भक्तपुर नपा–१ मा विद्यालयस्तरीय फुटसल प्रतियोगिता सम्पन्न
- आश्विन ५, २०८३
भक्तपुर, २९ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिताको पहिलो दिन भक्तपुरको जगातीस्थित महेश्वरी बैँक्वेटमा सञ्चालित पहिलो राउन्डको खेलमा काठमाडौँ, ललितपुर मनपा, भीमेश्वर नपा र दमक नपाले विजयी सुरुआत गरेका छन् । ललितपुरका सजिन महर्जन, बद्रीलाल नेपाली, विलमलाल श्रेष्ठ र सुरोज महर्जनको टीमले सुपको गोदावरी नपालाई ४—० ले पराजित ग¥यो । काठमाडौँले तारकेश्वर नपालाई साढे तीनका विरुद्ध आधा अङ्कले हरायो । काठमाडौँका लागि केशव श्रेष्ठ, नविन तण्डुकार र राजेन्द्र बज्राचार्यले जितेका थिए भने रिजेन्द्र राजभण्डारीलाई १२ वर्षीय पुरुषोत्तम सिलवालले बराबरीमा रोके । गोकर्णेश्वर नपाले पोखरा मनपालाई ३—१ ले हराउन सफल भयो । गोकर्णेश्वरका पुण्यमान कर्माचार्य, जनार्दन श्रेष्ठ, भगवती शर्माले जिते भने राजभक्त कक्षपति पोखराका रामबहादुर क्षेत्रीसित हारे ।
स्वीस लिग ७ राउन्डको खेल हुने प्रतियोगितामा भीमेश्वर नपाले भक्तपुरको सूर्यविनायक नपालाई ३—१ ले हरायो । त्यसैगरी दमक नपाले बनेपा नपालाई ४—० ले हराएको थियो ।
त्यसैगरी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत १ नं. वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भएको भलिबल प्रतियोगिताको छात्रतर्पmको राउन्ड रविन (लिग)को खेलमा क्रमशः पद्म माविले वागीश्वरी माविलार्ई २५–१३, २५–२० ले, ख्वप माविले बासु माविलाई २५–२१, २५–१४ ले, पद्म माविले बासु माविलाई २५–१३, २५–१२ ले, ख्वप माविले वागीश्वरी माविलाई २५–१९, २५–२० ले पराजित गरेका थिए भने छात्रातर्पmको राउन्ड रविन (लिग) को खेलमा क्रमशः वागीश्वरी माविले हिमालयन ग्लोरी माविलाई २५–९, २५–१४ ले, पद्म माविले ख्वप माविलाई २५–१६, २५–१७ ले, पद्म माविले वागीश्वरी माविलाई २५–११, २५–११ ले, ख्वप माविले हिमालयन ग्लोरीलाई २५–९, २५–८ ले पराजित गरेका थिए ।
नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत २ नंं वडा समितिको आयोजनामा बासु माविमा भएको टेबुलटेनिस प्रतियोगिताको प्रथम चरणका खेलहरू आजबाट सञ्चालन भएका छन् ।
नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत ६ नं. वडा समितिको आयोजनामा भएको कराँते प्रतियोगितामा छात्रातर्पm तृतीय हुनेमा २० के.जी. तौल समूहमा मनिसा राई (साइनिङ्ग स्कूल), २५ के.जी. समूहमा रिजी त्यात (जेन्यूइन स्कूल) र गायत्री लामा (क्रियटिभ स्कूल), ३० के.जी. तौल समूहमा करुणा तामाङ (हंसबाहिनी स्कूल) र सुबी श्रेष्ठ (जेन्यूइन स्कूल), ३५ के.जी. तौल समूहमा प्रियन्सा तामाङ (साइनिङ्ग स्टुडेन्ट) र रिड्डी गाईजु (केयर किन्डर), ४० के.जी. तौल समूहमा कृष्मा ढुङ्गाना (क्रियटिभ स्कूल) र सजिना तामाङ (साइनिङ्ग स्टुडेन्ट), ४५ के.जी. तौल समूहमा विविशा तामाङ (सेक्रेड हार्ट) र युनिसा प्रजापति (माउन्ट भ्याली) तथा ५० के.जी. तौल समूहमा जिना सुवाल (हिमालयन स्कूल) र प्रतिभा गाईजु (माउन्ट भ्याली) रहेका थिए । कराँते प्रतियोगितामा छात्रतर्पm तृतीय हुनेमा २० के.जी. तौल समूहमा गजेन्द्र सिराडी (केयर किन्डर) र रासेस बासुकला (प्रभात ई. स्कूल), २५ के.जी. समूहमा दिपेज अवाल (विज्डम स्कूल) र गौरव पाण्डे (विद्या आर्जन), ३० के.जी. तौल समूहमा श्रीजन खोंजू (पारागन एकेडेमी) र कृष्ण ग्वाछा (वागीश्वरी मावि), ३५ के.जी. तौल समूहमा आभाष सुकमनी (पारागन) र रौनिक तामाङ (डेमोन्स), ४० के.जी. तौल समूहमा राज तामाङ (वागीश्वरी मावि) र शक्ति परियार (जागृति मावि), ४५ के.जी. तौल समूहमा धनराज विष्ट(बासु मावि) र रमिन मोक्ता (बासु मावि) तथा ५० के.जी. तौल समूहमा आभास बोहरा (वागीश्वरी मावि) र सुवास लामा (डेमोस) रहेका थिए ।
त्यसैगरी १० नं. वडा समितिको आयोजनामा सरस्वती विद्यागृहको प्राङ्गणमा भएको खो–खो प्रतियोगितामा शारदा माविले पारागन एकेडेमीलाई १२–११ ले, होली गार्डेन ई. स्कूलले बासु माविलाई १५–९ ले, विद्या आर्जन स्कूलले स्कलर्स होमलाई ७–५ ले, हिमालयन ग्लोरी ई स्कूलले जेन्यूइन ई. स्कूललाई ११–१० ले, वागीश्वरी माविले रोम्बस ई. स्कूललाई १५–२ तथा प्रभात ई. स्कूलले प्रोवेस ई. स्कूललाई १५–६ ले पराजित गरेको छ ।
Leave a Reply