निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
नेपाल मजदुर किसान पार्टीले रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, देवदह नगरपालिका एवं कञ्चन गाउँपालिकामा प्रमुख / अध्यक्ष लगायतका पदहरुमा उम्मेदवारी दिएको छ ।
बुटवल उपमहानगरपालिकाको प्रमुखमा हरिसुन्दर वासी, १ नं. वडाध्यक्षमा प्रदीपकुमार राय र ९ नं. वडाध्यक्षमा रामचन्द्र श्रेष्ठ, तिलोत्तमा नगरपालिकाको प्रमुखमा तुल्सा विक, उपप्रमुखमा उत्तम पोख्रेल, ३ नं. वडाध्यक्षमा पदम रसाइली, ५ नं. वडाध्यक्षमा प्रवीण नेपाली र ६ नं. वडाध्यक्षमा पावर्ती विक, लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुखमा सुशीला पौडेल, देवदह नगरपालिकाको प्रमुखमा युवराज विक तथा कञ्चन गाउँपालिकाको अध्यक्षमा नेत्र नेपालीलाई नेपाल मजदुर किसान पार्टीले उम्मेदवार उठाएको छ ।
बुटवल उपमहानगरपालिकाको उम्मेदवारी दर्तापछि ट्राफिकचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रमुख पदका उम्मेदवार नेमकिपा रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासी बुटवल नगरपालिकाको सम्पति र कार्यक्षेत्र निजीकरण गर्ने नवउदारवादी नीति तथा बुटवलमा भारतीय सेनाको क्याम्प ल्याउने देशघाती निर्णयविरुद्ध नेमकिपाको मादल चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो ।
तिलोत्तममा नगरपालिकाको उम्मेदवारी दर्तापछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै प्रमुख पदका उम्मेदवार नेपाल क्रान्तिकारी विद्यार्थी संघ रुपन्देहीका उपाध्यक्ष तुल्सा विकले नेमकिपाका प्रतिनिधिहरु जितेपछि तिलोत्तमा आफैले फोहरमैला व्यवस्थापन गर्ने, कलेज तथा अस्पताल सञ्चालन गरेर सस्तो गुणस्तरीय शिक्षा तथा स्वास्थ्य व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
Leave a Reply