रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
काठमाडौं, ६ चैत । नेपालको सैनिक इतिहासका ज्ञाता तथा नेपाली सेनाका पूर्व उपरथी डा. प्रेमसिंह बस्न्यातका दुई कृति शुक्रबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक भयो ।
बस्न्यातका ‘नेपालका गढी–किल्ला दर्पण (सैनिक इतिहास)’ र ‘ःष्ष्तिबचथ ज्ष्कतयचथ बलम ज्भचष्तबनभ या ल्भउब’ि को नेपाल सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले विमोचन गर्नुभएको हो ।
लेखक बस्न्यातले गत वर्ष नेपाल र भारतका कुल ७९ वटा सैनिक किल्ला र गढीको भ्रमण गरी तिनको परिचय, इतिहास र अवस्थामा आधारित रही दुई पुस्तक लेख्नुभएको हो । पुस्तकमा नेपालको सीमाभित्र रहेका ६९ र हाल भारतको भूमिमा अवस्थित दस वटा किल्ला र गढीको अवस्थाबारे पुस्तकमा चर्चा गरिएको छ । लेखकले स्थलगत भ्रमणमा आधारित रही लेखिएको पुस्तकमा इतिहासका सैनिक वीरहरूका सन्ततिको विषयमा पनि चर्चा गर्नुभएको छ ।
कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले इतिहासमा नेपाल सेनाले शत्रुसँग लड्न प्रयोग गरेको किल्ला र गढीहरूको संरक्षणको लागि ‘एकीकरण मार्ग’ को अवधारणाअन्तर्गत काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा लेखक बस्न्यातले ऐतिहासिक सैनिक गढी र किल्लाको संरक्षणको आवश्यकतामा जोड दिनुभयो । उहाँले इतिहास बोकेका कतिपय गढीहरू मासिएको र कतै ‘आलुबारी घेर्न पर्खाल लगाएजस्तो’ बनाइएकोमा दुःख व्यक्त गर्नुुभयो ।
पुरातत्व विभागले गढी किल्लाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
विमोचित पुस्तकमाथि टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. धनबहादुर कुँवरले इतिहासमा विदेशी शक्तिविरुद्ध लड्न टेवा पु¥याएका सैनिक किल्लाको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सैनिक क्षेत्रमा लागेका व्यक्तिबाटै सैनिक इतिहास लेखिनु उपयुक्त भएको बताउनुभयो ।
लेखक सौरभले पुस्तकको समीक्षा गर्दै नेपालको ‘एकीकरणकाल’को अध्ययनको लागि बस्न्यातको पुस्तक उपयोगी भएको बताउनुभयो । लेखक स्वयम् घटनास्थलमा पुगेर अध्ययन गरेर लेखेको पुस्तक भएकोले पुस्तक अझ अध्ययनयोग्य र सङ्ग्रहणीय भएको उहाँको भनाइ थियो ।
नेपाली सेनाका पूर्वउपरथी केशरबहादुर भण्डारीले बस्न्यातले नेपालका सैनिक किल्ला र गढीका श्रव्यदृश्य निर्माण गर्नु भावी पुस्ताको लागि निकै उपयोगी हुने धारणा राख्नुभयो ।
श्रीपाली बस्न्यात समाज नेपालको आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष डा. निरञ्जन बस्नेत, वीरभक्ति थापा प्रतिष्ठानका अध्यक्ष रोहित थापा, विष्णु बस्नेतलगायतले बोल्नुभएको थियो ।
Leave a Reply