नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, ४ असार । भक्तपुरको इतापाके सल्लाघारीस्थित यति फेव्रिकमा शनिबार राती भीषण आगलागी भएको छ । राती करिब ११ बजेबाट लागेको आगलागी अहिलसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । उद्योगका कर्मचारीहरुका अनुसार राती ट्रान्सफर्मरमा विजुलीको लाइन सर्ट भएपछि नजिकै रहेका इन्धनका ट्यांकीहरुमा आगो सल्किएको थियो । स्थानीयवासीहरुले आगलागी भएको खबर दिएपछि भक्तपुर, मध्यपुर, काठमाण्डौ, ललितपुरका दमकलहरुले आगलागी नियन्त्रण गर्ने प्रयास गरेका थिए । घटनास्थलमा भक्तपुर नगरपालिकाको जेट ट्यांकर र अन्य पानी बोक्ने ट्यांकरहरुबाट दमकललाई पानी ओसार्ने काम भइरहेको छ । आगलागीबाट उद्योगका गोदाम, कार्यालयलगायत सिंगो कारखाना पूर्णरुपमा क्षति भएको छ । आगलागीले कारखाना नजिकैको एक घरमा पनि क्षति पु¥याएको छ । रातीबाट लागेको आगलागीबाट भौतिक क्षति भएपनि कुनै मानवीय क्षति हुन नपाएको स्थानीय श्यामसुन्दर मातांले जानकारी दिनुभयो ।
भिडियो तथा फोटोः बाबुल बाटीको फेसबुक वालबाट








Leave a Reply