अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
लिमा, ६ मार्च । दक्षिण अमेरिकी मुलुक पेरूमा हजारौँ गरिब तथा प्रायः आदिवासी महिलाहरूले आफूहरूलाई तत्कालीन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार नियोजन गर्न बाध्य बनाएको भनी परेको मुद्दाको शनिबार अदालती प्रक्रिया सुरू भएको छ ।
अन्यायमा परेको बताउँदै न्यायका लागि बीस वर्षदेखि आवाज उठाउँदै आएका ती गरिब आदिवासी समुदायका महिलाले लामो समयपछि अदालतमा सुनुवाइ सुरू भएपछि न्याय पाउने आशा पलाएको बताएका हुन् ।
पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजीमोरीले २० वर्ष पहिले गरेको निर्णयका कारण आफूहरू बाँझोपनको शिकार बन्नु परेको दावी गर्दै निर्णयकोे विरूद्धमा गरिएको कार्यक्रमका सहभागी महिलाहरूले लामो पर्खाइपछि न्याय पाउने बताएका हुन् ।
कार्यक्रमका सहभागी तथा एक पीडित ग्लोरिया बासिलियो होयमानले बताए, “हामी न्यायको लागि २० वर्षभन्दा बढी पर्खाइमा रह्यौँ । म चाहन्छु कि उनीहरूले हामीलाई पहिचान गरून् र बलपूर्वक परिवार नियोजनका लागि गरेको कार्यका लागि सबै महिलासँग माफी मागुन् ।”
उनले भने, “फुजिमोरीको कार्यकालको अन्त्यतिर भएको निर्देशनबमोजिम म २७ वर्षको हुँदा परिवार नियोजन कार्यक्रमअन्तर्गत मेरो र मजस्ता हजारौँ महिलाहरूलाई झुक्याएर प्रजनन् नलीलाई बाँधेर निःसन्तान पार्ने काम भएको थियो । यो कार्यक्रम स्वेच्छिक हुनुपथ्र्याे । तर हजारौँ महिलालाई तर्साएर दबाबमा पारेर बन्ध्याकरण गराइएको थियो ।”
पेरूको एक अदालतले सन् १९९० देखि सन् २००० सम्म पेरूको राष्ट्रपति रहेका ८२ वर्षीय फुजिमोरीलाई विपक्षी बनाएर परेको मुद्दामाथि सोमबारदेखि सुनुवाइ चलाएको छ । जबरजस्ती भनिएको प्रायः आदिवासी सहभागी उक्त बन्ध्याकरण कार्यक्रममा दुई लाख ७० हजार महिलालाई सामेल गराइएको थियो ।
हाल ४८ वसन्त पार गरेकी बासिलियोले भने, “म अधिकारीहरूलाई न्याय दिनका लागि आग्रह गर्छु । हामी पेरूका जनता हौँ र हाम्रो आर्थिक स्थिति कमजोर छ तर हामी गरिब होइनौँ ।”
उनी स्पेनिसमा हुने अदालतको सुनुवाइको अनुवाद गर्न उनको एक अनुवादक प्रयोग गर्ने गर्नुभएको छ ।
पेरूमा महिलाको अधिकारलाई सहयोग गर्ने गैरसरकारी संस्थाले सहयोग गरेको न्यायका लागि गरिएको अभियानमा करिब दुई हजार महिलाहरू जोडिइसकेका छन् । अभियानका कारण अहिले मुद्दा अदालतमा सुनुवाइको प्रक्रियामा पुगेकोे छ ।
सरकारी तथ्याङ्क अनुसार उक्त बन्ध्याकरण शल्यक्रियाका कारण १८ महिलाले ज्यानसमेत गुमाएका थिए ।
फुजीमोरी र उनका तीन पूर्वस्वास्थ्य मन्त्रीहरूसहित सहयोगी प्रतिवादीहरूले जनताको जीवन र प्रजनन स्वास्थ्यसँग खेलवाड गरेको र यसबाट त्यो समूहमा परेको क्षतिको कुनै ख्याल नगरेको अभियोजक पाब्लो एस्पिनोजाले बताए ।
यसै अभियानलाई सहयोग गर्दै अदालतमा मुद्दा हाल्ने एस्पिनोजा पहिलो वकिल थिए ।
फुजीमोरी र उहाँका सहयोगी प्रतिवादीहरूलाई ‘जीवन र स्वास्थ्यमा क्षति पु¥याउने अप्रत्यक्ष अपराध, गम्भीर चोटपटक र गम्भीर मानव अधिकार उल्लङ्घन’ आरोप लगाइएको छ ।
बन्ध्याकरण गरेका केही महिलाहरूलाई परम्परागत माचो संस्कृति भएको देशमा उनीहरूका साझेदारहरूले उनीहरूलाई भिन्न (घृणा) को दृष्टिले हेर्ने गरेका छन् ।
“यो भएकोले म धेरै निराश हुन थालेको थिएँ । मेरो साथीले मलाई भने कि कसैले पनि मलाई खोज्नेछैन किनकि म एउटी महिला हुँ जसले मेरो कुनै बच्चा नभएकोले मेरो सेवा गर्दिन । उनले मलाई त्यागिन्”, ४८ वर्षीया न्यान्सी सान्चेज गुरेरोले बताए ।
“यदि उनीहरू नशाबन्दी गर्न चाहन्छन् भने उनीहरूले हामीलाई सोध्नुपर्ने थियो, हामीलाई कुरा बुझाइदिनुपर्ने थियो र हरेक व्यक्तिले उसको निर्णय लिनुपथ्र्याे ।”
सान्चेजले भन्नुभयो, “फुजीमोरीले हामीसामु सार्वजनिक रूपमा माफी माग्नुपर्छ । उहाँ र उहाँका मन्त्रीहरूले यो बुझ्नुपर्छ कि उनीहरूले हामीमाथि अन्याय गरेको छ, हामी मानव हौंँ,” सान्चेजले थप्नुभयो ।
पूर्वराष्ट्रपति फुजिमोरीले अहिले मानवताविरूद्धको अपराधको लागि २५ वर्षको जेल सजाय पाउँदै आउनुभएको छ तर उहाँले कहिल्यै उक्त बन्ध्याकरण अभियानको लागि माफी माग्नुभएको छैन ।
Leave a Reply