तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
दैलेख, ३ चैत । नेपाल मजदुर किसान पार्टीले दैलेख जिल्लाको ठाटीकाँधमा मङ्गलबार देशको समसामयिक राजनीतिक परिस्थितिबारे जनसभा तथा जुलुस प्रदर्शन भयो । नेमकिपा ठाटीकाँधको आयोजनामा भएको जनसभामा वक्ताहरूले समसामयिक राजनीतिक परिस्थितिबारे नेमकिपाको दृष्टिकोण प्रस्ट पार्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले देशमा राजनीतिक अस्थिरताको लागि साना दललाई दोष लगाउने शासक दलहरू नै झगडा आज देशमा अस्थिरताको मूल कारण बनेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीले चुनावमा बहुमत ल्याउँदैमा समाजमा आमूल परिवर्तन नहुने उदाहरण नेपाल पनि भएको बताउनुभयो । उहाँले समाजमा आमूल परिवर्तनको निम्ति व्यापक कामदार जनता राजनीतिकरूपमा सचेत बन्नुका साथै देश र विदेशको राजनीतिक परिस्थिति अनुकूल हुनुपर्ने प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले आर्थिक असमानताबाट पिरोलिएका महिलाहरू नै बलात्कार र हत्याजस्ता अपराधको शिकार बनेको बताउनुभयो ।
उहाँले स्थानीय तहले महिलाहरूको हितमा लगानी बढाउनुपर्नेमा जोड दिँदै कामदार महिलाको हितमा शिशुशाला र बालोद्यानहरू स्थापनामा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले शासक दलहरू कामदार जनता राजनीतिकरूपमा सचेत भएको हेर्न नचाहेको भन्दै समाजवादको स्थापनाबिना श्रमिक महिलाको मुक्ति सम्भव नभएको बताउनुभयो । उहाँले बलात्कारी र अपराधीलाई शासक दलहरूले नै राजनीतिक संरक्षण दिइरहेको चर्चा गर्नुभयो ।
“समाजवादी देश क्युवामा महिलालाई सुत्केरी भएपछि साढे चार महिना तलबसहित बिदाको सुविधा दिइन्छ । सबै क्षेत्रमा महिलाहरू अगाडि छन् । तर, नेपालमा सुत्केरी महिलाहरू व्यथा लागेको बेला समेत अस्पताल जान नसकेर अकाल ज्यान गुमाइरहेका छन्”, थापामगरले भन्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले एमसीसी परियोजना नेपाल र नेपाली जनताको हितमा नभएको चर्चा गर्दै एमसीसी सम्झौता पारित भए देश अमेरिकी साम्राज्यवादको चङ्गुलमा फस्ने धारणा राख्नुभयो ।
उहाँले नेपालका शासक दलका नेताहरूबीच सिक्किम भारतलाई बेच्ने नेता लेन्डुप दोर्जेजस्तै बन्ने प्रतिस्पर्धा भइरहेको धारणा राख्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य निरकबहादुर शाहीले भारतलाई सुविधाजनक सरकार बनाउन चाहने शासक दलका नेताहरू कसको पक्षमा भन्ने कुरा जनताले बुझ्न थालेको बताउनुभयो ।
नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवालले ग्रामीण क्षेत्रका महिलाहरूलाई उत्पादन श्रमसँग मिलाउन तालिम र व्यक्तित्व विकासमा समान अवसर दिनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपा ठाँटीकाँधका अध्यक्ष प्रेमबहादुर थापाको सभापतित्वमा भएको सभामा शिक्षक नरोत्तम थापा, कर्णबहादुर थापा, खड्गबहादुर कठायतलगायतले बोल्नुभएको थियो ।
Leave a Reply