सीपमूलक तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण कार्यक्रम
- जेष्ठ ४, २०८३
भक्तपुर, १२ चैत । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा स्व. ज्ञानबहादुर न्याइच्याईको दसौँ स्मृतिसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सदस्य प्रेम सुवालको आतिथ्यमा सम्पन्न भयो ।
देशको सन्तुलित विकास नगरी काठमाडौँ उपत्यका र देशका केही सहरहरूमा मात्र कृषि भूमि प्लटिङ गराउने सरकारले जनताको हित नगर्ने धारणा राख्दै सचिव सुवालले किसान आन्दोलन अघि बढाउन नचाहेका सरकारमा गएका पार्टीहरूले किसानको हित गर्दैनन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “संयुक्त चुनावी मोर्चा, संयुक्त सरकार, पार्टी एकताले देश र जनताको हितमा काम नगरेको र त्यसैको परिणाम घोषणा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले औचित्य देखेको हो ।”
लिम्पियाधुरामाथि भारतको अतिक्रमण र नेपाली भूमि गुञ्जीदेखि लिपुलेकसम्म भारतले बनाएको सडक र उद्घाटन कार्यक्रमलाई नेपाल मजदुर किसान पार्टीले विरोध ग¥यो, सचिव सुवालले स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो, “ज्ञानबहादुर न्याइच्याईले जीवनभर पार्टीको निर्देशनमा देश र जनताको सेवा गर्नुभयो ।”
कार्यक्रमका सभापति तथा नेक्राकिसङ्घ, भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले विगतमा किसानहरूले आन्दोलन गरेर मोहीयानी हक सुरक्षित गरेको भन्दै देशको सार्वभौमिकता जोगाउन पनि आन्दोलनहरूमा भाग लिएको बताउनुभयो । ठूला राजनैतिक नेताहरूको भ्रष्टाचारको कारण राजनीतिप्रति युवाहरूमा वितृष्णा पैदा भएको उहाँले बताउनुभयो । उहाँले ज्ञानबहादुर न्याईच्याईको जीवनबाट देश र जनताको निःस्वार्थीरूपमा सेवा गर्न सिक्नुपर्ने बताउनुभयो ।
नेमकिपा, भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजुले न्याईच्याईको जीवनबाट देश र जनताको सेवामा लगातार लाग्नुपर्ने प्रेरणा मिलेको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सचिव तथा भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको देको – मिवा – इटापाके आवास योजनाबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका उपेन्द्र सुवाल, पूर्णगोपाल राजचल र केशव तिल्मिसिनालगायतले बोल्नुभएको थियो ।
गणेश माविमा ज्ञानबहादुर न्याइच्याईको दसौंँ स्मृति सभा तथा छात्रवृत्ति वितरण
“नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र विचार, आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसर, सर्वहारा वर्गको आधिपत्यलाई स्वर्गीय ज्ञानबहादुर न्याइच्याईले जीवन पर्यन्त आत्मसात गर्नुभयो ।
उक्त भनाइ नेमकिपाका केन्द्रीय सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले बिहीबार गणेश मावि, भार्वाचोद्वारा आयोजित ज्ञानबहादुर न्याइच्याईको दसौंँ स्मृति सभा तथा छात्रवृत्ति वितरण कार्यक्रममा राख्नुभएको हो ।
राजनीति राम्रो काम भएको धारणा राख्दै उहाँले राम्रो काम जीवनभर गर्नु जरूरी रहेको बताउनुभयो ।
केन्द्रीय सचिव सुवालले भन्नुभयो, “ज्ञानबहादुर दाइ बिरामी भएको बखत उहाँलाई अस्पताल पु¥याउन र उपचार गर्न आवश्यक बन्दोबस्त साथीहरूले गर्नुभएको काम उदाहरणीय छ ।”
“सरकारले शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गर्नुपर्ने थियो । तर, पञ्चायतको विरोधमा सङ्घर्ष गरेको दाबी गर्ने पार्टीहरूले सरकारमा गएर यो काम गरेनन्”, सचिव सुवालले भन्नुभयो ।
म्याद नाघेको खाद्यान्न नयाँ प्याकेट र नयाँ मिति राखी बेच्नेहरू सरकारकै संरक्षणमा रहेको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “काठमाडौँ उपत्यकाका ८ हजार रोपनी सार्वजनिक जग्गा निजीको नाममा दर्ता गरेका सरकारी अधिकारीहरू पनि सरकारकै संरक्षणमा छन् ।”
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले किसान नेता ज्ञानबहादुर न्याइच्याईले ‘पार्टीको विश्वविद्यालय’ बाट माक्र्सवादी दर्शनको अध्ययन गरी जनताको बीचमा बसेर काम गरेको स्मरण गर्दै व्यक्तिगत स्वार्थ छोडेर प्रतिक्रियावादी तथा विरोधीहरूको अगाडि कहिल्यै नझुक्ने व्यक्तित्वप्रति जनताले सम्मान गर्ने विचार राख्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले किसान नेता न्याइच्याईले पार्टीको निर्देशनअनुसार विभिन्न तह र पदमा बसी किसान आन्दोलन र सङ्घर्षको नेतृत्व गरेको, भक्तपुरलाई सरसफाइ र शिक्षाको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न स्मृति सभामा अतिथिहरू लक्ष्मीनारायण राजलवट, श्यामकृष्ण खत्रीले पनि आ–आफ्नो विचार राख्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले स्वागत गर्नुभएको सो सभामा ‘ज्ञानबहादुर न्याइच्याई छात्रवृति कोष’ बाट विद्यालयका गरिब, जेहेनदार र अतिरिक्त क्रियाकलापमा अब्बल ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक लक्ष्मीसुन्दर सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply