भर्खरै :

नेटोको युरेनियम बमद्वारा जातीय नरसंहार

बेलग्रेड, २६ मार्च (सीआरआई) । २२ वर्षअघि अमेरिकाको नेतृत्वमा रहेको नेटोले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को स्वीकृतिबिनै युगोस्लाभियामाथि आक्रमण गरेको थियो । हाल २० वर्षभन्दा लामो समय बितिसक्यो तर पीडितहरू युद्धको अन्धकारबाट मुक्त भएका छैनन् । नेटोले प्रक्षेपण गरेको १५ टनको युरेनियम बमबाट भएको क्षतिसँगै हालसम्म पनि ठूलो प्रभाव पारेको छ ।
सर्बिया जीवविज्ञानशास्त्री स्टाकोभिचका अनुसार, यूनियमको क्षय ४ अर्ब ५० करोड वर्षसम्म रहन्छ भने ती रेडियोएक्टिभ सामग्रीबाट सर्वप्रथम सेल उत्परिवर्तनलगायत असामान्य घटना देखिनेछ ।
सर्बिया आपतकालीन केन्द्र क्लिनिकल विभागका प्रमुख गेलुइचिचका अनुसार, हाल वृद्धावृद्धिमा धेरै देखिने क्यान्सर झनै बढी युवामा देखिन थालेको छ ।
सन् २०१९ को मे महिनासम्म नेटो सैन्य गतिबिधिमा संलग्न भएका ३६६ जना इटलीका सैनिकहरू क्यान्सर पीडित भएर मरेका छन् भने अरू ७ हजार ५ सयजना रोगबाट पीडित छन् । सर्बियाका १ हजारभन्दा बढी क्यान्सर पीडितको मुद्दा हस्तान्तरण गरिएका अन्तर्राष्ट्रिय वकिल समूहले युद्धमा संलग्न भएको नेटो सदस्य मुलुकमाथि मुद्दा दायर गरेका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *