भर्खरै :

विदेशी सञ्चारमाध्यमहरूले चीनलाई घृणा गरेका हुन् कि ?

स्थानीय समय अनुसार, मार्च ४ तारिखका दिन बेलायती द गार्जियन समाचारपत्रले बीबीसीको नक्कली समाचारको समर्थन गरेको छ । विदेशी इन्टरनेट प्रयोगकर्ताले विश्वासै नगरी आ–आफ्नो विचार व्यक्त गरेका छन् ।
‘विदेशी सञ्चारमाध्यमले चीनलाई घृणा गरेको छ ?’
चीनका लागि बेलायती राजदूत रोलान्ड विल्सनले मार्च २ तारिखका दिन चिनियाँ सामाजिक सञ्चारमाध्यममा यस्तो प्रश्न सोध्नुभयो । यस प्रश्नको जवाफ दिँदै चिनियाँ नेटिजनले डुरून्तै उत्तर दिएका छन् कि सबैभन्दा शक्तिशाली उत्तर सत्यतथ्य नै हो ।
साथै बीबीसी तथा बेलायतका अन्य सञ्चारमाध्यमले पटक–पटक गरी नयाँ नयाँ नक्कली समाचारहरू बनाइरहेका छन् ।
मार्च २ तारिख बेलुकी, प्रसिद्ध बीबीसी नक्कली समाचार उत्पादक ‘चीनको लागि रिपोर्टर’ शा लैले केही वर्षअघि सीसीटीभीका पत्रकारले सिन्च्याङको गरिब क्षेत्रबाट बाहिर काम गर्न गएका महिला युवतीमाथि गरिएको सर्भेक्षण रिपोर्टको अघिल्लो भागलाई फेरि सम्पादन गरेर आफ्नो व्याख्या थपेका थिए । यसै आधारमा चीन सरकारले सिन्च्याङवासीहरूमाथि बाध्यात्मक श्रम तथा बसाइँसराइको प्रमाण भएको देखाइएको छ । चाइना मिडिया ग्रुपका पत्रकारलगायत चिनियाँ सञ्चारमाध्यमहरूले त्यो विषय नक्कली भएको दाबी गरेपछि बेलायती द गार्जियन समाचारपत्रले लामो लेख प्रकाशित गर्दै ‘चिनियाँ कम्युनिस्ट पार्टीले बीबीसीको विश्वसनीयतामाथि प्रहार गरिरहेको कुरा थिङ्कट्याङ्कले फेला पारेको’ उल्लेख गर्यो ।
बीबीसीको लेखमा उल्लेखित थिङ्कट्याङ्क तथा विद्वानहरू अस्ट्रेलियास्थित चीनविरोधी एएसपीआई संस्था हो । बीबीसीजस्तै त्यस थिङ्कट्याङ्कले पश्चिमी मुलुकका सञ्चारमाध्यमलाई चीनविरोधी नक्कली सूचनाको लडाइँमा योजना र विचार प्रदान गर्ने संस्था हो र लामो समयसम्म अमेरिका तथा अस्ट्रेलिया सरकार तथा सेनाबाट आर्थिक सहायता पाइरहेको पनि छ ।
सो लेख सामाजिक सञ्जालमा राखिएपछि लगभग २०० वटा शेयर र अधिकांश कमेन्ट चीन सरकारको समर्थनमा देखिन्छन् । बेलायती दर्शकहरूले आफ्नो अनुभवबाटै चीनका लागि बेलायती राजदूतको प्रश्नको जवाफ दिएका छन् ।
इन्टरनेट प्रयोगकर्ता जेम्सले यसरी भने, “अचम्मलाग्दो बीबीसीले चीनको सत्तारूढ पार्टीमाथि हिलो छ्यापिरहेको दर्जनौँ वर्ष भइसकेको छ । बाल्यकालमा इन्टरनेट नभएको बेला मैले हरेक दिन बीबीसी च्यानल–४ सुन्ने गर्दथेँ । त्यतिबेला मेरो सोचाइ यस्तो थियो कि जन्मने बित्तिकै चिनियाँहरूको हातमा ऋण हुन्छ र जीवनभरि ऋणबाट मुक्ति पाउन नसकेपछि अर्को पुस्तामा सारिन्छ ।
अर्का इन्टरनेट प्रयोगकर्ता जोनाथन यसरी भन्छन्, “अफसोस् ¤ चीनसम्बन्धी बीबीसीको रिपोर्ट अपमानजनक छ । बेलायती कूटनीतिज्ञको निर्देशनमा लेखिएको हुनसक्ने सम्भावना छ । उनीहरूको स्रोत भरपर्दो देखिँदैन ।”
बीबीसीको पैसा बेलायती दर्शकहरूबाट तिरिएको कर हो । करको प्रयोग गरेर नक्कली समाचार बनाएको रिपोर्ट बेलायती सञ्चारमाध्यमले वास्ता गर्दैनन् र ?
चिनियाँहरूले बेलायती राजदूतसँग पनि एक प्रश्न सोध्छन्, “केही विदेशी सञ्चारमाध्यमहरूले चीनलाई घृणा गरेका छन् कि ? जवाफ दिनुहोला ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *