साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
पृष्ठभूमि
मार्च १६, २०२१ को दिन जर्जिया राज्यको मुख्य सहर एटलान्टामा २१ वर्षीय एक श्वेत युवकले तिनका विभिन्न मसाज पार्लरमा गोली हानी ८ जनाको हत्या गरे । हत्या हुनेमा ३० देखि ७० वर्षसम्मका ७ महिला, एक पुरुष र ७ महिलामध्ये ६ जना एसियाली अमेरिकी रहेका छन् । घटनास्थलभन्दा करिब १५० माइल टाढा अभिभावकको सहयोगमा अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
जनवरी २०२१ मा थाइल्यान्डबाट परिवार भेट्न आएका ८४ वर्षीय वृद्ध भिया रतनपाक्देलाई बिहानी यात्रामा निस्केको बेला एक युवकले भौतिक आक्रमण गरी घाइते बनाए र भोलिपल्ट क्यालिफोर्नियाको सानफ्रान्सिस्को अस्पतालमा ब्रेन ह्यामेरिज भई मृत घोषित भए ।
२०२० को राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक चरणका उम्मेदवारAndrew yang जो Chinese origin का हुन् उनले उम्मेदवारी बखत एक खाद्यान्न पसलमा श्रीमतीसँगै रहेको बेला अन्य केही ग्राहकले आफूलाई एसियाली भएकै आधारमा अपशब्द बोलिएको बताएका थिए ।
मार्च ७, २०२१ मा सानफ्रान्सिस्कोमा नेपाली उबर चालक शुभकर खड्कामाथि यात्रु युवतीहरूले अपमानसहित धरपकड गरे । यात्रुमध्ये २ युवती अहिले कारागारमा छन् । चालकले यात्रुलाई मास्क लगाउन आग्रह गर्दा यो घटना भएको थियो ।
यही हप्ता न्युयोर्क राज्यमा नेपाली लिफ्ट चालक आशिष सापकोटालाई यात्रारत अफ्रिकी अमेरिकी यात्रुले हातपात गरेका छन् । यात्रु र उनकी केटी साथीबीच हातपात भएपछि उनले आफ्नो गाडीमा त्यसो नगर्न आग्रह गर्दा आफूमाथि हातपात भएको चालकले बताएका छन् ।
यो लेख तयार पार्दै गर्दा कोलोराडो एक खाद्यान्न पसल सुपर मार्केटमा गोली चलाई १० जनाको हत्या भएको छ ।
यी माथिका घटनाहरू २०२० को कोरोना भाइरस महामारी पश्चात् अमेरिकामा एसियाली अमेरिकीमाथि भएका केही प्रतिनिधि घटनाहरूमात्र हुन् । एएएफएआइ भन्ने एसिया अमेरिकामाथि हुने अपहेलनाविरुद्ध लड्ने संस्थाको तथ्याङ्कअनुसार २०२०–२१ मा विगत वर्षहरूभन्दा ८६७ प्रतिशत बढीले एसियाली अमेरिकीमाथि दुव्र्यवहार बढेको छ ।
त्यसो त महामारीकै बीचमा अफ्रिकीमाथि हुने हत्या हिंसाविरुद्ध Black lives Matter आन्दोलनले चर्काे रूप लियो । देशव्यापी प्रदर्शनहरू भए । सबै जातजाति र वर्गका मानिसहरूले ऐक्यबद्धता जनाए तर आन्दोलन कहाँ, कसरी र कहिले अन्त्य भयो कसैले पत्तो पाएनन् । त्यसपछि पनि प्रहरीबाट अफ्रिकी अमेरिकी मारिने क्रम रोकिएको छैन । ब्रिसोना टेलर (Brionna Taylor) लाई उनकै अपार्टमेन्टमा गएर प्रहरीले गोली हानी हत्या ग¥यो भने त्यस्ता धेरै पात्र छन् जसले सुरक्षाकर्मीको हातबाट ज्यान गुमाएका छन् ।
स्पष्ट नीति नेतृत्व र उद्देश्यबिना सञ्चालित आन्दोलन तुहिने निश्चित छ । त्यसैले Black lives matter पनि ‘दुई दिनको रमझम’ बाहेक केही तात्विक भिन्नता ल्याउन सकेन ।
तर पछिल्लो समयमा एसियाली–अमेरिकीमाथिको ज्यादती र अफ्रिकी–अमेरिकीमाथिको ज्यादतीलाई एउटै तुलोमा हालेर जोख्नु बुद्धिमत्ता हुँदैन । अफ्रिकी–अमेरिकीमाथि मुख्यतया राज्य वा सुरक्षाकर्मीको असावधानी एवम् जातीय मानसिकताबाट दमन भइरहेको छ भने एसियाली अमेरिकनमाथि हिँड्दा बाटो वा सार्वजनिक स्थलहरूमा जताततै ज्यादति भइरहेका छन् ।
को हुन् एसियाली–अमेरिकी ?
अमेरिका आफैमा धेरै लामो इतिहास भएको देश होइन । १४ औँ शताब्दीमा कोलम्बसले पत्ता लगाएको अमेरिकामा त्यसपश्चात् यसलाई स्पेनकै एक भागको रूपमा मानिएको थियो । पछि सन् १७७६ जुलाई ४ मा मात्र यस भूमिलाई स्वतन्त्ररूपमा संयुक्त राज्य अमेरिका भन्न थालिएको हो । यस हिसाबले बहुसङ्ख्यक अमेरिकीहरू आप्रवासी नै हुन् कोही नयाँ होलान् त कोही पुराना । उदाहरणका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका हजुरबा जर्मन नागरिक थिए भने उनकी श्रीमती (मेलानिया ट्रम्प) ले विवाहपश्चात् अमेरिकी नागरिकता प्राप्त गरेकी हुन् ।
सन् १८५० को दशकमा सर्वप्रथम आप्रवासीको रूपमा केही चिनियाँ कामदारहरू अमेरिका आएको पाइन्छ । सुन खानीमा काम गर्न सस्तो ज्यालामा काम गर्ने मानिसको खोजी गर्दै चिनियाँ नागरिकहरूलाई ल्याएको र उनीहरूलाई सुनखानी र रेल विभागमा सस्तो ज्यालामा काम लगाउने गरेको पाइन्छ । १९ औँ शताब्दीको मध्यतिर रेल विभागमा काम गर्ने ३ चिनियाँ नागरिकलाई एक श्वेत नागरिकले हत्या गरेको र त्यसविरुद्ध चिनियाँ नागरिकहरू न्याय माग्न जाँदा गोरा अमेरिकीविरुद्ध चिनियाँ नागरिकले मुद्दा हाल्न नपाउने भनी त्यसै फर्काएको इतिहास पढ्न पाइन्छ ।
सामान्यतयाः मङ्गोल अनुहारका एसियालीहरू (चिनियाँ, कोरियाली, जापानी आदि) लाई एसियाली भन्ने गरिन्छ । अमेरिकामा भने भारतीय, नेपाली, बङ्गलादेशी, पाकिस्तानीलाई दक्षिण एसियाली वा भारतीय भनेरै बुझ्ने गर्छन् यहाँका मानिसहरू त्यस्तै खाडी मुलुकलाई Middle east भनेर चिन्ने गरिन्छ । तर, समग्रमा एसिया महादेशबाट अमेरिका आई बसोबास गर्ने आम मानिसहरू नै एसियाली अमेरिकी भनेर चिनिन्छन् ।
किन भइरहन्छ एसियाली–अमेरिकीमाथि ज्यादती ?
अमेरिका आप्रवासीहरूको देश हो । यहाँ लगभग संसारको हरेक ठाउँबाट मानिसहरू आएका छन् । ल्याटिन अमेरिकामा सबभन्दा धेरै आप्रवासी छन् भने त्यसपछि अफ्रिका र एसियाबाट ।
बितेका केही दशकहरूमा एसियाली–अमेरिकीले अमेरिकाको मूलधारमा उल्लेख्य सफलता हासिल गरेका छन् । साहित्यतर्फको पुलित्जर पुरस्कार (Pulitzer Prize) देखि हलिउडका पपुलर फिल्मी अवार्ड एसियालीहरूले पाएका छन् । नामुद वैज्ञानिकदेखि हालै उपराष्ट्रपतिसम्म एसियाली–अमेरिकी नागरिक भइसकेका छन् जुन यहाँको एक वर्गलाई मन नपरेको हुनसक्छ । कामप्रति इमानदार, उद्देश्यमा दृढ र क्षमतामा निखारताका कारण एसियालीहरूले सफलता प्राप्त गरेका छन् । त्यसैले एसियालीहरूलाई नमुना आप्रवासी पनि भनिन्छ । सन् २०१८ को गोल्डेन ग्लोब्स अवार्ड जितेपछि सुप्रसिद्ध नायिका स्यान्ड्रा ओले आफूलाई एसियाली भएकोमा गर्व रहेको कुरा त्यही समारोहमा भनिरहँदा सभाहलमा सन्नाता छाएको थियो भने केही दिनसम्म समाचारको लागि मसला पनि बनेको थियो ।
एसियाली–अमेरिकीमाथिको आक्रमण धेरै पुरानो हो त्यो भौतिक, आर्थिक, मानसिक वा राजनैतिक विभिन्न तरिकाबाट किन नहोस् तर हाल चाहिँ यो उल्लेख्यरूपमा वृद्धि भएको पाइन्छ । जब सन् २०२० मा कोरोना रोगको महामारी फैलियो त्यतिबेलाका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई चाइनिज भाइरस र चीनले संसारभर यो भाइरस फैलाएको र चिनियाँ प्रयोगशाला यो भाइरस बताएको जस्ता भ्रमात्मक अभिव्यक्ति दिए । जून अभिव्यक्ति कति मानिसलाई सही लाग्यो र एसियाली अनुहार देख्नेबित्तिकै घृणाको दृष्टिले हेर्न थाले ।
नेता र नेतृत्वको एक वचनले कति फरक पार्छ भन्ने कुराको एक उदाहरण यो पनि हो । नेपालमा पनि हाल नेताहरू एक अर्कामा आँखा चिम्लेर हिलो छ्याछ्याप गरिरहेका छन् यसबाट आम जनता र नयाँ पुस्तालाई के सन्देश दिन खोजेको हो, प्रस्ट हुनु जरुरी छ ।
कम ज्यालामा गुणस्तरीय काम गर्न सक्ने, छिटो छिटो प्रगति गर्ने र अन्ततः आफूमाथि नै शासन (प्रशासन) चलाउने क्षमता भएका एसियालीहरू धेरैलाई मन नपरेको यथार्थबीच कोभिड–१९ र ट्रम्पको भ्रमपूर्ण अभिव्यक्तिले मलजल गरेकोमा दुईमत छैन ।
समाधान के त ?
एक अर्बभन्दा बढी जनसङ्ख्या भएको अमेरिकामा एसियाली–अमेरिकीहरू त्यसको ५ प्रतिशतमात्र छन् । अपल्सङ्ख्यामा रहेको यो समुदायबाट Black lives Matter जस्तो ठूलो आन्दोलनको अपेक्षा गर्न सकिन्न तर यो समस्याको समाधान के त ? भनेर बहस भने गर्नु जरुरी छ ।
एसियाली तथा प्रशान्त क्षेत्रीय जनताविरुद्ध हुने दमनको विरुद्धमा आवाज उठाउन एएपीआई भन्ने संस्था छ, जसको वेभसाइटमा गएर आफूमाथि केही भएको भए जानकारी गराउन सकिन्छ ।
अहिले विशेषगरी हामीले ध्यान दिनुपर्ने हाम्रो दोस्रो पुस्तालाई यी घटनाहरूको नकारात्मक असर त परिरहेको छैन ? उनीहरूलाई यसबारे जानकारी दिने, कुराकानी गर्ने र यदि उनीहरूको विद्यालय वा अन्य ठाउँमा कुन खालको दुव्र्यवहारमा परेको भए सुन्ने र सम्बन्धित विद्यालय वा अन्य गुनासो गर्ने ठाउँहरूमा गुनासो गर्ने । अमेरिकामा कुनै पनि प्रकारको दुव्र्यवहार गर्नु कानुनीरूपमा अपराध मानिने हुँदा यदि सही ठाउँमा सही तरिकाले गुनासो गर्नसकेको अवस्था सुनुवाइ हुने गर्दछ ।
त्यस्तै आफ्नो तर्फबाट पनि कसैलाई दुव्र्यवहार नगर्ने, होच्याउने काम गर्नुहुँदैन र आफू आफूमा पनि त्यो डीभीमा आएको, यो डिपेन्डेन्टमा आएको, ऊ अवैधरूपमा आएको र अर्काे स्टुडेन्टमा आएको भनेर भिन्नता छुट्याउन जरुरी छैन । किनकी यो भूमि हामी सबैको कर्मभूमि हो र यहाँ सबै स्वतन्त्र र बराबर छन् ।
त्यसैले त अमेरिकाको राष्ट्रिय गानमा भनिएको छ : Land of the free and home of the brave
Leave a Reply