आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
देशको राजनीति सत्ता समीकरणमा जोडेको छ । यो घटनाक्रमले सिर्जना गरेको परिवेश हो । सत्ता समीकरण या नयाँ सरकार गठनको क्रममा बहुमत पु¥याउन सांसद खरिद बिक्रीको चर्चा पनि भयो । तर, अहिले सांसद खरिद बिक्रीको मात्र होइन सरकारमा सामेल हुन कुनै दल विभाजन पो हुने हो कि भन्ने विश्लेषण पनि हुन थालेको छ । एमाले र माओवादी केन्द्रका नेताहरू जसपाका सांसदहरू तान्न गृहकार्यमा जुटेका छन् । सरकारमा सामेल हुन पाएपछि या मन्त्री बन्न पाउने भएपछि दल, सिद्धान्त र विचारको ख्याल नगर्ने सांसदहरू यस्तै मेसोमा अवसर खोज्छन् र मन्त्री हुन पल्कन्छन् । यति बेला जसपाको बढी चर्चा भइरहेको छ । समाचारका शीर्षकहरू नै ‘तानातानमा जसपा’ रहेका छन् ।
सत्ता समीकरणलाई लिएर सत्तासीन दल एमाले र माओवादी केन्द्रका नेताहरू पनि जसपालाई केन्द्रित बनाएर गृहकार्यमा जुटेका छन् । एमाले र माओवादी केन्द्रका नेताहरू पालैपालो जसपाका नेताहरूसँग भेटघाटमा जुटेपछि उनीहरूको मत विभाजन भएको देखिन्छ । जसपाका केही नेताहरू ओलीको सरकारमा सामेल हुन चाहन्छन् भने कोही नेताहरू माओवादी पक्षमा देखिएका छ । सरकारमा सामेल हुने लोभले नै जसपा फुट्ने हो कि भन्ने आशङ्का पनि गरिन थालेको छ ।
नयाँ सरकार गठन गर्ने बेलामा होस् या सरकार ढाल्ने बेलामा किन नहोस् विगतका वर्षमा भारतको हात रहेको यथार्थ हो । नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको भारतले नेपालको आन्तरिक मामिलामा चासो नराख्ला भन्न सकिँदैन । यो बेला भारतले जसपालाई उपयोग गर्नसक्ने सम्भावना छ । धेरै दल मिलेर बनेको जसपाका नेताहरूमा फरक फरक विचार आउनु अस्वाभाविक होइन । एउटै पार्टी भए पनि अन्य कुनै दललाई समर्थन र विरोध गर्ने द्वैधचरित्रकै कारण पार्टी फुट्ने, पार्टी छोड्ने र सांसद खरिद बिक्री हुने सम्भावनालाई नकार्न सकिंदैन ।
Leave a Reply