रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
महेन्द्रनगर, ६ चैत । नेपाल मजदुर किसान पार्टी कञ्चनपुर जिल्ला तदर्थ समितिको आयोजनामा शुक्रबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पुँजीवादी व्यवस्था अन्यायपूर्ण र विभेदकारी व्यवस्था भएको बताउनुभयो ।
समाजवादी व्यवस्थाले मात्र कामदार जनताको भलो गर्ने धारणा राख्दै उहाँले उत्पादनका साधन र स्रोत सामाजिकीकरण, शिक्षा–स्वास्थ्य निःशुल्क, योग्यताअनुसारका काम र कामअनुसारको ज्याला, ज्येष्ठ नागरिकहरूलाई आदर निकेतनको व्यवस्था समाजवादमा हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिकरूपमा सचेत नहुँदा गरिब कामदार जनताले समेत पुँजीवादी दलहरूलाई साथ र सहयोग गरिरहेका छन् ।”
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले शासक दलहरूको अकर्मण्यता र सत्तालोलुप भावनाको कारण देशको सार्वभौमसत्ता कमजोर बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भूगोल र जनसङ्ख्याको आधारमा कुनै पनि देशलाई बलियो र कमजोर भन्न मिल्दैन । प्रजग कोरिया क्षेत्रफल र जनसङ्ख्या दुवैमा संरा अमेरिकाभन्दा निकै सानो छ । तर, आफ्नो देशको सार्वभौमसत्ता जोगाउने विषयमा कोरियाली सरकार र कोरियाली मजदुर पार्टीको नेतृत्वमा सबै कोरियाली जनता एकजुट भई साम्राज्यवादी शक्तिविरूद्ध लड्न तयार छन् । अमेरिकी साम्राज्यवाद कोरियाली जनताको वीरताबाट तर्सिरहेको छ ।”
वर्तमान शासक दलको गैरजिम्मेवारीपन, भ्रष्टाचार र कमिसनखोर प्रवृत्तिको कारण देश विकास गर्न नसकेको धारणा राख्दै केन्द्रीय सदस्य ज्याख्वले नयाँ पुस्तालाई भविष्यप्रति आशावादी बन्न राजनीतिकरूपमा अभिप्रेरित गर्नु आवश्यक रहेको बताउनुभयो ।
नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष एवम् पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले राजनीति भनेको विचार र सिद्धान्तको आधारमा देश र जनताको पक्षमा सेवा गर्ने हो भन्नुभयो ।
काम गरेर खाने या श्रममा बाँच्ने जनताको समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपा स्थापना भएको धारणा राख्दै उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्था भनेको धन हुनेहरूले धन हुनेहरूका लागि काम गर्ने राज्य व्यवस्था हो ।”
महिलालाई बलात्कार गरी हत्या गर्ने जघन्य अपराधीहरूलाई फाँसीको व्यवस्था हुनुपर्ने माग उहाँले गर्नुभयो ।
केन्द्रीय अध्यक्ष थापामगरले भन्नुभयो, “नेपाल–भारत सीमा नियमित गर्नुपर्छ । सिमानामा बस्ने नेपाली जनता साहसपूर्वक आफ्नो देशको अतिक्रमित भूमि फिर्ताको लागि बलिदानी दिइरहेका छन् तर सरकार मौन बस्छ ।”
नेमकिपा कञ्चनपुरका संयोजक दलबहादुर बोहराको सभापतित्वमा भएको उक्त कार्यक्रममा रतनबहादुर खड्का, परमानन्द भट्टलगायतले बोल्नुभएको थियो । कार्यक्रममा परिचयात्मक कार्यक्रम पनि भएको थियो ।
Leave a Reply