भर्खरै :

चीन र अमेरिकाबीच उच्चस्तरीय रणनीतिक वार्ताबारे चीनको धारणा

पेइचिङ, १३ मार्च (सीआरआई) । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीच्यानले मार्च १२ तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीन र अमेरिकाबीच उच्चस्तरीय रणनीतिक वार्ताबारे चर्चा गर्नुभएको छ । उहाँका अनुसार, दुई पक्षले आपसी राजनीतिक इच्छा बुझेर आपसी समझदारी बढाउनुका साथै मतभेद नियन्त्रण गरेर दुई देशको सम्बन्ध उचित लिगमा फर्काउनुपर्छ ।
अमेरिकी ह्वाइटहाउसका प्रवक्ताका अनुसार, आगामी साता आयोजना हुने उच्चस्तरीय रणनीतिक वार्तामा अमेरिकाले हङकङ, सिनच्याङबारे कुराकानी गर्नेछ । सिनच्याङ र हङकङ मामिलाबारे चीनको अडान अविच्छिन्न र स्पष्ट रहेको प्रवक्ता चाउले बताउनुभएको छ । सिनच्याङको ढोका सधैं खुल्ला रहेको चीनले धेरैपटक दोहो¥याएको छ ।
हाल एक सत्न्दा बढी देशका कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय संस्थाका अधिकारी, संवाददाता तथा धार्मिक व्यक्तिलगायत करिब एक हजार दुई सयले सिनच्याङको भ्रमण गरेका छन् । उनीहरूले सिनच्याङको वास्तविक अवस्था थाहा पाएर पश्चिमा सञ्चार माध्यमको जानकारी र राजनीतिज्ञको आलोचनासँग पूर्णरूपमा भिन्न विचार व्यक्त गरेका छन् ।
हङकङ चीनको हङकङ हो र हङकङ मामिला चीनको आन्तरिक मामिला हो । कुनै देशले त्यसमाथि हस्तक्षेप गर्न सक्दैन । चीनले अमेरिकासँग हङकङ मामिला तथा चिनियाँ आन्तरिक मामिलामाथि हस्तक्षेप रोक्न ताकिता गरेको छ । चीनले आफ्नो सार्वभौमिकता, सुरक्षा तथा विकास फाइदाको सुदृढ रक्षा गर्ने प्रवक्ता चाउले व्यक्त गर्नुभएको छ ।
यसैबीच अन्तर्राष्ट्रिय परिस्थिति र चीनको कूटनीतिसम्बन्धी निलोपत्र मार्च १२ तारिख पैचिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय मामिला अनुसन्धानबाट सार्वजनिक भएको छ ।
उक्त निलोपत्रले सन् २०२० मा अकस्मात फैलिएको कोभिड–१९ को प्रभावबारे विश्लेषण गरेको छ । चिनियाँ अन्तर्राष्ट्रिय मामिला अनुसन्धानका प्रमुख स्यु पुले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा पाँच ध्यानाकर्षित विशेषता देखाइएको कुरा व्यक्त गर्नुभएको छ ।
पहिलो, बहु–ध्रुवीकरणको निरन्तर विकास गरेर अन्तर्राष्ट्रिय शक्तिको तुलनामा नयाँ परिवर्तन भएको छ ।
दोस्रो, ठूला देशको सम्बन्धका सामु नयाँ परिवर्तन देखा परेर अझ जटिल बन्दैछ ।
तेस्रो, क्षेत्रीय तातो मुद्दा छुट्टा–छुट्टै हुनुका साथै परम्परागत तथा गैरपरम्परागत सुरक्षा गाँसिएको छ ।
चौथो, विश्व अर्थतन्त्रको वृद्धि पुनःसुरू हुनुका साथै हल्का पुर्नस्थानको अपेक्षा बढेको छ ।
पाँचौँ, नयाँ वैज्ञानिक तथा प्राविधिक सुधार तयारी हुनुका साथै डिजिटल विभाजन निरन्तर बढ्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *