स्तनपानसम्बन्धी सरोकारवाला निकायहरूलाई अभिमुखीकरण
- बैशाख ३१, २०८३
काठमाडौँ, ३ चैत । प्राध्यापक माणिकलाल श्रेष्ठको मङ्गलबार निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुरोगबाट पीडित श्रेष्ठको ८९ वर्षको उमेरमा उपचारको क्रममा नै सहिद गङ्गालाल हृदयरोग केन्द्रमा निधन भएको हो । वाम बुद्धिजीवीको रूपमा आफ्नो परिचय बनाउन सफल श्रेष्ठ विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । विसं १९८९ असोज २७ गते काठमाडौँको थँहिति टोलमा आमा लक्ष्मीकुमारी र पिता सुब्बा हीरालाल श्रेष्ठका माहिला छोराको रूपमा जन्मिनुभएका श्रेष्ठ चार वर्षको उमेरमै सहिद चिनियालाल सिंह र उनका दाजु फत्तेबहादुर सिंहले चलाउनुभएको ऐतिहासिक विद्यालय महावीर इन्स्टिच्युटमा भर्ना भई औपचारिक शिक्षा आरम्भ गर्नुभएको थियो । तात्कालीन समयका क्रान्तिकारीहरू सहिद गंगालाल, शहीद चिनियालाल सिंह, कवि सिद्धिचरण श्रेष्ठ, पूर्णबहादुर मानव, टङ्कविलास बज्राचार्य आदि गुरुहरूबाट उहाँले शिक्षार्जन गर्नुभयो । राणा प्रधानमन्त्री पद्म शमशेरको पालामा उहाँले एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । त्यसपछि उहाँ त्रिचन्द्र कलेजमा उच्च अध्ययन गर्नुभयो भने पब्लिक स्कूल र माधवप्रसाद राजभण्डारी प्रधानाध्यापक रहेको नेपाल आदर्श विद्यालयमा शिक्षक बन्नुभयो । त्रिचन्द्र कलेजबाट बीएस्सी उत्तीर्ण गरेपछि उहाँले घरमै बसेर आईए र बीए उत्तीर्ण गर्नुभयो । उहाँले अङ्ग्रेजी भाषा र कानुनको उच्च अध्ययन गर्नुभएको छ ।
वामपन्थी आन्दोलनबारे मिहीनरूपमा अध्ययन गर्नुभएका श्रेष्ठ माक्र्सवादको राम्रो जानकार हुनुहुन्थ्यो । आÇनो विषयका अलावा तीक्ष्ण स्मरणशक्तिका धनी श्रेष्ठ नेपाललगायत विश्व इतिहासको तिथिमितिसमेत यकिनका साथ बताउन सक्ने क्षमता राख्नुहुन्थ्यो । माक्र्सवाद–लेनिनवाद र विभिन्न देशका क्रान्तिकारीबारे गहन अध्ययन गर्नुभएका श्रेष्ठले इतिहासको पनि गहिरो अनुसन्धान गर्नुभएको छ ।
विसं २०१४ मा साविकको काठमाडौँ नगरपालिका–९ (हाल वडा नं १७) ठँहिटीको वडाध्यक्षमा निर्वाचित हुनुभएका श्रेष्ठले मातृभाषाको संरक्षण र संवद्र्धनमा विशेष भूमिका खेल्नुभएको थियो । उहाँकै पहलमा काठमाडौँ महानगरभित्रका स्थानीय तहमा मातृभाषा शिक्षा लागू गराउनुभएको थियो । वामपन्थी आन्दोलनमा लागेका कारण पटकपटक जेल जीवन एवं हिरासतमा समेत पर्नुभएका श्रेष्ठ निर्भिक बौद्धिक व्यक्तिको रूपमा चिनिनुहुन्छ ।
त्रिचन्द्र क्याम्पसमा प्राध्यापनरत छँदा कम्युनिस्ट भएकै कारण गिरÇतारीमा परेर थुनिएसँगै उहाँलाई सेवाबाट बर्खास्त गरिएको थियो । त्रिभुवन विश्वविद्यालयमा नेपालभाषा केन्द्रीय विभागमा पाश्चात्य समालोचना विषयमा प्राध्यापन गर्नुभएका श्रेष्ठ विज्ञान, कानुन, इतिहास तथा मातृभाषाको अभियन्ताका रूपमा चिनिनुहुन्थ्यो ।
सयौँ विचरोत्तेजक लेख तथा आलेखका लेखक श्रेष्ठका ‘पाश्चात्य समालोचना सिद्धान्त’ नामक पुस्तक, मानव समाजको विकासबारे माक्र्सवादी दृष्टिकोण, जापानी कथाहरूको अनुवाद आदि पुस्तक प्रकाशित छन् । माणिकलालको पत्नी सुशीला सिंह ‘शिलु’ सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीशसमेत हुनुहुन्थ्यो । उहाँको गत जेठ ९ गते निधन भएको थियो । उहाँका दुई छोरा हुनुहुन्छ ।
Leave a Reply