भर्खरै :

भारतको स्वार्थ पूरा गर्न मधेसवादी दलको आन्दोलन

भक्तपुर, ३ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशका जनविरोधी दल, भारतीय एकाधिकार पूँजीका पिछलग्गूहरूको विरोधमा सङ्घर्ष गर्न र जनतालाई सचेत पार्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।
कानुन अध्ययन समाज नेपालद्वारा स्थानीय तहको निर्वाचन २०७४ मा नेमकिपाको पक्षमा मतदान गर्ने जनतामा धन्यवाद ज्ञापन तथा समसामयिक विषयमा शनिबार टौमढीमा आयोजित जनसभामा अध्यक्ष रोहितले भारतले आफ्नो स्वार्थ पूरा गर्न तराईका केही मधेसी नेताहरूको काँधमा बन्दुक राखेर उचालिरहेको बताउनुभयो ।
विदेशी नागरिकलाई मुख्य मुख्य पदमा पु¥याउने भारतको स्वार्थ पूरा गर्न नेका र माओवादी केन्द्रको सरकार लागिरहेको उल्लेख गर्दै उहाँले तराई आन्दोलन भारतको समर्थनमा भइरहेको हो भन्नुभयो ।
नेपालमा विदेशी पूँजीपति भित्र्याएर नेपाली राष्ट्रिय पूँजीपति वर्गलाई कमजोर पार्ने काममा नेका र माओवादी केन्द्र दोषी रहेको चर्चा गर्दै अध्यक्ष रोहितले भारतको नुन खाएर नेका र एमालेले नेमकिपाको विरोध गरिरहेको बताउनुभयो ।
भारतको इसारामा तराईमा आन्दोलन चालू रहेकोले नेपालका उद्योगपतिहरूको व्यापार चौपट भइरहेको उल्लेख गर्दै उहाँले तराईका शोषित पीडित जनताको पक्षमा ठूला दलहरूले आन्दोलन गरेको छैन भन्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, ‘कम्युनिष्ट भनिने एमाले र माओवादी केन्द्रमा कम्युनिष्टको चरित्र नै छैन ।
देशभक्त जनता तयार गर्नु हाम्रो जिम्मेवारी हो, नयाँ पुस्तालाई तयार गर्न नसके देश छोडेरै भाग्नुपर्ने स्थिति आउन सक्छ, जनता सचेत र स·ठित भएपछि अर्को चरणको सङ्घर्ष सुरू हुनेछ, अध्यक्ष रोहितले भन्नुभयो ।
देशभक्त राष्ट्रिय पूँजीपतिहरू विदेशी पूँजीपति वर्गविरूद्ध लड्नुपर्ने आवश्यकता आंैल्याउँदै अध्यक्ष रोहितले भन्नुभयो –पटक पटक पालैपालो सरकारमा जाने ठूला दलले नेपाली जनताको हितमा काम गरेनन् ।
उहाँले भन्नुभयो – शैक्षिक माफियाहरू एमालेकै नेताहरू हुन्, देशभरि जालझल गर्नेमा एमाले नेताहरू अगाडि छन् ।
नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले पूँजीवादी पार्टीले देश र जनताको सेवा नगर्ने औंल्याउँदै भारतले नाकाबन्दी गर्दा ठूला दलले सडक र सदनमा कुनै सङ्घर्ष नगर्ने दल कसरी देशभक्त हुन्छ भन्नुभयो ।
देशका नदीनाला भारतलाई सुम्पने दलहरू देशघाती भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट प्राप्त सहयोग आफूले ल्याएको भनी झूट राजनीति गर्ने एमालेको पछि लागे दश हाइटीजस्तै हुनेछ भन्नुभयो
स्थानीय निकायलाई लामो समयसम्म जनप्रतिनिधिविहीन बनाउने काम नेका नेता शेरबहादुर देउवाले गरेको प्रस· उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो – पहिलेको स्थानीय निकायको निर्वाचनमा एमालेले धाँधली गरेको हुँदा देउवाले स्थानीय निकायको निर्वाचन गर्न सकेन भन्नुभयो ।
उहाँले भन्नुभयो –एमाले धाँधली गर्ने पार्टी हो । भारतको निर्देशनमा काम गरेसम्म नेपाल र नेपाली जनताको हित हुनेछैन, भारतसँग नसोधिकन एक सिन्को नभाँच्ने दलले देशको स्वतन्त्रता र सार्वभौमिकता बचाउन सक्दैन ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपाका निर्वाचित मेयर सुनिल प्रजापतिले निर्वाचन पनि एक सैद्धान्तिक सङ्घर्ष हो भन्नुभयो ।
नपाको काम सम्हालेपछि खानेपानी, ढलको बन्दोबस्त गर्न र उपचार पोखरी बनाउनेतर्फ छलफल प्रक्रिया अघि बढाएको चर्चा गर्दै नक्सा पास गर्ने अधिकार कार्यकारी अधिकृतलाई दिन नहुनेमा जोड दिनुभयो ।
जनताको अक अधिकार कटौती गर्न नहुनेतर्फ सरकारको ध्यान जानुपर्ने विचार राख्दै उहाँले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरे भनपालाई सफा, स्वच्छ र आदर्श नगर बनाउन सक्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद अनुराधा थापामगरले नेपालीलाई अल्पमतमा पार्ने भारतीय शासक वर्गको स्वार्थ पूरा गर्ने नालायक दललाई सरकारको नेतृत्व गर्न दिन नहुने विचार व्यक्त गर्नुभयो । भारतको नेपाल खाने दाउमा भुल्ने दललाई जनताले जहिल्यै खबरदारी गरिरहनुपर्नेमा जोड दिंदै सांसद थापामगरले भारतीय शासक वर्गले नेपालीको टोपी होइन टाउकै मागेकोतर्फ सरकारको ध्यान नगएको बताउनुभयो ।
नेपालको संविधान कार्यान्वयन नगराउन भारतीय शासक वर्गले दबाब दियो, भारतले उठाएको मुद्दालाई साथ दिने ठूला दलहरू नीच दल हुन्, उहाँले भन्नुभयो ।
नेमकिपाको मत सैद्धान्तिक र वैचारिक मत हो, देशभक्त जनताको मत हो – उहाँले भन्नुभयो ।
नेमकिपा काठमाडौंका अध्यक्ष नारायण महर्जनले नेमकिपा घोषणापत्रको आधारमा काम गर्ने पार्टी हो, समाजवादी क्रान्तिले मात्र जनताको जीवन सुनिश्चित हुन्छ भन्नुभयो ।
नेमकिपा भजिसका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले देश बचाउ आन्दोलनमा लागेका तराईका जनताप्रति ऐक्यबद्धता जनाउँदै यो भारतीय विस्तारवादी र अमेरिकी साम्राज्यवादीहरूलाई औंला ठड्याउन गरिएको सभा हो भन्नुभयो ।
उहाँले क्रान्तिको बीउ जोगाउन साम्राज्यवाद, विस्तारवाद र उसका पिछलग्गूहरूविरूद्ध निरन्तर सङ्घर्ष गरिरहनुपर्छ भन्नुभयो ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिको सभापतित्वमा भएको जनसभामा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजू, मध्यपुर थिमी नगर समितिका अध्यक्ष सूर्यराम था श्रेष्ठ, सूर्यविनायक नगर समितिका प्रतिनिधि मनशोभा त्वातीले पनि बोल्नुभएको थियो ।
सो जनसभामा नेक्रासासङ्घका गायक विनोद विक र यालाम्हेन्दो काभ्रेका गायक गायिकाहरूले देशभक्त र राष्ट्रिय गीत गाउनुभएको थियो ।
फोटोः बालकृष्ण बनमाला


Leave a Reply

Your email address will not be published. Required fields are marked *