भर्खरै :

पार्क भलिबलको उपाधि स्प्रिङ्गडेललाई

भक्तपुर, १५ चैत । भक्तपुर योङ्ग सर्कलको ३६ औँ स्थापना दिवसको अवसरमा आयोजित भक्तपुर जिल्लाव्यापी पुरूष पार्क भलिबलको उपाधि स्प्रिङ्गडेल ईङ्गलिस स्कूलले हात पारेको छ । प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोहमा भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले पुरस्कार वितरण गर्दै भक्तपुर योङ्ग सर्कलले राष्ट्रिय खेलाडी तथा अफिसियलहरू तयार गरिरहेको बताउनुभयो । योङ्ग सर्कलले नेपालमै पहिलो पटक विभिन्न खेलकूद प्रतियोगिताहरू सञ्चालन गरी खेलाडिहरूलाई उत्साहित गर्ने कार्य गरेको उहाँले बताउनुभयो ।
सर्कलका सदस्य राजन जतिले सर्कलको स्थापना दिवसको अवसरमा पार्क भलिबल प्रतियोगिता गर्न सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।
भक्तपुर योङ्ग सर्कलका अध्यक्ष गणेशभक्त खर्बुजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका सदस्य पुण्यराम स्वंगमिखाले पनि बोल्नुभएको थियो ।
आइतबार भएको फाइनल खेलमा स्प्रिङ्गडेल बो.ई.स्कूलले ५ वडा खेलकूद समितिलाई २५–१८, २२–२५, १५–१२ को सेटमा पराजित गरी उपाधि चुमेको थियोे । तेस्रो उपाधिको लागि भएको खेलमा भक्तपुर योङ्ग सर्कल (क) ले भक्तपुर योङ्ग सर्कल (ख) लाई ३१–३३, २५–१५, १५–१३ सेटमा पराजित गरी तेस्रो स्थान सुरक्षित ग¥यो । विजयी प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना टिमहरूलाई प्रमुख अतिथि रायले शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी स्प्र्रिङ्गडेल स्कूलका शक्ति पुनमगर हुन सफल भएका छन् ।
यस अघि भएको सेमिफाइनल खेलमा ५ वडा खेलकूद समितिले भक्तपुर योङ्ग सर्कल (ख) लाई २५–२२, २५–१८ र स्प्रिङ्गडेल बो.ई.स्कूलले भक्तपुर योङ्ग सर्कल (क) लाई २५–१४, २५–१३ को सोझो सेटमा पराजित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *