अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
जनस्वास्थ्य र गुणस्तरीय शिक्षामा सी चिनफिङको जोडपेइचिङ, ७ मार्च । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले जनताको स्वास्थ्य रक्षा र उच्च गुणस्तरको सन्तुलित आधारभूत सार्वजनिक शिक्षा सेवा प्रणाली विकासलाई ‘रणनीतिक प्राथमिकता’ मा राख्न जोड दिनुभएको छ ।
शिक्षा, चिकित्सा एवम् स्वास्थ्य क्षेत्रका राष्ट्रिय राजनीतिक सल्लाहकारहरूको संयुक्त समूहगत बैठकमा सहभागी बन्ने क्रममा उहाँले जनस्वास्थ्यमा प्रभावित पार्ने प्रमुख रोग र समस्या सामना गर्नमा जोड दिनुभयो ।
चीनको सर्वोच्च राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक सल्लाहकार सम्मेलनको तेह«ौँ राष्ट्रिय समितिको चौथो अधिवेशनमा भएको बैठकमा सीले चीनको जनस्वास्थ्य रक्षा सञ्जाललाई अझ किल्लाबन्द गर्नुपर्ने र सार्वजनिक अस्पतालको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
बितेको वर्ष चीनले निकै मिहिनेतपूर्वक महत्वपूर्ण उपलब्धि हासिल गरेकोमा जोड दिँदै उहाँले कठिन समयमा कोभिड–१९ विरुद्ध स्वास्थ्यकर्मीहरूले फलामे पर्खाल बनाएको बताउनुभयो ।
“कोभिड–१९ विरुद्धको लडाइँले फेरि एकपल्ट रोग नै लाग्न नदिनु नै सबभन्दा मितव्ययी र प्रभावकारी स्वास्थ्य रणनीति भएको प्रमाणित गरेको छ”, सीले रोग लाग्न नदिने र नियन्त्रण प्रणालीमा सुधार र प्रगति गर्न आह्वान गर्दै भन्नुभयो ।
उहाँले प्रारम्भिक रोग परीक्षण, पूर्वचेतावनी, शीघ्र परीक्षण, आकस्मिक प्रतिक्रिया र विस्तृत उपचारको क्षमतालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कोभिड–१९ सँगको लडाइँमा सार्वजनिक अस्पतालमा खेलेको प्रमुख भूमिकामा जोड दिंदै सीले सार्वजनिक चिकित्सा र स्वास्थ्य संस्था स्थापनामा जोड दिनुभयो ।
जनस्तरमा स्वास्थ्य पूर्वाधार विकासमा सुधार आवश्यक भएको र त्यसको लागि ग्रामीण चिकित्सकहरूलाई सहायताको नीतिलाई बलियो बनाउनुपर्नेमा जोड दिंदै सीले चिकित्सा र स्वास्थ्य सेवा प्रणालीमा सुधारलाई अझ गहिरो बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले चिनियाँ परम्परा उपचार विधिको संरक्षण र विकास गर्नुपर्ने भन्दै उपचारमा अत्याधुनिक प्रविधिको प्रवद्र्धनका साथै स्वास्थ्यकर्मीहरूको सुरक्षा, स्याहार र सहयोग हुनुपर्ने बताउनुभयो ।
शिक्षाको सन्दर्भमा महासचिव सीले चीनमा गुणस्तरीय र सन्तुलित आधारभूत सार्वजनिक शिक्षा सेवा प्रणालीको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले विद्यालय सञ्चालनमा समाजवादउन्मुखतामा जोड दिँदै शिक्षालाई गैरनाफामुखी र जनतालाई चित्त बुझ्ने शिक्षाको विकास गर्नुपर्ने बताउनुभयो ।
देश र पार्टीको लागि शिक्षा अपरिहार्य भएको सीको भनाइ थियो ।
गुणस्तरीय शिक्षा प्रणालीको विकास गर्न मूल्याङ्कन प्रणालीमा सुधार गर्नुपर्ने र त्यसले शिक्षाका अन्य पक्षमा पनि सुधार ल्याउने उहाँको भनाइ थियो ।
देशको उच्च गुणस्तरीय विकास र उच्च तहको आत्मनिर्भरताको लागि योगदान गर्नसक्ने प्रतिभालाई तालिम दिन जोड दिनुपर्ने सीले भन्नुभयो ।
“शिक्षकहरू शिक्षाका प्रमुख आधार हुन् । त्यसकारण शिक्षकहरूको पेशागत नैतिकता बलियो बनाउनुमा उच्च जोड दिनुपर्छ”, सीले भन्नुभयो ।
उहाँले महामारीविरुद्धको लडाइँमा शिक्षकहरूको भूमिकाको उच्च प्रशंसा गर्दै ग्रामीण क्षेत्रमा काम गर्ने शिक्षकहरूलाई थप सहायता गर्नुपर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा सीले चीनका सबै जाति र समुदायका महिलाहरूलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवाद स्थापनाको लागि चिनियाँ महिलाहरूको योगदानको कदर गर्नुभयो ।
Leave a Reply