भर्खरै :

तर, म त्यो हुन दिन्नँ !

फागुन २४ गते १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपाल सरकारले महिला दिवसको राष्ट्रिय नारा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ तोकेको छ । के साँच्चै नै महिला सरकारको नाराझैँ सुरक्षा, सम्मान र रोजगार प्राप्त छ त ?
दुनियाँमा कति महिलाहरूको रोजगार छ होला त ? समयसँगै पक्कै पनि रोजगारी वृद्धि भएकै होला । तर के उनीहरूको रोजगारी सुरक्षित छ त ?
एक किशोरी विद्यालय जाँदा पनि त्रसित रहनुपर्छ । ऊ आफू अध्ययनरत विद्यालयको प्रधानाध्यापकबाट बलात्कृत हुन पुग्छे भने कसरी महिला सुरक्षित छन् भन्ने ?
पहिलेको तुलनामा भलै महिला साक्षरतामा वृद्धि भएको छ । तर, उनीहरूले योग्यताअनुसारको रोजगारको सुविधा पाएका छन् त ?
हाम्रो समाजमा महिलालाई सन्तान उत्पादन गर्ने र घरगृहस्थीको रूपमा मात्र हेर्ने गरिन्छ । आज जो शिक्षित महिलाहरू छन्, के उनीहरूले आफ्नो विवाहपश्चात् पनि आफ्नो रोजगारीलाई निरन्तरता दिन पाएका छन् त ? ‘सन्तान भएपछि परिवारबाट सन्तान हेर, जागिर किन गर्नुप¥यो’ भनी दबाब दिइन्छ । प्रायशः महिला आफूले गरिरहेको काम छोड्न बाध्य हुन्छन्, अनि स्वाधीन भई बाँच्न पाउने हकबाट टाढा रहन्छन् । शिक्षित परिवार नै किन नहोस्, अझै पनि महिलाहरूलाई अर्थोपार्जनका लागि सरिक गराउने र स्वाधीन बन्न प्रेरित गर्ने सोचको विकास भइसकेको छैन ।
हामी महिला दिवस त मनाउँछौँ तर यसको औचित्य कस्तो छ ? ब्यानर बोकेर, ¥याली गरेर अथवा महिला सुरक्षा हुनप¥यो भनेर नारामात्र लगाएर के हुन्छ ? राज्य एक दिनको सार्वजनिक बिदा घोषणा गरेर महिला विभेदै हटाइदिएको स्वाङ गर्छ । महिला दिवसको अवसर पारेर सरकारबाट के–कस्ता कार्ययोजना र नीति ल्याइयो र तिनलाई लागु गराइयो ?
२०७५÷०७६ मा मात्र जबरजस्ती करणीको सङ्ख्या २२३० र जबरजस्ती करणी गरी हत्या हुनेको सङ्ख्या ११ थियो । त्यस्तै ०७६÷०७७ मा जबरजस्ती करणी गर्नेको सङ्ख्या २१४४ छ भने जबरजस्ती करणी गरी हत्या भएको सङ्ख्या २ रहेको थियो । त्यस्तै २०७७÷०७८ (हालसम्म) मा जबरजस्ती करणी गर्नेको सङ्ख्या १२६० र जबरजस्ती करणी गरी हत्या भएको सङ्ख्या ४ रहेको छ । माथिको तथ्याङ्क समाजको नाङ्गो र यथार्थ चित्रण हो ।

हाम्रो समाजमा महिलालाई सन्तान उत्पादन गर्ने र घरगृहस्थीको रूपमा मात्र हेर्ने गरिन्छ । आज जो शिक्षित महिलाहरू छन्, के उनीहरूले आफ्नो विवाहपश्चात् पनि आफ्नो रोजगारीलाई निरन्तरता दिन पाएका छन् त ? ‘सन्तान भएपछि परिवारबाट सन्तान हेर, जागिर किन गर्नुप¥यो’ भनी दबाब दिइन्छ । प्रायशः महिला आफूले गरिरहेको काम छोड्न बाध्य हुन्छन्, अनि स्वाधीन भई बाँच्न पाउने हकबाट टाढा रहन्छन् । शिक्षित परिवार नै किन नहोस्, अझै पनि महिलाहरूलाई अर्थोपार्जनका लागि सरिक गराउने र स्वाधीन बन्न प्रेरित गर्ने सोचको विकास भइसकेको छैन ।

बलात्कारका कतिपय उजुरी प्रहरी कार्यालयमा पुग्दैन । अहिले बढी मात्रामा सञ्चारमाध्यमको विकास भएका कारण पनि यस्ता घटनाहरू बढी बाहिर आएका छन् । तर, एकदम न्यून प्रतिशतमात्र यस्ता घटनाहरू सार्वजनिक हुन्छन् ।
हामी भन्छौँ, महिला हिंसा न्यूनीकरण गर्नुपर्छ । तर, बाहिर महिला हिंसाविरुद्ध आवाज उठाए पनि के हामी आफैले आफ्नो घरभित्र महिला हिंसा गरिरहेका छैनौँ ? यसलाई हामी कतिले गौर गर्ने गरेका छौँ ।
नेपालमा महिला हिंसाको ९० प्रतिशत हिंसा घरेलु हुन्छ । अझ आश्चर्य कुरा त के हो भने महिलाबाटै महिला हिंसा भएको छ । घरदेखि बाहिर जताततै महिलाले महिलाको हिंसा गरिरहेको हामी पाउछौँ । यो समाजको लागि दुःखको कुरा हो  ।
एकाध महिलाहरू जोे रोजगारमा सरिक छन्, उनीहरू दिनभरि अफिसमा काम गरेर घरमा आएर सबै घरायसी काम गर्नुपर्छ तब के त्यहाँ हिंसा भएको हुन्न र ¤ अझ संयुक्त परिवारमा बुहारी भएपछि उनीहरूको दायित्व पनि बढी हुन्छ र तथ्याङ्क हेर्दा यस्ता परिवारमा हिंसाको मात्रा बढी देखिन्छ । विवाहपश्चात् पुरै श्रीमान् र संयुक्त परिवारको हकमा सासू–ससुराको हैकममा आफ्नो जीवन चलाउनुपर्ने हुँदा त्यहाँ उक्त नारीको कुनै अस्तित्व रहन्छ र ?
एकातर्फ महिला दिवस मनाइरहँदा अर्कोतर्फबाट हाम्रो समाजको यथार्थ कसले हेरिदिने ? एउटी किशोरी महिला सार्वजनिक यातायातमा यात्रा गर्दा उसले कतिसम्म हिंसा र यातनाको भागीदार हुनुपर्छ त्यस कुरालाई ध्यान दिन जरुरी छ । सार्वजनिक यातायातमा राखिएको महिला सीटप्रति पनि कतिपयले प्रश्न उठाउने गरेको हामी पाउछौँ । तर, कहिल्यै सार्वजनिक यातायातमा कुनै महिलाले पुरुषलाई हिंसा गरेको हामीले सुनेका छौँ ।
यही कुरा पुरुषलाई गर्दा सामान्य हुन्छ तर महिलालाई हुँदा त्यो किन समाज र इज्जतको कुरा उठाइन्छ ?
के महिला घरको इज्जत हो भनेर उसले आफ्नो अस्मितालाई समाजको नाउँ दिएर बचाएर हिँड्नुपर्ने हो त ? यदि उसको अस्मिता लुटिन्छ भने त्यहाँ दोषी पुरुष होइन महिलामात्र किन देखाइन्छ त ? गुमेको त महिलाको छ, जसले गुमाउन बाध्य पारेको छ त्यो त पुरुष हो । उसले हिंसा नै गर्दा पनि समाजमा मान्य हुने तर महिलाको भने किन इज्जतको कुरा उठाइन्छ ?
इतिहासमा ती प्रथम महिला को थिइन्,
जसलाई सबैभन्दा पहिले जलाइयो ?
मलाई थाहा छैन,
तर जो भए पनि ती मेरी आमा थिइन् होला
मेरो चिन्ता के हो भने भविष्यमा ती अन्तिम महिला को हुन्छिन् ?
जसलाई सबैभन्दा अन्तिममा जलाइनेछ ?
मलाई थाहा छैन
तर जो भए पनि ती मेरी छोरी हुनेछिन्
र म यो हुन दिन्न ।
कवि रमाशङ्कर यादव ‘विद्रोही’ को प्रस्तुत कविताझैँ सबै आमा र छोरीहरूको बारेमा हामीले एकफेरमात्र सोच्ने हो भने यो समाज कति सुन्दर हुन्थ्यो होला । यो समाजमा छोरीहरू पनि बेजोडले हाँसेको र छोरीले खित्का छोडेकोमा हामीले अप्ठ्यारो मान्न नपरेकोे दिन कस्तो हुन्थ्यो होला ?
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *