भर्खरै :

भक्तपुर नगरपालिकाद्वारा अनियमित निर्माण भत्काउन सुरू

भक्तपुर, ६ असार । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र मापदण्डविपरीत अनियमित रूपमा बनाइएका संरचनाहरू भत्काउन सुरू गरेको छ ।
यसै क्रममा वडा नं. १० यातु महादेवस्थानमा सानीकान्छी गिरीले सडक मापदण्डमा पर्नेगरी अनियमित ढङ्गबाट निर्माण गरेको टहरा नगरपालिकाले मङ्गलबार भत्काएको छ ।
नगरपालिकामा जननिर्वाचित प्रतिनिधिहरूको बहालीसँगै मापदण्डलाई कडाइका साथ पालना गराउने नीति लिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । नगरलाई व्यवस्थित बनाई यातायात सुविधालाई सहज बनाउने ध्येयले सडक मापदण्डलाई विशेष ध्यान दिएको उल्लेख गर्दै प्रमुख प्रजापतिले मापदण्डमा पर्ने गरी निर्माण गरिएका, नगरपालिकाको स्वीकृतिविना बनाइएका, नक्सापासभन्दा फरक हुने गरी निर्माण गरिएका संरचनाहरूलाई कारबाही गर्ने प्रस्ट पार्नुभयो । उहाँले नगरवासीहरूलाई अनियमित ढङ्गबाट कुनै पनि निर्माण कार्य नगर्न आग्रह गर्नुपर्ने तर नगरपालिकाको आग्रहलाई बारम्बार अतेर गर्नेलाई कानुनबमोजिम कारबाही गर्न पछि नपर्न नगरपालिकाका निरीक्षकहरूलाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *