लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
सामान्यतः पार्टी फुटेको, फुटाएको कसैलाई मन पर्दैन । रिसइवी र व्यक्तिगत स्वार्थको कारण पार्टी फुटाउनु राम्रो होइन । पहिले नेकपामा पुष्पकमल दाहाल र ओलीबीचको अन्तरविरोधले पार्टी विभाजित स्थितिमा पुगेको थियो । नेकपा एमाले र एमाओवादीमा परिणत भएपछि पनि एमालेमा माधव नेपाल र ओली त्यस्तै विभाजनको स्थितिमा पुगेको हो । त्यसबेला एकले अर्काेलाई कम्युनिस्टविरोधी, विदेशी दलालको आरोप लगाएको थियो । माधव पक्षले ओली पक्षलाई दम्भी, घमण्डी, अहङ्कारी, कम्युनिस्टविरोधी, गुटवादी आदि आरोप लगाएको थियो । त्यसको जवाफमा ओली पक्षले पनि गुटवादी, पार्टी विभाजनकारीको आरोप लगाएको थियो । आज त्यही दम्भी, घमण्डी, अहङ्कारी र कम्युनिस्टविरोधी ओलीकै पक्षमा या बैठकमा माधव नेपाल पक्षका नेता र सांसद सरिक भएका छन् । पार्टीभित्रैबाट अन्तरसङ्घर्ष गर्ने निर्णयका साथ माधव पक्षधर नेता र सांसदहरू ओलीले बोलाएको संसदीय दलको बैठकमा सरिक भएपछि अडान नभएका नेताहरू कहिले के बोल्छन् ठेगान नभएको विश्लेषकहरू बताउँछन् ।
पानी बाराबारको स्थितिमा पुगेका नेताहरू पार्टीभित्रै सङ्घर्ष गर्ने भनी ओलीको बैठकमा सरिक हुनुलाई कतिपय राजनीतिक विश्लेषकहरूले आत्मसमर्पण गरेको भनेका छन् । यसअघि गत फागुन २८ गते बसेको बैठकको निर्णय फिर्ता नलिइएसम्म र २०७५ जेठ २ गतेको स्थितिमा पुगेको एमाले सोहीअनुसार अघि नबढेसम्म माधव नेपाल पक्षधर नेता र सांसदहरू ओलीले बोलाएको संसदीय दल र पार्टीको केन्द्रीय समितिमा सामेल नहुने विश्वास उनीहरूले आफ्नै नेता तथा कार्यकर्तालाई दिलाएका थिए । माधव नेपाल पक्षधर समूहले केही गर्न नसक्ने, सत्ताबाट सेवा सुविधा नपाउने देखेपछि ओलीसँगै मिल्न गएको विश्लेषण पनि गरिएको छ । अडानमा बस्ने केपी ओलीलाई माधव नेपाल पक्षले हल्लाउन सकेन । अन्ततः ओलीसामु झुक्नुप¥यो या ओलीले बोलाएको बैठकमा जान बाध्य भयो ।
एकले अर्काेलाई गुटवादीमात्र होइन विभाजनकारी र कम्युनिस्टविरोधी आरोप लगाएको अभिव्यक्तिले एमाले पार्टीमा कम्युनिस्टको कुनै गन्ध नभएको थाहा हुन्छ । पार्टीभित्रै अन्तरसङ्घर्ष गर्ने हो भने माधव नेपाल र भीम रावल किन बैठकमा सहभागी भएनन् ? के आफ्ना सांसदहरू ओलीभित्र घुसेका हुन् ? दोषहरू थुपार्दै आरोप–प्रत्यारोपमा उत्रेका नेताहरू एकै थलोमा आमनेसामने बस्दा कसरी मुख जुधाउने हुन्, के भनेर हात मिलाउने हुन् । एमाले गुट उपगुटमा विभाजित भएपछि या पार्टी अलग भएपछि माधव पक्षलाई मात्र होइन ओली पक्षलाई पनि नोक्सान हुन्छ भन्ने कुरा उनीहरूलाई राम्ररी थाहा छ । अलग भएको माधव नेपाल पक्षले पार्टी एकता गरेर अघि बढ्न चाहन्छ भने पनि त्यो वातावरण तयार हुन्छ कि हुँदैन, तयार भयो भने फेरि भागबन्डाकै प्रसङ्ग हुन्छ । सँगै बसेर काम गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न अवश्य उठ्छ । पहिले एमाले र माओवादी केन्द्र सत्तामोह र पार्टी जोगाउनको निम्ति एक भएको हो । अहिले एमालेका नेताहरू पनि पद पाउने लालसाले ओलीसँग मिल्न गएका त होइनन् ?–
Leave a Reply