भर्खरै :

ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई खोप दिन चीन इच्छुक

पेइचिङ, १३ मार्च (सीआरआई) । चीनले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँग सहकार्य गरी ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई नयाँ कोरोनाको खोप दिने इच्छा राखेको छ ।
चिनियाँ ओलम्पिक समितिले टोकियो ओलम्पिक खेलकुद, अपाङ्ग ओलम्पिक खेलकुद र पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई खोप दिने मैत्रीपूर्ण प्रस्ताव गरेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस वाहले चर्चा गर्नुभएको छ ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले मार्च १२ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त जानकारीको पुष्टि गर्नुभएको हो । उहाँका अनुसार, चीनले खोपको अन्तर्राष्ट्रिय सहकार्यलाई दृढताका साथ समर्थन गरेको छ । चिनियाँ खोपको सुरक्षा र प्रभावकारिता झन् झन् बढी देशबाट स्वीकार गरिँदैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *