नागरिकको शिर निहु¥याइदिएको छ । यस खालका खबरहरू दैनिकजसो आइरहेका छन् । त्यस्ता खबरहरूका पात्र कसरी नबन्ने ? हाम्रा विद्यार्थीहरूले, हाम्रा युवा पुस्ता, हाम्रा अभिभावक शिक्षकहरू, हाम्रो समाजका हरेक संवेदनशील तथा जिम्मेवार नागरिकहरूले त्यतातर्फ चिन्तन, मनन गर्न र ध्यान पु¥याउन आवश्यक छ । यसबारे यहाँहरू चिन्तनशील हुनुुहुन्छ, चिन्तित हुनुहुन्छ ।
चे ग्वेभारा, ख्वपका हरेक विद्यार्थीहरूका निम्ति यो नाम अनौठो होइन ¤ चे ग्वेभारालाई ल्याटिन अमेरिकाका हिरो, कुशल चिकित्सक, एकजना क्रान्तिकारी नेता र धेरैले एक आदर्शका रूपमा लिने गरेको हामी पाउँछौँ । चे ग्वेभाराले आफ्नी छोरी हिल्डालाई लेखेको एउटा पत्रको अंशको स्मरण यतिखेर भइरहेको छ । विशेषगरी विद्यार्थी–भाइबहिनीहरूका निम्ति त्यसको सानो अंश राख्ने अनुमति चाहन्छु । तपाईँहरूले पढिसक्नुभएको हुनुपर्छ । फेरि एकचोटि यो माइक्रोफोनबाट तपाईँहरूसम्म पु¥याउने प्रयास म गर्दै छु ।
‘Remember that there are still many years of struggle to go, and even when you are a woman you will have to do your part in the struggle. Meanwhile, you have to prepare yourself, be very revolutionary, which at your age means learning a lot,………
धेरैले यहाँ बङ्ग्याएको पाउँछौँ, क्रान्तिकारी भन्नाले ध्वंश मच्चाउने, क्रान्तिकारी भन्नाले टायर बाल्ने, क्रान्तिकारी भन्नाले हुलदङ्गा गर्ने, क्रान्तिकारी भन्नाले नौटङ्की देखाउने, क्रान्तिकारी भन्नाले नाटक देखाउने, तर वास्तविकता ठीकविपरीत हो ! चे ग्वेभारा भन्नुहुन्छ,’learning a lot.’ Revolutionary means learning a lot’. Be a very revolutionary which act your age means learning a lot as much as possible and always being ready to support for just causes.’
एउटा न्यायिक कदमका निम्ति, न्यायिक कर्मका निम्ति, आफ्नो मातृभूमिका निम्ति, आफ्ना देशवासीका निम्ति, आफ्नो स्वाभिमानका निम्ति, देशको सम्प्रभुता जोगाउनका निम्ति जुनसुकै कदम चाल्न, अघि सर्न, अगुवाइ गर्नका निम्ति उहाँले आफ्नी छोरीलाई सम्बोधन गर्दै विश्वका नयाँ पिँढीलाई आह्वान गर्नुभएको अनुभूत हुन्छ । चिठी केवल हिल्डालाई लेखिएको होइन बरु हामी छोराछोरी र नयाँ पिँढीका लागि लेखिएको हो । यसरी हामीले आत्मसात् गर्न सकेको खण्डमा अझ बढी अर्थपूर्ण हुनेछ । चिठीमा अगाडि लेखिएको छ–’You must fight to be one of the best in the school.’ हेर्नुस् त, विद्यालय तथा कलेजमा अत्यन्त प्रतिस्पर्धी बन्न, उत्कृष्टता हासिल गर्नका लागि चेग्वेभाराले धेरै वर्षअघि नै आह्वान गर्नुभएको थियो । यसरी चिठीमार्पmत नयाँ पुस्तालाई उहाँले उत्साहित गर्नुभएको, मार्गनिर्देश गर्नुभएको हामी पाउँछौँ । त्यसैगरी ‘Better in every way.’ हरेक दृष्टिकोणले हेर्दा तपाईँ एकजना योग्य, तपाईँ एकजना सक्षम, तपाईँ एकजना जिम्मेवार वा तपाईँ एकजना सफल नागरिकको रूपमा अगाडि बढ्नका निम्ति उहाँले आग्रह गर्नुभएको छ । त्यसैगरी अध्ययन गर्ने र साथसाथै आमूल परिवर्तनका निम्ति योगदान दिने । क्रान्ति भन्नाले आमूल परिवर्तन । हाम्रो जीवनमा आमूल परिवर्तन, हाम्रो समाजमा आमूल परिवर्तन, अँध्यारो ठाउँबाट उज्यालोतर्पm । त्यसका निम्ति अगाडि बढ्नलाई उहाँले भन्नुभएको छ –’Study and revolutionary activity, that is to say good conduct.’ विद्यार्थीहरूले यसलाई आत्मसात् गर्नुहुनेछ । क्रान्तिकारी बन्नु भनेको असल व्यवहार, सद्व्यवहार, असल चरित्र र शिष्टाचारसहितको मानिस बन्नु हो । अहिलेको चुनौती भनेको नयाँ पुस्तामा गम्भीरताको अभाव हो ! उमेर सुहाउँदो गम्भीरताको अभाव ! आजकल हाम्रा शिक्षकहरू यो समस्या अझ बढी अनुभव गर्दै हुनुहुन्छ ! विद्यार्थीहरूलाई गम्भीरतापूर्वक आफ्नो अध्ययनमा, आफ्नो क्षेत्रमा, आफ्नो जिम्मेवारीमा अगाडि बढ्नलाई यो चिठ्ठीले पनि उत्प्रेरित गर्दछ । त्यसैगरी अगाडि बढौँ । त्यसैगरी चे जोड दिनुहुन्छ,’Love of the Revolution.’ क्रान्तिप्रति अगाढ स्नेह, माया र त्यसका लागि मरिमेट्ने, त्यो उज्यालो बाटोमा अगाडि बढ्ने । त्यसैगरी ‘Companionship’। त्यसो भन्नाले मित्रताका निम्ति, आत्मीय व्यवहारको लागि तयार हुने ।
अहिले हाम्रो समाजमा जेजति हामी चुनौतीहरू देख्दै छौँ, यहाँ अघि पनि उल्लेख भइसकेको छ, राजनीतिमा नैतिकताको खडेरी, देशमा वास्तविक देशभक्तको खडेरी छ, तल्लो वर्गका मानिसहरूका सच्चा सेवकको अभाव छ ! एक हिसाबले त्यसलाई निमिट्यान्न पार्नका निम्ति हामी क्रियाशील छौँ, त्यसमा कुनै शङ्का छैन । हामी दृढ छौँ । तर, देशका शासकहरूमा जुन नैतिकताको अभाव छ, देशभक्तिको जुन अभाव छ ती सम्पूर्णबाट नकारात्मकताबाट पाठ सिकेर, त्यो यथार्थलाई अगाडि राखेर हामीले आफ्नो कर्तव्य, हामीले आफ्नो जिम्मेवारी बहन गर्ने प्रण ग¥यौँ भने हाम्रो देशमा सधैँ यसरी गोलमाल, सधैँ यसरी गञ्जागोल, सधैँ यसरी अलमल, सधैँ अस्थिरता तथा अनिश्चय कायम रहने छैन । एकदिन यी विसङ्गतिको अन्त्य भई एउटा सुन्दर देश निर्माण हुनेछ । एउटा नयाँ समाजको उदय हुनेछ । त्यस बाटोमा हामी सबै एक मनले अगाडि बढौँ ! यो वार्षिकोत्सव कार्यक्रमको डबुमा सम्पूर्णसमक्ष यही भावना राख्दै म बिदा हुन्छु ।
(फागुन १४ गते सम्पन्न वार्षिकोत्सव कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *