अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस श्रमजीवी गरिब वर्गका महिलाहरूले सङ्घर्षबाट आंशिक अधिकार प्राप्त गरेको विशेष ऐतिहासिक दिन हो । यस दिनमा संसारका अधिकांश देशहरूमा विभिन्न गतिविधि भइरहेका छन् । नेपाल सरकारले पनि यस दिन सार्वजनिक बिदा दिँदै आएको छ । तर, यसको उपयोगिता कमजोर पार्दै छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई पुँजीवादी विचार बोकेका महिलाहरूले नारी दिवस अथवा महिला दिवसको रूपमा मनाउने गरेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय श्रमिक दिवसको ऐतिहासिकताबारे भ्रम छर्दै नारी दिवस मनाइरहेका छन् । तर, नेमकिपाको महिला सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घले स्थापनाकालदेखि नै पुँजीवादी व्यवस्थाको विकृतिविरुद्ध व्यापक कामदार वर्गका महिलाहरूलाई राजनीतिकरूपमा शिक्षित पार्दै आएको छ ।
सर्वहारा वर्गका महान नेता कार्ल माक्र्सको भनाइलाई स्मरण गर्न सान्दर्भिक लाग्यो । उहाँ महिला मुक्तिको सन्दर्भमा आफ्नो धारणा राख्दै भन्नुहुन्छ, “महिला वर्गीय र लैङ्गिक शोषण, दमन एवम् अत्याचारमा परेका छन् र उनको साङ्गोपाङ्गो मुक्तिको निम्ति सबभन्दा पहिले वर्गीय मुक्तिको प्रश्न हल हुन जरुरी छ ।”
विश्वको श्रमिक महिला दिवसको सन्दर्भमा चर्चा गर्न कलम चलाइरहँदा भुल्नै नहुने कुरा महिलाको समस्या महिलाकै मात्र होइन, यो मानव समाजको विकाससँगै जोडिएको विषय हुँदा सबैको चासो रहनु त्यत्तिकै स्वाभाविक छ ।
मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वका श्रमजीवी महिलाहरूको सङ्घर्षले स्थापित गरेको दिन भएकोले यसको ऐतिहासिक महत्व छ । सङ्घर्ष र अधिकार प्राप्तिको ऐतिहासिक दिन हो मार्च ८ ।
जहाँ शोषण हुन्छ, त्यहाँ सङ्घर्ष हुन्छ, जहाँ दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ भनेझँै मानव समाजको उत्पत्तिसँगै विकास भएको पुँजीवादी समाज व्यवस्था र पितृसत्तात्मक विभेदविरुद्ध महिलाहरूले इतिहासदेखि सङ्घर्ष गर्दै आएका छन् ।
पन्ध्राँै–सोह्रौँ शताब्दीमा पश्चिम युरोपका देशहरूमा पुँजीवादी व्यवस्था विस्तार हुनथाल्यो । अठारौँ शताब्दीमा पुग्दा बेलायतको औद्योगिक क्रान्तिको सफलतासँगै उद्योगधन्दा र पुँजीको विकासमा तीव्रता आएको थियो । विश्वभर नै फैलिएको पुँजीवादको लहरसँगै महिलाहरू घरबाहिर निस्किएर पुरुषसरह कारखानामा काम गर्न जान थाले । सामन्तवादबाटै पुँजीवादको जन्म हुन्छ । पुँजीवादको उत्पादन र वितरण प्रणालीले शोषणका नयाँ रूपहरू स्थापित ग¥यो ।
संसारका धेरै देशहरूमा महिलाहरू १८ घण्टासम्म श्रम गर्थे, पसिना बगाउँथे । तर, ज्याला असमान हुन्थ्यो । महिलाहरूले घरभित्र र घरबाहिर दोहोरो काम गर्नुपर्ने अवस्था सिर्जना भयो । ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम, समान ज्याला, मातृृृशिशुको सुरक्षा र मताधिकारलगायतका मागसहित ¥याली र सभा आयोजना भए । सन् १९०७ मार्च ८ मा जर्मनीको स्टुडगार्डमा समाजवादी महिलाहरूले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गरेका थिए । उक्त सम्मेलनबाट क्लारा जेटिकनको नेतृत्वमा ‘श्रमिक महिला सङ्गठन’ नामक सङ्घ गठन भएको थियो । सन् १९०८ मा महिलामाथिको दमन, १८ घण्टा काम गर्नुपर्ने बाध्यात्मक अवस्था र असमानताजस्ता विषयलाई लिएर अमेरिकाको सिकागो सहरमा कपडा कारखानामा काम गर्ने श्रमिक महिलाहरूले जेटकिनको नेतृत्वमा जुलुस निकाले । सन् १९०९ मार्च ८ को दिन आन्दोलन उत्कर्षमा पुग्यो । यही आन्दोलनको बलमा महिलाहरूलाई सीमित अधिकार दिने घोषणा गरियो ।
त्यसै समयमा संयुक्त राज्य अमेरिकाको समाजवादी पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो । उक्त पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ को दिन महिला दिवस मनायो । यसपछि यो फेबु्रअरीको अन्तिम आइतबारको दिन मनाउन थालियो ।
सन् १९१० मा डेनमार्क कोपनहेगनमा महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भयो । क्लारा जेटकिन, रोजा लक्जेम्बर्गलगायतकोे समाजवादी चिन्तन बोकेका महिलाहरूको अगुवाइमा भएको उक्त सम्मेलनमा १७ देशका १०० जनाभन्दा बढी महिलाहरू प्रतिनिधिका रुपमा सहभागी थिए । सर्वहारा अन्तर्राष्ट्रवादको भावनाअनुसार विश्वभरका श्रमजीवी महिलामाथिको शोषण र दमनको विरोधको आवाजलाई बुलन्द गर्न थप बल पुग्ने उद्देश्य सम्मेलनको थियो । सोही सम्मेलनले श्रमिक महिलामाथि भएको विभेदको अन्त्य, महिलाहरूको मताधिकार र महिलामाथि गरिने सम्पूर्ण खालको हिंसाको अन्त्यजस्ता मुद्दाहरू अगाडि सारेको थियो । उक्त सम्मेलनमा नै जर्मनीकी माक्र्सवादी विचारक महिला नेतृ क्लारा जेटकिनले सन् १९१० मा कोपेनहेगनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने प्रस्ताव गरेकी थिइन् र सोही सम्मेलनले यस प्रस्तावलाई पारित ग¥यो । यस दिनलाई महिला हक र अधिकारको ऐतिहासिक उपलब्धिहरू प्राप्त भएको दिनको रूपमा लिइएको छ ।
त्यस समयमा अधिकांश देशहरूमा महिलाहरूलाई मत दिने अधिकारबाट वञ्चित गरिएको थियो । सन् १९१७ मा रसियाका महिलाहरूले महिला दिवसमा गाँस र कपासको लागि हड्ताल गरे । यो हड्ताल ऐतिहासिक थियो । रुसी समाजवादी विचार बोकेकी महिला नेतृ अलेक्जान्द्रा कोलोन्ताइले रुसमा समाजवादी क्रान्तिको निम्ति खेलेको भूमिका निकै महत्वपूर्ण थियो । जारशाहीविरुद्धको सङ्घर्षले जारले सत्ता छोड्न बाध्य भयो र अन्तरिम सरकारले महिलाहरूलाई मत दिने अधिकार दियो ।
निश्चितरूपमा ८ मार्च श्रमिक वर्गका महिलाको हक अधिकार प्राप्तिसँग जोडिएको वर्गीय आन्दोलनको एक महत्वपूर्ण हिस्सा हो । यो शोषण र उत्पीडनको विरुद्ध छेडिएको राजनीतिक आन्दोलन हो । त्यसैले हामी यस दिनलाई महत्वपूर्ण श्रमजीवी सर्वहारा वर्गका महिलाको राजनीतिक चेतना स्तर उठाउने, प्रशिक्षण दिने र आफ्ना माग राख्दै कामदार वर्गका महिलाहरूलाई पुँजीवादविरुद्ध सङ्घर्ष गर्ने र क्रान्तिकारी महिलाहरूको सङ्गठन निर्माण गर्ने मञ्चको रूपमा उपयोग गर्दै आएका छौँ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको चर्चा चलिरहँदा विश्व महिला आन्दोलनको सङ्घर्ष हामीले स्मरण गर्नैपर्छ । संसारमा औद्योगिक क्रान्ति र पुँजीवादको विकासपछि पुँजीपति वर्गको विरोधमा मजदुर विद्रोह र आन्दोलनहरू भए । त्यसको उदाहरणको रुपमा बेलायतको मागपत्रको आन्दोलन, पेरिसको कम्युन विद्रोह, संरा अमेरिकाको मई दिवसको आन्दोलन, फ्रान्सको लियोन मजदुर विद्रोह र जर्मनीको सिसिली जुलाहाहरूको आन्दोलन आदिमा कामदार वर्गका महिलाहरूले महत्वपूर्ण योगदान गरे ।
हरेक देशको स्वतन्त्रता सङ्ग्राम, मुक्ति सङ्घर्ष र प्रजातान्त्रिक आन्दोलनमा पनि महिलाहरूको महत्वपूर्ण योगदानको उदाहरण नेपाली महिलाहरूको निम्ति गतिलो शिक्षा हुनेछ । यसकारण महिलाहरू राज्य संरचनामा समानुपातिक प्रतिनिधित्वका साथै राजनैतिक गतिविधिमा पनि सक्रिय हुन आवश्यक छ ।
पुँजीवादी व्यवस्थामा महिला भएकै कारण काम नपाउने र पाएको कामबाट हात धुनुपर्ने अवस्था छ । निजी क्षेत्रमा काम गर्ने महिला सुत्केरी भएको बेला कामबाट निकालिन्छन् । महिलालाई विशेष सुविधा दिनुपर्ला भनेर कतिपय उद्योगपति र व्यापारीहरू नाफाको लागि जे पनि गर्न तयार हुने भएकाले उनीहरू महिलालाई सस्तो ज्यालामा काम लगाउँछन् । विडम्बना ¤ रोजगारी खोसिने डरले धेरै महिलाहरू जस्तोसुकै अन्यायमा परे पनि सहेर बस्ने काम गरिरहेका हुन्छन् । पुँजीवादी व्यवस्था भनेको पुँजीपति वर्गको हित गर्ने व्यवस्था भएको हुँदा शोषकहरूलाई कुनै कारबाही हुँदैन । किनभने, पुँजीवादी व्यवस्थामा सबै ऐन कानुन पुँजीपति वर्गकै पक्षमा बनेको हुन्छ ।
पुँजीवादी व्यवस्थामा एक दुई जना महिला राज्यको माथिल्लो अङ्गमा पुग्नु मुख्य कुरा होइन । नेपालमा पनि मुट्ठीभर महिलाहरू राज्यको उपल्लो निकाय राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीससमेत बनेका छन् । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालगायत सङ्घदेखि स्थानीय तहसम्मका कुनै न कुनै संरचनामा महिलाहरूको उपस्थिति छ । तर, उनीहरूले महिलाको हितमा के कस्ता कार्यहरू गरे ? के ती महिलाहरूले बहुसङ्ख्यक श्रमिक महिलाहरूको पक्षमा आवाज उठाए ? कानुनको निर्माण गरे त ? गरिब वर्गका महिलाहरूको आर्थिक, सामाजिक, सांस्कृतिक पक्षमा के कस्तो परिवर्तन भए त ? यसको गहिरो समीक्षा गर्नैपर्छ ।
लोकतन्त्र र गणतन्त्र भनिने वर्तमान पुँजीवादी व्यवस्थामा कामदार वर्गको निम्ति स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था छैन । महिला कामदारले पुरुषसरह ज्याला पाउने बन्दोबस्त, महिलाले विनाज्याला घरेलु श्रम र समुदायमा आधारित कामको आर्थिक महत्वलाई मान्यता दिलाउन निकै लामो सङ्घर्षको खाँचो छ । आज महिलामाथिको शोषण, दमन र अधिकार र महिला मुक्तिको चर्चा चलिरहँदा हाम्रो देशमा घरेलु हिंसा, बलात्कार, यौनजन्य हिंसा, भ्रुण हत्या, बेचबिखन, बोक्सी, अन्धविश्वास, धाँमी झाक्रीलगायतका विषय घट्नुको सट्टा झन् बाक्लिँदै गएको कहालीलाग्दो अवस्था नेपाली महिलाले भोग्नु परेको तीतो यथार्थ हाम्रोमाझ छ ।
कम्युनिस्ट नामधारी सरकार, पुँजीवादी राजनीतिक दलका महिला सङ्गठन र विभिन्न गैरसरकारी सङ्घ–संस्थामा सक्रिय महिलाहरू अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको भावनाविपरीत पुरुषको विरुद्धमा वा महिला हिंसा र लैङ्गिक असमानताका विषयमा बढी केन्द्रित हुने गर्दछन् । यसले साँचो अर्थमा श्रमिक महिलाहरूको हितमा काम नहुने प्रस्ट छ ।
हाम्रो देशमा सामन्तवाद, जमिनदार र पुँजीवादी वर्गको हितलाई प्राथमिकता दिने राजनीतिक दलका महिला सङ्गठन पनि छन् । तिनीहरूले पुरानै शासक र सामन्तहरूलाई पुनः शासनमा ल्याउने उद्देश्य राख्छन् । तिनै पुँजीवादी राजनैतिक दलका महिला सङ्गठनहरू ठूल्ठूला व्यापारी, उद्योगपति, ठेकेदार, विदेशमा छोराछोरी बेच्ने म्यानपावर कम्पनीको हितमा काम गर्छन् । तिनीहरूकै हितमा नियम–कानुन बनाउँछन् ।
यसकारण कामदार वर्गको हितमा, देश र जनताको हितमा सङ्घर्ष गर्ने दल नेपाल मजदुर किसान पार्टी हो । यसको उद्देश्य सफल पार्न नेपाल क्रान्तिकारी महिला सङ्घले गरीब वर्गका महिलाहरूलाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्दै आएको छ ।
पुँजीवादी महिलाहरू वर्गसङ्घर्षको गम्भीर मुद्दालाई छायामा पार्ने प्रयास गर्दछन् । मातृ पार्टी नेमकिपाको निर्देशनमा नेक्रामसङ्घले मार्च ८ को अवसरमा कामदार महिलाहरूलाई राजनीतिक प्रशिक्षण निरन्तर दिइरहेको छ ।
समाजवादी सभ्य समाज निर्माण गर्न सङ्घर्ष छेड्नुको विकल्प छैन । वैज्ञानिक समाजवादी विश्व दृष्टिकोणमा आधारित श्रमिक वर्गको सङ्गठन विस्तार गर्ने, सङ्गठित सदस्यहरूलाई राजनीतिकरूपमा प्रशिक्षित गर्दै राजनीतिकरूपमा सचेत र सङ्गठित गर्नु आजको माग हो । आधा आकाश र आधा धर्ती ओगट्ने महिलाहरूको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म साँचो अर्थमा महिला मुक्तिको कुरा असम्भव हुनेछ ।
महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्नुपर्ने जरुरी छ । महिलामाथि हुने विभेद र हिंसाका घटनाहरू मुक्त हुन नसकेको र गाउँदेखि सहरसम्म महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको नेपाली समाजमा हामी महिला भयभित भएर बाँच्न विवस छौँ । श्रमिक महिला दिवसबारे अझै पनि संसारका तमाम काम गरी खाने वर्गका महिलाहरू अनभिज्ञ भएको पाइन्छ । यसकारण हामी महिलाहरू राजनीतिकरूपमा शिक्षित हुन जरुरी छ ।
गरिब र धनीबीचको खाडल बढ्दै जाने पुँजीवादी व्यवस्थामा हाम्रो अधिकार प्राप्तिको लडाइँ लामो हुनेछ । समाजवादी व्यवस्था स्थापनापछि महिला मुक्ति हुनेछ । श्रमिक महिला दिवस मनाइरहँदा व्यापक श्रमिक वर्गका महिलाहरूलाई जानकारी गराउन आवश्यक छ । समाजवादमा कामदार वर्गका महिलाले पनि सम्मानपूर्वक बाँच्न पाउने समाजवादी व्यवस्था प्राप्तिको निमित्त गरिब वर्गका महिलाहरू नै राजनीतिमा आउनुपर्छ । जन्मदेखि मृत्यु र चिहानसम्मको सम्पूर्ण जिम्मेवारी राज्यले लिने राजनीतिक बन्दोबस्त नै समाजवादी व्यवस्था हो । जनताको प्रजातन्त्र हँुदै समाजवाद र साम्यवादमा पुग्ने नेमकिपाको लक्ष्य हो । जनताको प्रजातन्त्रमा कक्षा १२ सम्म वा विश्वविद्यालय शिक्षा निःशुल्क, सम्पूर्ण स्वास्थ्य उपचार निःशुल्क र स्वदेशमा नै रोजगारीको सुनिश्चिततासहित नेपाली महिलाहरूको जीवनस्तरमा परिवर्तन आउनेछ ।
अब, हामीले विभेद र कुरीतिले भरिएको पुँजीवादी व्यवस्थाको अन्य गर्दै आर्थिक समानतासहितको समाजवादी समाजको निर्माण गर्न थप सङ्घर्षको लागि तयारी गर्न आवश्यक छ । मार्च ८ को हार्दिक शुभकामना ।
Leave a Reply