निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौं, ४ जेठ । नेपाल मजदुर किसान पार्टीले रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका एवं कञ्चन गाउँपालिकामा प्रमुख तथा अध्यक्ष लगायतका पदहरूमा उम्मेदवारी दिएको छ ।
बुटवल उप–महानगरपालिकाको प्रमुखमा हरिसुन्दर वासी, १ नं. वडाध्यक्षमा प्रदीपकुमार राय र ९ नं. वडाध्यक्षमा रामचन्द्र श्रेष्ठ, तिलोत्तमा नगरपालिकाको प्रमुखमा तुल्सा विक, उपप्रमुखमा उत्तम पोख्रेल, ३ नं. वडाध्यक्षमा पदम रसाइली, ५ नं. वडाध्यक्षमा प्रवीण नेपाली र ६ नं. वडाध्यक्षमा पार्वती विक, लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा सुशीला पौडेल, देवदह नगरपालिकाको प्रमुखमा युवराज विक तथा कञ्चन गाउँपालिकाको अध्यक्षमा नेत्र नेपालीलाई नेपाल मजदुर किसान पार्टीले उम्मेदवार उठाएको छ ।
बुटवल उप–महानगरपालिकाको उम्मेदवारी दर्तापछि ट्राफिकचोकमा आयोजित कोणसभामा प्रमुख पदका उम्मेदवार एवं नेमकिपा रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले बुटवल नगरपालिकाको सम्पति र कार्यक्षेत्र निजीकरण गर्ने नवउदारवादी नीति तथा बुटवलमा भारतीय सेनाको क्याम्प ल्याउने देशघाती निर्णयविरुद्ध नेमकिपाको मादल चिह्नमा मतदान गर्न आह्वान गर्नुभयो ।
तिलोत्तममा नगरपालिकाको उम्मेदवारी दर्तापछि पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिंदै प्रमुख पदका उम्मेदवार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ रुपन्देहीका उपाध्यक्ष तुल्सा विकले नेमकिपाका प्रतिनिधिहरू जितेपछि तिलोत्तमा आफैले फोहरमैला व्यवस्थापन गर्ने, कलेज तथा अस्पताल सञ्चालन गरेर सस्तो गुणस्तरीय शिक्षा तथा स्वास्थ्य व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी कैलालीको धनगढी नगरपालिकामा प्रमुखमा सुर्जन तिवारी र उपप्रमुखमा नन्दाकुमार दर्लामी मगरले उम्मेदवारी दिनुभएको छ ।
कैलालीकै टीकापुर नगरपालिकामा प्रमुखमा मेघलाल धिताल र उपप्रमुखमा लक्ष्मीकुमारी पोखरेलले उम्मेदवारी दिनुभएको छ । कैलालीकै लम्कीचुहा नगरपालिकाको प्रमुखमा रमेशकुमार रावल र उपप्रमुखमा लक्ष्मी पुनमगरले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै कैलालीको जनकी गाउँपालिकामा अध्यक्षमा गगनबहादुर थापामगर र उपाध्यक्षमा पुण्यकुमारी न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा नेमकिपाले प्रमुखमा विनोदबहादुर वलि, उपप्रमुखमा मञ्जु चौधरीले मनोनयन दर्ता गर्नुभएको छ । सोही नपाको वडा नं १० मा मनबहादुर खत्रीले वडाध्यक्षमा, डम्वर खत्रीले महिला सदस्यमा, भरत थारु र जगमती चौधरीले सदस्यमा मनोनयन गर्दा गर्नुभएको छ । त्यस्तै वडा नं ११ मा सीताकुमारी थारुले महिला सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सोलुखुम्वुको दूधकुण्ड नगरपालिकामा पूर्णबहादुर मगरले प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । सोही नपाको वडा नं ८ मा कमलबहादुर मगरले वडाध्यक्षमा र मोहनबहादुर मगर र सरस्वती मगरले सदस्यमा मनोनयन दर्ता गर्नुभएको छ ।
नेमकिपाले मोरङ जिल्लाको विराटनगर महानगरपालिकाको वडा नं १ मा रणुका भट्टराईको नेतृत्वमा उम्मेदवारी दिएको छ । त्यस्तै बुढीगंगा गाउँपालिकामा अध्यक्षमा देवीमाया विक र उपाध्यक्षमा उमालाल खवासले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोही गापाको वडा नं १ र ३ मा राजुलाल खड्का र सुरेन्द्र सापकोटाको नेतृत्वमा उम्मेदवारी दिइएको छ । त्यस्तै ग्रामथान गाउँपालिकाको वडा नं ४मा धमनी थारु र वडा नं ५ मा जयराम थारुको नेतृत्वमा नेमकिपाले उम्मेदवारी दिएको छ ।
नेमकिपाका तर्फबाट कोहलपुर नगरपालिकाको मेयर तथा उपमेयर पदमा क्रमशः सुरेश लाल थारु र जर्मकन्या रोकायले उम्मेदवारी दिनुभएको छ । त्यस्तै खजुरा गाउँपालिकाको अध्यक्ष पदमा पशुपतिनाथ योगीले उम्मेदवारी दिनुभएको छ ।
Leave a Reply