सीको स्वागतमा ट्रम्पको राजकीय रात्रिभोज
- आश्विन ९, २०८३
भक्तपुर, २२ फागुन । भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा भक्तपुर नगरपालिकाको मासिक पत्रिका ‘भक्तपुर’ बारे स्थानीय शिक्षक तथा बुद्धिजीवीमाझ अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाका गतिविधि पारदर्शी ढङ्गले जनतामाझ प्रस्तुत गर्न पत्रिकाको प्रकाशनमा जोड दिइरहेको बताउनुभयो ।
नगरपालिकाको प्रकाशनमा भक्तपुरको कला, संस्कृति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखहरूबारे लेख तथा रचनाहरू समावेश गरिएको भन्दै प्रमुख प्रजापतिले समाजलाई सही दिशातर्फ डो¥याउन ‘भक्तपुर’ मासिकले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।
उहाँले पत्रिकामा प्रकाशित लेख तथा रचनाबारे पाठकहरूको रचनात्मक आलोचना र सुझावको आवश्यकता रहेको बताउँदै पठन संस्कृतिको विकासको निम्ति विभिन्न पुस्तकहरूबारे अन्तरक्रिया कार्यक्रमहरू गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले वडाको विकास निर्माणका गतिविधिबारे जानकारी दिँदै भक्तपुर मासिकको नियमित अध्ययन गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवालले कोभिड महामारीमा पनि भक्तपुर नपाको मासिक र पाक्षिक प्रकाशन भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्थानीय बुद्धिजीवीहरू महेन्द्रप्रसाद मास्के, सिद्धिरत्न शाक्य, चन्द्रभक्त भुजु, रमेश त्वायना, तुल्सीराम धुख्वा, राजु अवाल र अनिल न्यौपानेले ‘भक्तपुर’ मासिक पत्रिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडा सदस्य कृष्णगोपाल चौगुठीले पनि बोल्नुभएको थियो ।
Leave a Reply