सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काठमाडौँ, २० फागुन । विश्व मोटोपना महासङ्घ नामको संस्थाले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले आधा वा आधाभन्दा बढी जनतामा मोटोपनाको समस्या भएको देशमा कोभिड–१९ को कारण मर्नेको दर दश गुणाले बढी भएको बताएको छ ।
प्रतिवेदनमा भनिएको छ, “मोटो मान्छेलाई कोभिड–१९ को सङ्क्रमणपछि त्यो जटिल बन्ने सम्भावना बढ्दा हुन्छ । मोटो मान्छेलाई कोभिड–१९ सङ्क्रमण भइसकेपछि अस्पताल भर्ना हुुनुपर्ने, सघन उपचार र मेकानिकल भेन्टिलेसनमा राख्नुपर्ने जोखिम बढ्नुका साथै जीवन गुमाउने सम्भावना पनि बढी हुने गर्छ ।”
अनुसन्धानकर्ताहरूले कुल जनसङ्ख्याको चालीस प्रतिशतभन्दा कम मोटोपना भएका मानिसहरू भएको देशमा कोरोनाको कारण मर्नेको सङ्ख्या न्यून भएको तर संरा अमेरिका, बेलायत, इटालीजस्ता ५० प्रतिशतभन्दा बढी मोटोपना भएका मानिसहरू बस्ने देशमा मृत्यु दर बढी रहेको बताएका छन् ।
“मोटोपना हुनु भनेको अस्वस्थ हुनु हो र महामारी उनीहरूलाई नै कुरिरहेका हुन्छन्”, प्रतिवेदनमा लेखिएको छ ।
प्रतिवेदनअनुसार बेलायतमा कोभिड–१९ को कारण निकै गम्भीर बिरामी भएका १० हजार ४६५ जना बिरामीमध्ये ७३.७ प्रतिशतमा मोटोपनाको समस्या भएको देखिएको छ ।
तर, मोटो मानिसहरू कम भएको देश भियतनाममा भने संसारकै दोस्रो सबभन्दा कम कोभिड–१९ को कारण मानिसको निधन भएको थियो ।
मोटोपना मापन गर्ने बडी मास इन्डेक्स (बीएमआई) ३० देखि ३४ भएका मानिसको तुलनामा बीएमआई ३० भन्दा कम भएका ६० वर्षभन्दा कम उमेरका मानिस सघन उपचार कक्षमा भर्ना हुुनुपर्ने सम्भावना दोब्बर भएको अध्ययनले देखाएको छ ।
“यदि मोटोपनाको प्रमुख जोखिमलाई कम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा दबाब निकै कम हुने र स्वास्थ्य केन्द्रहरूमाथि समाल्न गा¥हो अवस्था अन्त्य हुनेछ”, प्रतिवेदनले भनेको छ ।
गत महिना संरा अमेरिकामा मोटोपनाको दरसम्बन्धी गरेको एक सर्वेक्षणअनुसार सन् २०१५–१६ को तुलनामा मोटोपना भएका मानिसहरूको सङ्ख्या दुई प्रतिशतले बढेर ४२ प्रतिशत पुगेको छ ।
Leave a Reply