भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, २३ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ वडा नं. १ एकाइ समितिको आयोजनामा शनिबार प्रशिक्षण कार्यक्रम भक्तपुरमा सम्पन्न भयो ।
पार्टी स्थापना दिवस र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले वैदेशिक रोजगारीको नाममा आमा–बुबालाई छोडेर नयाँ पिँढीहरू विदेश जाने क्रम बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो ।
“नेमकिपाले कामदार जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक स्तर उठाउन शिक्षा र स्वास्थ्य सेवाको विकासमा जोड दिइरहेको छ । नेमकिपाले नेतृत्व गरिरहेको भक्तपुर नगरपालिकाले ख्वप अस्पताल र ख्वप कलेजहरू सञ्चालन गरी नमुना कार्य गरिरहेको छ”, उहाँले भन्नुभयो ।
नेमकिपाले लोभ, भागबन्डा, पद र पैसाको लागि राजनीति कहिल्यै नगर्ने स्पष्ट पार्दै केन्द्रीय सदस्य गोसाईंले निःस्वार्थपूर्वक जनताको सेवा गर्नेबाहेक नेमकिपाको कुनै अर्को स्वार्थ नभएको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभा सदस्य सृजना सैंजूले आजभन्दा ११० वर्ष अगाडि क्लारा जेटकिनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नेतृत्व गर्नुभएको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “श्रमिकहरूले ८ घण्टा काम गर्ने, कामअनुसारको ज्याला, स्वास्थ्य उपचार, रोजगारीको ग्यारेन्टी र मताधिकार प्राप्त गरेको दिन ८ मार्च नै श्रमिक महिला दिवसको दिन हो ।”
महिलाहरूबीच पनि वर्ग भएको स्पष्ट पार्दै उहाँले समाजवादी व्यवस्थामा मात्र वास्तविक अर्थमा महिला मुक्ति सम्भव हुने बताउनुभयो ।
महिलालाई सम्पत्तिको अधिकारभन्दा पनि शिक्षाको अधिकार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष बिकुलक्ष्मी कोजूको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मीनारायण राजलवट, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र मञ्जु न्याइच्याईले पनि बोल्नुभएको थियो ।
Leave a Reply