क्यान्सर उपचार बन्द गर्न नहुने
- आश्विन ८, २०८३
मेसिनहरूको प्रयोग जति धेरै मात्रामा हुन्छ, त्यति नै त्यसको दक्षता बढ्छ । त्यस्तै नियमित व्यायामले पनि शरीरलाई स्वस्थ बनाउँछ । यसकारण शारीरिक व्यायाम गर्नु अति आवश्यक छ । व्यायाम गर्नुका धेरै फाइदा छन् – स्वास्थ्यमा सुधार ल्याउन, गम्भीर बिरामी हुनबाट जोगिन, तागतिलो र जाँगरिलो बनाउन, तौल घटाउन वा शरिरलाई राम्रो अवस्थामा राख्न, मुड र आत्मविश्वासमा सुधार ल्याउन आदि ।
शारीरिक सक्रियताले व्यक्तिको स्वास्थ्यप्रतिको दृष्टिकोण राम्रो हुन्छ । नियमितरूपमा व्यायाम गर्ने व्यक्तिको शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । सामान्य हिँडाइ पनि एक प्रकारको व्यायाम हो । व्यायामको कारण आत्मबल बढ्न गई मानिसलाई फूर्तिलो बनाउँछ । नियमित व्यायामले शरीरमा कोलेस्ट्रोलको मात्रामा पनि सुधार ल्याउँछ । शारीरिक व्यायामले हड्डीलाई मजबुट र सन्तुलित राख्न पनि मद्दत गर्छ । व्यायामले विकसित हुँदै गरेको क्यान्सरको जोखिमलाई पनि घटाउँछ भन्ने गरिन्छ ।
व्यायाम गर्न अल्छी मान्नेहरूमा शारीरिक थकान चाँडै हुन्छ । व्यायाम गर्ने व्यक्तिको शरीरमा बल र लामो समयसम्म कार्य गर्नसक्ने क्षमता हुन्छ ।
बिहान सबेरै व्यायाम गर्नाले हरेक व्यक्तिको मुड दिनभर राम्रो बनाउँछ । नियमित व्यायामले निद्रामा सुधार ल्याउँछ । व्यायामले हरेक व्यक्तिमा आत्मविश्वास पनि बढाउँछ । कोही व्यक्तिले नियमित व्यायाम गर्ने बानी बसाल्नुको कारण उसले आफूले आफूमा शारीरिक बलमा परिवर्तन आएको र भावनात्मक स्थितिमा सकारात्मक बदलाब भएको महसुस गरेको छ ।
तसर्थ हरेक व्यक्तिले आफूमा सकारात्मक ढङ्गले शारीरिक परिवर्तनका साथै मानसिक स्वास्थ्य राम्रो बनाउनको लागि व्यायाम गर्नु आवश्यक छ । व्यायामका उल्लेखित फाइदाहरू हामीले पढेर प्राप्त गर्नसक्दैनौँ । यसलाई नियमितरूपमा अभ्यास गरेर शारीरिक र मानसिक स्वास्थ्यमा आउने परिवर्तनलाई महसुस गर्नसक्छौँ ।
Leave a Reply