जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
नयाँदिल्ली, १० चैत (सिन्ह्वा) । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार दिएको जानकारी दिएको छ ।
सोही अवधीमा यहाँ ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार ७९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल सङ्क्रमितमध्ये तीन लाख ४५ हजार ६४६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड ११ लाख ८१ हजार २५३ जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ८० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ५० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । सोमबार एकै दिनमा १० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।
Leave a Reply