अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
चीनको गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोह फेब्रुअरी २५ मा पेइचिङमा आयोजना भएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहमा सम्बोधन गर्दै घोषणा गर्नुभयो– चिनियाँ कम्युनिस्ट पार्टी र सबै जातीय समूहका जनताको संयुक्त प्रयासबाट चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १०० औँ वार्षिकोत्सवको महत्वपूर्ण क्षणमा चीनको गरिबी उन्मूलनले एक व्यापक जीत हासिल गरेको छ । चीनले गरिबी निवारण कार्य संयुक्त राष्ट्र सङ्घको सन् २०३० दिगो विकास कार्यक्रमको निश्चित लक्ष्त्न्दा १० वर्षअगाडि नै पूरा गरेको छ ।
पहिले चीन सबैभन्दा धेरै गरिब जनसङ्ख्या भएको मुलुक थियो ।
सन् १९७८ मा ग्रामीण क्षेत्रमा प्रत्येक व्यक्तिको वार्षिक आम्दानी एक सय युआनको गरिब मापदण्डअनुसार २५ करोड चिनियाँहरूको आम्दानी उक्त मापदण्डभन्दा कम थियो । सन् २००८ चिनियाँ गरिबीको मापदण्ड प्रत्येक व्यक्तिको वार्षिक आम्दानी १ हजार १ सय ९६ युआनसम्म बढेको थियो । यो मापदण्ड सन् १९७८ को तुलनामा ११ गुणाको वृद्धि भएको थियो । साथै गरिबको सङ्ख्या ४ करोड ७० हजारले घटेको थियो । सन् २०२० मा चिनियाँ ग्रामीण क्षेत्रमा सबै गरिबहरू गरिबीबाट मुक्त भएका छन् ।
विश्वमा कुनै पनि देशले यति छोटो समयमा यति धेरै जनसङ्ख्यालाई गरिबीबाट मुक्त गराउन सकेको छैन । चीनले यस्तो ठूलो उपलब्धि हासिल गर्नुका केही कारणहरू छन् ।
मुख्य कुरा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व हो । चिनियाँ कम्युनिस्ट पार्टी जनताको विकासलाई नेतृत्व गर्ने सबैभन्दा भरपर्दो नेतृत्व बल हो भन्ने कुरा राष्ट्राध्यक्ष सीले बताउनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले सधैँ गरिबी निवारणलाई देशको शासनको महत्वपूर्ण ठाउँमा राखेको छ । पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरिबीविरूद्धको लडाईं गर्न थालेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका पुस्तापुस्तै सदस्यहरूले एकपछि अर्को गरी जनताको नेतृत्व गर्दै चीनमा सबभन्दा नयाँ र सुन्दर चित्र कोरिरहेका छन् । गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोहमा राष्ट्राध्यक्ष सीले भन्नुभयो, “चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ महाधिवेशनपछि चीनले मानव जातिको इतिहासमा सबैभन्दा ठूलो परिधि तथा सशक्तरूपमा गरिबी निवारण कार्यक्रम चलाएको छ । ८ वर्षमा ८३२ वटा जिल्लाहरू र १ लाख २८ हजार गरिब गाउँबाट लगभग १० करोड गरिब जनता गरिबीमुक्त भएका छन् ।
विश्वमा कुनै पनि देशले यति छोटो समयमा यति धेरै जनसङ्ख्यालाई गरिबीबाट मुक्त गराउन सकेको छैन । चीनले यस्तो ठूलो उपलब्धि हासिल गर्नुका केही कारणहरू छन् ।
मुख्य कुरा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व हो । चिनियाँ कम्युनिस्ट पार्टी जनताको विकासलाई नेतृत्व गर्ने सबैभन्दा भरपर्दो नेतृत्व बल हो भन्ने कुरा राष्ट्राध्यक्ष सीले बताउनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले सधैँ गरिबी निवारणलाई देशको शासनको महत्वपूर्ण ठाउँमा राखेको छ । पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरिबीविरूद्धको लडाईं गर्न थालेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका पुस्तापुस्तै सदस्यहरूले एकपछि अर्को गरी जनताको नेतृत्व गर्दै चीनमा सबभन्दा नयाँ र सुन्दर चित्र कोरिरहेका छन् ।
सन् २०२० को अन्त्यमा चीन ऐतिहासिकरूपमा गरिबीबाट सम्पूर्णरूपमा मुक्त भयो । चीनको हजारौँ वर्षको सपना साकार भयो र चिनियाँ जनताका लागि चिनियाँ कम्युनिस्ट पार्टीले दिएको प्रतिबद्धता व्यवहारमा उतारिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको एक सयौँ वार्षिकोत्सवको अवसरमा जनतालाई दिएको यो ठूलो उपहार पनि हो ।
राष्ट्राध्यक्ष सीले भन्नुभएजस्तै विपन्नता समाजवाद होइन । गरिबी मुक्ति चीनको अन्तिम लक्ष्य पनि होइन, साझा समृद्धि चिनियाँ जनताको उद्देश्य हो । चिनियाँ कम्युनिस्ट पार्टीको उचित नेतृत्वमा चिनियाँ जनताले अझ बढी चमत्कार सिर्जना गर्नेछन् ।
सीआरआई
Leave a Reply