भर्खरै :

हङकङको चुनावी प्रणालीमा हेरफेरको आन्तर्य

पेइचिङ, ११ मार्च । चीनको सर्वोच्च व्यवस्थापिकाले बिहीबार हङकङ विशेष प्रशासनिक क्षेत्रको चुनावी प्रणालीमा सुधार गर्ने निर्णय गरेको छ । उक्त निर्णय हङकङमा चिनियाँ देशभक्तहरूको शासन सुनिश्चित गर्न कोशेढुङ्गा हुनेछ ।
हङकङमा थप उपयुक्त चुनावी प्रणाली स्थापित गर्नु त्यहाँको लागि अपरिहार्य छ । प्रमुख अन्तर्राष्ट्रिय वित्तीय केन्द्रमा दिगो स्थायित्व र समृद्धिको रक्षाको लागि यो कदम आवश्यक छ ।
दुई दशकभन्दा अघि हङकङ चीनमा फिर्ता भएपछि ‘एक देश, दुई प्रणाली’ को पालनामा ठूलो सफलता हात लागेको छ । हङकङ सहरले प्रशासन, व्यवस्थापिका र अर्थतन्त्रमा फराकिलो स्वायत्तता उपभोग गर्दै आएको छ ।
यद्यपि, हालैका वर्षहरूमा अस्थिरता मच्चाउने र छुद्र स्थानीयवादीहरूले चुनावी प्रणालीको छिद्रको उपयोग गरेर हङकङको प्रशासन संरचनामा पस्ने प्रयास गरेका छन् । उनीहरूले हङकङमा पृथकतावादी मुद्दालाई चर्काउन खोजिरहेका छन् । अनि चीनको केन्द्रीय सरकारको अस्तित्वलाई पटक – पटक चुनौती दिइरहेका छन् । उनीहरूका यस्ता व्यवहारले ‘एक देश, दुई प्रणाली’को मान्यता उल्लङ्घन गरेको छ ।
हङकङमा सीमाहीन विदेशी हस्तक्षेप पनि चुनावी प्रणालीमा परिवर्तन गर्नुपर्ने अर्को महत्वपूर्ण कारण हो । विदेशका आक्रामक शक्तिहरूले हङकङमा ‘रङ्गीन क्रान्ति’ गर्न खोजिरहेका छन् । उनीहरूले चीनको विकास रोक्न हङकङ सहरलाई चौकी बनाउन खोजिरहेका छन् ।
परिणाम के आयो ? अन्तर्राष्ट्रिय क्षेत्रमा संसारकै प्रमुख लगानी केन्द्र र वित्तीय मुख्यालय मानिएको हङकङ सहरको छविमा धक्का लागेको छ ।
एक अर्थमा पेइचिङसँग अर्को कुनै विकल्प नै थिएन । आफ्नो भूमिमा बाहिरबाट आएका उपद्रयाहाहरूले अराजकता मच्चाएको कुनै पनि सरकारले टुलुटुलु हेरेर बस्न सक्दैन । हङकङमा भएका उपद्रव नै गत वर्ष त्यहाँ राष्ट्रिय सुरक्षा कानुन लागु गर्नु र त्यहाँको भावी प्रशासक वा स्थानीय व्यवस्थापिका सदस्य बन्न ‘देशभक्त’ हुुनुपर्ने सिद्धान्त पारित गर्नुको मूल कारण हो ।
हङकङ चीनको भाग हो । पेइचिङले जति कसैले पनि त्यो महानगरका जनताको भविष्यबारे चिन्ता लिनसक्दैन । हङकङसामु जब कुनै ठूलो चुनौती तेर्सिन्छ । जस्तैः सन् १९९७ को एसियाली वित्तीय सङ्कट र अहिलेको कोभिड–१९ को महामारी, तब हङकङलाई पेइचिङले नै मद्दत गर्दै आएको छ ।
सामाजिक स्थायित्वविना आर्थिक प्रगति वा व्यक्तिगत स्वतन्त्रताको कुरा गर्नुको कुनै तुक छैन । हङकङमा उच्च तहको स्वायत्तता कायम राख्न त्यो महानगरमाथि चीनको सार्वभौम क्षेत्राधिकारको सम्मान गर्नुपर्छ ।
भविष्यमा पनि पेइचिङ हङकङको दिगो शान्ति र आर्थिक महत्व रक्षा गर्न ‘एक देश, दुई प्रणाली’को विस्तृत र उचित कार्यान्वयनको नीतिमा अडिग रहनेछ ।
पेइचिङको सहायतामा हङकङ संसारकै प्रमुख वित्तीय केन्द्र र स्वतन्त्र व्यापार बन्दरगाहको रूपमा चम्किरहनेछ । साथै सुरक्षित र आकर्षक हङकङको विकासको अवसरलाई विश्व समुदायले भरपूर उपयोग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *