भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
छिमेकी मित्र राष्ट्र चीनको लागि अघिल्लो वर्ष सन् २०२० निकै कष्टकर बन्यो । नयाँ वर्षले दैलोमा पाइला टेक्नै लाग्दा फैलिएको कोभिड–१९ को महामारीले सिङ्गो वर्ष कष्टपूर्ण बनायो । तर, सन् २०२१ भने आरम्भदेखि नै चीनको लागि सुखद बन्दै छ । चीनलाई आजको अवस्थामा पु¥याउन इन्जिनको भूमिका खेलेको चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुगेको अवसर पारेर चीन सरकारले सन् २०२१ सम्ममा चीनमा चरम गरिबी उन्मूलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । लक्ष्यअनुसार यो वर्ष चीन चरम गरिबीबाट मुक्त भएको छ । चीन अब मध्यम ढङ्गले समृद्ध समाजतिर अघि बढेको छ । संसारकै सबभन्दा धेरै जनसङ्ख्या भएको देशमा चरम गरिबी नासिनु सिङ्गो मानव समुदायको लागि सुखद विषय हो ।
तर, चीनले आजको सफलता सजिलै हासिल गरेको भने पक्कै होइन । जनतालाई पहिलो प्राथमिकतामा राख्ने चीन सरकार र कम्युनिस्ट पार्टीको दिगो नीतिकै कारण यो सफलता सम्भव भएको हो । चीन सरकारले चरम गरिबीको रेखामुनि रहेका समुदाय र ठाउँको आर्थिक स्तर उकास्न सम्भव सबै उपाय अपनायो । लाखौँको सङ्ख्यामा युवा, जुझारु, जनसेवी र अनुसन्धानमुखी कार्यकर्ताहरूलाई ती समुदाय र ठाउँमा पु¥याएर त्यहाँको आर्थिक अवस्थामा सुधार ल्याउन कडा मिहिनेत गरियो । उनीहरूले जनताबीच जाँदा केन्द्रको कुरा यान्त्रिकरूपमा थोपर्ने गल्ती गरेनन् । स्थानीय आवश्यकता र विशेषताको गहन अध्ययन र विश्लेषण गरी सोहीअनुसार नीति–कार्यक्रम ल्याएर जनताले दैनिक जीवनमा भोगिरहेका प्रतिकूलता सहज बनाउन भूमिका खेलियो ।
विकासको नाममा केन्द्रमा कुनै सूत्र बनाएर त्यसैको स्थानीय स्तरमा अन्धनक्कल गरी जनतामाथि थोपर्ने नीति जनताको लागि उपकार होइन, बोझमात्र बन्ने गर्दछ । त्यस्तो विकासले न त जनताको भावना कदर गर्नसक्छ न दिगो विकास नै सम्भव हुन्छ । ‘जनतासँग सिक र जनतालाई देऊ’ भन्ने माओ त्सेतुङको नीतिलाई आज पनि चिनियाँ नेतृत्वले अँगीकार गरिरहेको छ । जनतालाई केही नजानेका र केही नबुझेका ठान्ने निम्न पुँजीवादी चिन्तनविपरीत चिनियाँ नेतृत्वले जनतासँग भएका विशेषता जनताकै हितमा प्रयोग गर्ने नीतिलाई अँगीकार गरेको छ ।
आफूलाई पुगीसरि भएपछि अभावमा रहेका अन्य समुदायलाई पनि मद्दत गर्ने सहकार्यपूर्ण भावनालाई चिनियाँ जनताले हृदयङ्गम गरेका छन् । भएकाले नभएकालाई मद्दत गर्ने यस्तो भावनाले चीनको सन्तुलित विकासमा टेवा पुगेको छ । विकासको प्रकाश सबैतिर पु¥याउने चीनको यो प्रयास अनुकरणीय छ ।
तर, चीनप्रति राजनीतिक र वैचारिक पूर्वाग्रह पालेका केही पश्चिमा देशहरूलाई भने चीनको यो सफलताले बिझाइरहेको छ । उनीहरू चरम गरिबीमाथि चीनले हासिल गरेको विजयलाई अनेकन झूट प्रचारले छोप्ने प्रयास गरिरहेका छन् । चीनको सिन्जियाङ क्षेत्रबारे पश्चिमा सञ्चारमाध्यमहरूका लगातारका बद्ख्वाइँले यो कुरा पुष्टि गरेको छ । तर, यो पूर्वाग्रहलाई कदापि सत्य मान्न सकिन्न । शताब्दियौँ लामो सङ्घर्षपछि चीनले गरिबीविरुद्ध हासिल गरेको यो सफलता नेपालजस्तो अल्पविकसित देशको लागि सिक्नलायक छ । प्रतिबद्ध राजनीतिक नेतृत्वले देशलाई सही दिशा र विकासको बाटोमा डो¥याउने सुन्दर उदाहरण बनेको छ–चीन । चीनले हासिल गरेको सफलताको मूल आधार जनताको सेवा गर्ने भावनामा कटिबद्ध चीनको राजनीतिक नेतृत्व नै हो । जनताको सेवा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको विचारधारा हो ।
चीनले हासिल गरेको सफलताबाट आज संसारका न्यायका पक्षधर जनता खुसी छन् । साम्राज्यवादी शक्तिहरूले जहाँ पाइला राख्छन्, त्यहाँ विध्वंसको बिजारोपण हुन्छ भने समाजवादी देशले कसरी मानव समुदायलाई सुन्दर भविष्यको दिशामा डो¥याउँछ भन्ने कुराको दसी चीनले संसारलाई ऐना देखाइरहेको छ ।
Leave a Reply