भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
काठमाडौँ, ६ असार । राष्ट्रिय प्रजातन्त्रका नेता इन्द्रप्रसाद ढुङ्गेलको आज बिहान ७३ वर्षका उमेरमा निधन भएको छ ।
उहाँ पेट र मधुमेह रोगसम्बन्धी समस्याले चाबहिलस्थित ॐ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । विसं २००७ मा नेपाली काँग्रेसमा प्रवेश गरी राजनीतिक गतिविधि सुरु गर्नुभएका ढुङ्गेलले प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँले सिन्धुली जिल्ला पञ्चायत सभापति तथा विज्ञान र प्रविधि राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ राप्रपाका संस्थापक नेता हुनुहुन्छ । उहाँका श्रीमती, दुई छोरा र पाँच छोरी हुनुहन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । रासस
Leave a Reply