जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
नीलबाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड बोडेले सातदिने आधारभूत उद्घोषण तालिम सम्पन्न गरेको छ ।
बिहीबार आयोजित समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले जीवनलाई सङ्घर्षको रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले सामन्तवादी विचार तथा संस्कृतिको विरोधमा सङ्घर्ष नगरी समाजमा देखिएका जातीय तथा लैङ्गिक विभेदको अन्त नहुने तर्क राख्नुभयो । उहाँले भाषा सञ्चारको माध्यम हुनुका साथै व्यक्तित्वसँग पनि जोडिएको हुनाले भाषिक शुद्धतामा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा ख्वप माविका प्रधानाध्यापक प्रकाशकुमार श्रेष्ठले डरको कारण नै अज्ञानता भएकोले उद्घोषक बन्न आफ्नो अध्ययनको गहिराइलाई फराकिलो पार्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
आयोजक सहकारीका सचिव केदार खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लोटस इन्नोभेटिभ स्कूलकी प्रिन्सिपल सुनिता थापाश्रेष्ठ, उद्घोषण तालिमका प्रशिक्षक हरिसुन्दर पोतामाहाँ, कार्यक्रम संयोजक अम्बर दलीश्रेष्ठ, प्रशिक्षार्थीहरू दीक्षा बाडे, सूर्यलक्ष्मी पुवा, प्रिष्मा श्रेष्ठलगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply