भर्खरै :

सिन्च्याङलाई उथलपुथल गर्ने अमेरिकाको दीर्घकालीन योजना

हालै अमेरिकाको नेतृत्वमा रहेका पश्चिमा मुलुकहरूले फेरि पनि सिन्च्याङको कार्ड खेल्न थालेका छन् । ‘सिन्च्याङको कपास’ ती कार्डहरूमध्येको एक हो ।
सिन्च्याङलाई उथलपुथल बनाएर चीनको विकासमा बाधा पु¥याउनु नै अमेरिकाले लामो समयदेखि गर्दै आएको योजना हो । तीन वर्षअघि अमेरिकी पूर्व विदेशमन्त्री एसन पावेलको चीफ स्टाफ स्थल सेनाका भेटरान कर्नल लोरेन्स वील्कर्सनले यसरी सार्वजनिक गरेका थिए, ‘सन् २००१ मा अमेरिकाले सुरु गरेको अफगानिस्तान युद्धको उद्देश्य तालिवान वा अफगानिस्तानको निर्माणमा सहयोग दिनु होइन बरू मध्य एशियामा अमेरिकी शक्तिलाई बन्दोबस्त गरेर चीन तथा पाकिस्तानमाथि सैनिक दबाब सिर्जना गर्नु हो ।’ उनले औँल्याएका थिए, ‘चीनको सिन्च्याङ अमेरिकाले ध्यान दिइरहेको मुख्य क्षेत्र हो र अफगानिस्तान युद्धपछि अमेरिकाले कुनै पनि बेला सिनच्याङलाई उठाउन सक्नुका साथै चीनले कार्यान्वयन गरिरहेको बीआरआई रणनीतिमा दबाब दिन सक्छ ।’
वास्तवमा अमेरिकाले तत्काल वैदेशिक युद्धको योजनाकार लोरेन्स वील्कर्सनको स्क्रिप्टबमोजिम, निर्धारित लक्ष्यलाई साकार तुल्याइरहेको छ ।
वील्कर्सनले योजना गरेको इराक युद्धबारे धेरैका लागि याद ताजै छ । त्यतिबेला, अमेरिकी विदेशमन्त्री पावेलले संयुक्त राष्ट्र सङ्घबाट अधिकार नपाइकन जबरजस्तीरूपमा इराक युद्ध सुरु गरेका थिए । अठार वर्षपछिको आज अमेरिकामा कुनै योजना परिवर्तन भएको छैन । यस पटक हिलो छ्याप्ने साधन सानो बोटलको वासिङ पाउडर वा दूधको धुलोको सट्टामा सिन्च्याङको कपास बनेको छ ।
केही दिनअघि अमेरिकी अर्थमन्त्रीले कथित सिन्च्याङ मानवअधिकार समस्याको नाउँमा दुई जना चिनियाँ पदाधिकारीमाथि निषेधाज्ञा जारी गरेको थियो । अमेरिकी वर्तमान विदेशमन्त्री आन्टोनी ब्लिन्केनले सार्वजनिक गरेको उक्त समाचारको ट्विटमाथि एक नेटिजनले यसरी टिप्पणी गरेका छन्, ‘अमेरिका तथा चीन यी २ वटा मुलुकमा आतङ्कवादविरोधी फरक पद्धतिको तुलना गरौँ– अमेरिकाले जबरजस्ती बम बर्षा गरेकोले ३७० लाख मुसलमानहरू घरबारविहिन भएका छन् भने चीनले शिक्षा, रोजगारीको सिर्जना, गरिबी निवारणमार्फत आतङ्कवाद हुर्कने वातावरणलाई निर्मूल बनाएको छ ।’
पश्चिमी राजनीतिज्ञको कालो विचारले सिन्च्याङको सेतो कपासलाई बदनाम गर्न सक्दैन
चीनको परराष्ट्र मन्त्रालयले मार्च २६ तारिख बताएअनुसार झूटा र गलत खबर फैलाएका बेलायतका ९ व्यक्ति र चार संस्थालाई चीनले प्रतिबन्ध लगाएको छ । बेलायतले तथाकथित सिन्च्याङ मानव अधिकारको निहुँमा चीनका सम्बन्धित व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएपछि चीनले प्रतिक्रिया स्वरूप यस्तो कार्य गरेको हो । जसबाट विश्वसमक्ष स्पष्ट धारणा देखाएको छ भने सिन्चाङको विकासलाई बदनाम गर्ने, चीनको आन्तरिक मामिलालाई हस्तक्षेप गर्ने कार्यप्रति चीनले वास्तविकरूपमा कडा विरोध गरेको छ ।
चीनको बजार ठूलो छ अनि विश्वको बजार पनि ठूलो छ । सिन्च्याङ कपास खेती र बिक्री केही पश्चिमी शक्तिको नाकाबन्दीका कारणले खासै प्रभाव पारेको छैन । सिन्च्याङका विभिन्न जातिको मेहनत बोक्ने कपासले सिन्च्याङका विभिन्न जातिको श्रम अधिकार र विकास अधिकारको प्रतिबिम्ब हो । पश्चिमी राजनीतिज्ञहरूको कालो विचारले सेतो कपासलाई बदनाम गर्न सक्दैन ।
सिन च्याङको कपास प्रतिबन्ध लगाउनलाई वास्तविकता केही थाहा छैन
हाल सिन च्याङको कपास चर्चित बनेको छ । एच एन्ड एम, नाइकीलगायत ब्रान्डले सिन च्याङ कपासको बहिस्कार गरेपछि धेरै व्यक्ति क्रोधित भएका छन् । उनीहरूले सिन्च्याङको कपासको प्रतिरोध गर्ने कारण नै तथाकथित सिन च्याङमा जबरजस्ती श्रम अवस्था देखिएको हो जुन अत्यन्त हास्यास्पद छ । उनीहरूलाई सिन्च्याङ कपासबारे केही कुरा पनि थाहा छैन । सिन्च्याङको विशेष प्राकृतिक अवस्था रहेकाले सिन्च्याङको कपासको गुणस्तर निकै राम्रो छ । चीन विश्वमा सबभन्दा ठूलो कपास उपभोग मुलुक हो भने दोस्रो ठूलो उत्पादन मुलुक पनि हो । त्यसैले चीनको कपास चीन आफूलाई पनि अपर्याप्त छ । तीमध्ये सिन्च्याङको कपास उत्पादन मात्रा चीनको अग्रस्थानमा रहेको छ । सिन च्याङका ९५ प्रतिशत कपास मेशिनबाट टिपिएको हो भने धेरै मानव श्रम आवश्यक छैन । कपास टिप्ने ५० दिने सिजनमा औसत प्रतिश्रमिकले दश हजार चिनियाँ युआन कमाउन सक्छन् । यति छोटो समयभित्र यत्रो पैसा कमाउन सक्ने कार्य कसलाई मन नपर्ला ?
त्यसैले एच एन्ड एमलगायत ब्रान्डले सिन्च्याङमा जबरजस्ती श्रम अवस्था देखिएको कारणले सिन्च्याङको कपासको प्रतिरोध गर्नु नै हास्यास्पद हो ।
चीन विरोधी व्यक्तिको सिन्च्याङसम्बन्धी झूटो आरोपप्रति जवाफ
सिन्च्याङका केही व्यवसायी र सर्वसाधारणले चीनविरोधी जर्मन नागरिक एड्रियन जेन्जले मार्च २ तारिख ‘सिन्च्याङमा जबरजस्ती श्रमसम्बन्धी पछिल्लो प्रतिवेदन’ सार्वजनिक गरेपछि यस झूटविरूद्ध मुद्दा चलाउने भएको छ ।
मार्च २ तारिखका दिन जर्मनीका विद्वान एड्रियन जेन्जले ‘जबरजस्ती श्रम र सिन्च्याङभित्रको श्रमिक स्थानान्तरण प्रारूपमा जबरजस्ती स्थानान्तरण’ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेका थिए । यो प्रतिवेदन चीनको नान खाई विश्वविद्यालयअन्तर्गत चीनको सम्पति तथा अर्थतन्त्र अध्ययन प्रतिष्ठानले सन् २०१९ को डिसेम्बर महिनामा सार्वजनिक गरेको एक कार्य प्रतिवेदनका कारण सार्वजनिक गरिएको थियो । चीनको नान खाई विश्वविद्यालयअन्तर्गत सो अध्ययन प्रतिष्ठानले २२ तारिख वक्तव्य प्रकाशित गर्दै एड्रियन जेन्जलाई उक्त अध्ययन प्रतिष्ठानको अनुसन्धान उपलब्धिबारे गलतरूपमा व्याख्या गरेकोमा खण्डन गरेको छ ।
यसैगरी, हालैमात्र चिननान विश्वविद्यालयको प्रचार तथा सीमा व्यवस्थापन अनुसन्धान प्रतिष्ठानले ‘जबरजस्ती श्रम वा सुन्दर जीवनको खोजी’ भन्ने शीर्षकमा एक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
यस प्रतिवेदनको तथ्यका अनुसार सिन्च्याङबाट बाहिर गएर काम गर्नु नै सिन्च्याङका अल्पसङ्ख्यक जातिहरूका लागि सकारात्मक अर्थ राखेको छ । बाहिरी कामले सिन्च्याङ परिवारको आम्दानी, पेशागत प्रविधिको स्तरलाई उकास्न, छोराछोरीको शिक्षा आदि धेरै क्षेत्रका लागि हितकर छ ।
प्रतिवेदनअनुसार, सिन्च्याङका ४६ प्रतिशत जनतामा निरन्तररूपमा सिन्च्याङबाट बाहिर गएर काम गर्ने इच्छा छ । यसैगरी ३१ प्रतिशत जनताको आफ्नो बचत लिएर जन्मथलोमा नै स्वरोजगार गर्ने योजना छ र २३ प्रतिशतको क्वाङतुङ प्रान्तमा बसाइ सर्ने योजना छ ।
–सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *